काठमाडौ । चीनको नान्जिङमा हुने एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १० औं मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा लिटिल बड स्कुलका ५ खेलाडी र गोंगबु तेक्वान्दो डोजाङका ८ गरी १३ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
लिटिल बडबाट यु–६ महिला एकल पुम्सेमा इनाया महर्जन, यु–८ एकल पुम्सेको पुरुषमा अभेन थापा र महिलामा आरभी ज्ञवाली तथा यु–१० एकल पुम्सेको पुरुषमा आयाम पौडेल र महिलामा यात्ना तिमिल्सिनाले कौशल प्रदर्शन गर्ने छन् ।
गोंगबुबाट पुरुष २६ केजीमा सोहन पाठक, महिला ३० केजीमा हृदियानी बस्नेत र महिला ३६ केजीमा जोलिना बस्नेत खेल्ने छन् । यु–८ महिला एकल पुम्सेमा माइरा कार्की, यु–१२ पुरुष एकल पुम्सेमा श्रेयान कार्की र सक्षम श्रेष्ठ, यु–१४ महिला एकल पुम्सेमा आश्रिया उपाध्याय तथा यु–१८ पुरुष एकल पुम्सेमा युजेन तामाङले सहभागिता जनाउने छन् ।
लिटिल बड र गोंगबु दुवैका प्रशिक्षक सरोज तामाङ हुन् । सरोजसंगै विकेश विडारी प्रशिक्षकका रुपमा चीन जाँदै छन् । अन्तर्राष्ट्रिय रेफ्री अस्मिता खड्काले प्रतियोगतामा निर्णायकको भूमिका निर्वाह गर्ने छिन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य कुमार लामा घिसिङ, नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामा, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले शनिबार एक कार्यक्रमबीच बिदाइ गरे ।
सो अवसरमा राखेप सदस्यमा नियुक्त भएकोमा घिसिङलाई गोंगबु र गोलढुंगा तेक्वान्दो डोजाङले सम्मान गरेको थियो । डिसेम्बर ३१ देखि जनवरी ३ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुन टोली मंगलबार चीन जाने छ ।