काठमाडौं । तारकेश्वर नगरपालिकाको आयोजनामा सञ्चालीत चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । २०७९ सालमा तारकेश्वर नगरपालिकाको नगरप्रमुखमा निर्वाचीत भएर आएपछि कृष्ण हरि महर्जनको परिकल्पनामा तारकेश्वरमा रनिङ शिल्ड प्रतियोगिताको सुरुवात भएको हो ।
यहि मंसिर १३ देखि सञ्चालन भएको चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता नगरपालिकाको सभाहलमा भव्य कार्यक्रमका बिच नगरप्रमुख कृष्ण हरि महर्जनले समापन गर्नुभयो । लालीगुाँस लगातार तेश्रो पटक उपाधि जितेको हो ।
तारकेश्वर नगरपालिकाको आयोजनामा यहि मंसिर १३ देखि जारी खेल सम्पन्न हुंदा कुल ७८, ७८ रजत र ११२ कास्य पदकका लागि तारकेश्वरका ६४ विद्यालयका २ हजार ६ सय ८६ विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
कुल ७८ स्वर्ण पदक मध्ये लालिगुराँसले ३२ स्वर्ण, ६ रजत र ३ कास्य सहित मेयर रनिङ शिल्डको उपाधी जितेको छ । उपाधिसंगै लालिगुराँसले नगद १ लाख, ट्रफि र प्रमाणपत्र समेत प्राप्त गरेको छ । नगरपालिकाको सभाहलमा आयोजीत भव्य समारोहमा नगरप्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल र प्रमुख प्रशासकिय अधिकृत धर्मराज लम्सालले बधाई र सुभकामना सहित नगद र ट्रफि बितरण गर्नुभयो ।
त्यस्तै प्रतियोगिताको द्धितिय स्थान जित्न सफल हिमरश्मी स्कुलले १० स्वर्ण, १९ रजत र १३ कास्य प्राप्त गरेको छ । द्धितिय स्थान जित्न सफल हिमरश्मी स्कुलका संस्थापक प्रधानाध्यापक लोकेन्द्र बहादुर खड्का तथा खेलाडी समुहलाई नगरपालिकाको तर्फबाट नगद रु ६० हजार, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यस्तै किन्डर गार्डेन स्कुलले ५ स्वर्ण, ७ रजत र १ कास्य सहित तृतीय बनेको छ । किन्डर गार्डेन स्कुलले नगद रु ४० हजार, शिल्ड र प्रमाणपत्र समेत प्राप्त गरेको छ ।
त्यस्ते एन्जल्स हार्ट सेकेन्डरी स्कुलले ४ स्वर्ण, ३ रजत र २ कास्य सहित सान्त्वना जितेको छ । सान्त्वना पदक बिजेता एन्जल्स हार्ट सेकेन्डरी स्कुलले नगद रु २० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै तारकेश्वरको सामुदायिक विद्यालय तर्फ मानसिंह धर्म माविले ३ स्वर्ण ५ रजत र १ कास्य पदक सहित पहिलो बनेको छ भने दोस्रोमा ग्रामसेवा मा.वि.ले ३ स्वर्ण १ रजत र ४ कास्य पदक प्राप्त गर्न सफल भएको छ । त्यस्तै तेस्रोमा मनमैजु मा.वि.ले २ स्वर्ण ४ रजत र ९ कास्य पदक हात पार्न सफल भएको छ । तारकेश्वरका १६ ओटा सामुदायिक विद्यालयले भाग लिएको प्रतियोगितामा ९ वटा विद्यालयले मात्र पदक जित्न सफल भएका छन् ।
तारकेश्वर नगरपालिकाको आयोजनामा “खेल तारकेश्वरको सन्देश एकताको” भन्ने मुल नाराका सहित चौथो मेयर रनिङ शिल्ड प्रतियोगिताका ११ विधाका खेलहरु समावेश गरिएका थिए ।
तारकेश्वरका समुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत १८ बर्ष मुनिका विद्यार्थीहरुको मात्र सहभागीता रहने यस प्रतियोगितामा फुटबल, बास्केटबल, टेबलटेनिस, व्याडमिन्टन, कराँते, उसु, तेक्वान्दो लगायत ११ बिदाका खेलहरु समावेश थिए । प्रतियोगितामा यस पटक चेस खेललाई समेत थप गरिएको थियो । चेस बौद्धिक खेल रहेकाले नगरप्रमुख कृष्ण हरि महर्जनकै आग्रहमा यस पटक देखि चेसलाई पनि प्रतियोगितामा समावेश गरिएको तारकेश्वर नगरपालिकाको शिक्षा समिति सदस्य एवं चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक राजेन्द्र प्रसाद तिमिल्सीनाको बताउनुभयो ।
चौथो मेयर रनिङ शिल्ड प्रतियोगिताको समापन गदै नगरप्रमुख कृष्ण हरि महर्जनले प्रतियोगिता भव्यताको साथ सम्पन्न भएको बताँउदै प्रतियोगिताले तारकेश्वरको खेलकुदको इतिहाँस रचेको बताउनुभयो ।
तारकेश्वरको खेलकुदको विकासका निम्ती नगरपालिका सदैब लागि रहने बताँउदै तारकेश्वरका सामुदायिक विद्यालयहरुमा खेलकुद शिक्षकहरुको व्यवस्था गर्ने घोषणा गर्नुभयो ।
तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले खेलकुद प्रतियोगिता सम्पन्न भएसंगै राष्ट्रपनि रनिङ शिल्ड समेत जित्नुपर्ने चुनौति रहेको बताँउदै सो प्रतियोगितामा असफल हुने छुट नभएकाले तयारीका साथ लाग्न निर्देशन दिनुभयो ।
तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालले खेलकुद शारिरीक, मानसिक र आयआर्जन समेत गर्ने बताँउदै खेलकुद प्रति विद्यार्थीहरुलाई आर्कषित गराँउदै खेलकुदबाट तारकेश्वरलाई चिनाउनु प्रतियोगिताको मुख्य उदेश्य रहेको बताउनुभयो । प्रमुख प्रशासकिय अधिकृत लम्सालले खेल सम्पन्न गराउन सहयोग गर्नुहुने सबै प्रति धन्यवात समेत दिनुभयो ।
सो अवसरमा प्रतियोगिताका खेलकुद संयोजक एवं शिक्षा समिति सदस्य राजेन्द्र प्रसाद तिमिल्सीनाले खेलकुद प्रतियोगिताले देशका ७५३ स्थानीय निकायमानै सन्देश दिएको बताँउदै आगामी प्रतियोगिताहरु अझ परिस्कृत र भव्य गदै लगिने बताउनुभयो ।
प्रतियोगिताका सह संयोजक बिक्रम खड्गीले सञ्चालन गर्नुभएको कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष राधाकृष्ण खड्गीले सुभकामना व्यक्त गदै प्रतियोगितामा बिजेता खेलाडी र विद्यालयहरुलाई बधाई र सुभकामना व्यक्त गर्नुभयो ।