काठमाडौं । तेस्रो जेम्स थन्डर बोल्ट्स कप २०२५ अन्तर्गत जेम्स स्कुलमा सञ्चालन भइरहेको विभिन्न खेलहरूमध्ये टेनिसतर्फ मंगलबार भएको यु–१२ छात्र एकल विधातर्फ जेम्स स्कुलका रोनिथ प्रधानले पहिलो स्थान हासिल गरेका छन् । उक्त स्पर्धामा जेम्स स्कुलकै आरोहन राज श्रेष्ठ दोस्रो स्थान प्राप्त गरे ।
यस्तै यु–१२ छात्रा एकल विधामा गोदावरी रेसिडेन्सियल स्कुलकी काव्या थापा मगर प्रथम स्थान हात पारिन् भने जेम्स स्कुलकी परिधि घिमिरे थापा र आरोही सुबेदी संयुक्त रूपमा दोस्रो स्थानमा रहे। जेम्स स्कुलकै बेला योन्जन श्रेष्ठ र रोबिया महरा संयुक्त रूपमा तेस्रो स्थानमा रहे ।
यु–१४ छात्रा एकल विधातर्फ जेम्स स्कुलकी शायना आचार्यले पहिलो स्थान हासिल गरिन् । जेम्स स्कुलकै निधि न्यौपाने दोस्रो स्थानमा रहिन् भने जेम्स स्कुलकी जेसिका महर्जन र पूर्णिमा अधिकारी संयुक्त रूपमा तेस्रो स्थानमा रहे ।
यु–१८ छात्रा एकल विधातर्फ जेम्स स्कुलकी निभा श्रेष्ठले पहिलो स्थान हासिल गरिन् । जेम्स स्कुलकै अनुष्का पुन दोस्रो स्थानमा रहिन् भने जेम्स स्कुलकी सोफिया रानाभाट र लोजिना थापा मगर संयुक्त रूपमा तेस्रो स्थानमा रहे ।
यु–१८ छात्र एकल विधातर्फ गोदावरी रेसिडेन्सियल स्कुलका सन्दीप जिसीले पहिलो स्थान हासिल गरे । जेम्स स्कुलका शाश्वत केसी दोस्रो स्थानमा रहे भने जेम्स स्कुलकै ब्रज जोशी र तनिष लामा संयुक्त रूपमा तेस्रो स्थानमा रहे ।
प्रतियोगितामा उत्कृष्ट सम्भावना देखाएका जेम्स स्कुलका मुस्कान भट्ट, प्रैशा कन्साकार, अक्सा निरौला तथा वसिष्ठ राज शाहीलाई ‘इमर्जिङ एथलेट’ पुरस्कार प्रदान गरियो ।

फुटबलतर्फ तेस्रो स्थानका लागि भएका खेलहरूमा यु–१२ छात्रतर्फ डिएभी स्कुलले पाठशाला फाउन्डेसनलाई ३–१ ले पेनाल्टी जित निकाल्दै तेस्रो स्थान सुरक्षित गर्यो । यस्तै यु–१६ छात्र तर्फ भीएस निकेतन स्कुलले पाठशाला फाउन्डेसनलाई २–० ले पराजित गरी तेस्रो स्थान हासिल गर्यो ।
यसै गरी बास्केटबलतर्फ यु–१६ छात्र तर्फ एलआरआई स्कुलले रातो बङ्गला स्कुललाई ४१–३२ ले पराजित गरी तेस्रो स्थान सुरक्षित गर्यो भने यु–१८ छात्रा विधातर्फ जेभियर इन्टरनेसनल कलेजले धैर्य र सन्तुलन कायम राख्दै ब्लु वर्ड कलेजलाई ३०–२४ ले पराजित गर्दै तेस्रो स्थान प्राप्त गर्यो ।
यु–१८ छात्र विधातर्फ गोल्डेनगेट इन्टरनेसनल कलेजले सेन्ट जेभियर्स स्कुलमाथि ५५–४४ को जित दर्ता गर्दै तेस्रो स्थान प्राप्त गर्यो । प्रतियोगिता बुधवार सम्पन्न हुनेछ ।