Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
शैक्षिक खेलकुद
  • Home
  • शैक्षिक खेलकुद
  • नवौं कंकेश्वरी अन्तरविद्यालय एकायन कराते प्रतियोगिता सम्पन्न
नवौं कंकेश्वरी अन्तरविद्यालय एकायन कराते प्रतियोगिता सम्पन्न
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च आइतबार, फागुन ४, २०८१
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । नेपाल एकायन कराते संघ कंकेश्वरी शाखा प्रशिक्षण केन्द्र, कंकेश्वरीको आयोजनामा नवौं कंकेश्वरी अन्तरविद्यालय एकायन कराते प्रतियोगिता २०८१, शान्ति निकुञ्ज माध्यमिक विद्यालय मरुहिटीको प्राङ्गणमा फाल्गुण ३ गते सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन समारोहमा काठमाडौं महानगरपालिका वडा नं.१९ का वडा अध्यक्ष राजेशकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो ।

नेपाल एकायन कराते संघका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोलको सभापतित्वमा संचालित कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं.२० का वडाध्यक्ष रोजेन्द्र मानन्धर, नेपाल एकायन कराते संघ काठमाडौं जिल्लाका सल्लाहकार एवं समाजसेवी आनन्दबहादुर शाही, नेपाल एकायन कराते संघका केन्द्रीय सल्लाहकार शंकर महर्जन, नेपाल एकायन कराते संघका केन्द्रिय सल्लाहकार रमेशमान मुनिकार, दक्षिण एसियाली एकायन कराते महासंघका उपाध्यक्ष शशी कपाली, नेपाल एकायन कराते संघका सल्लाहकारहरु विरकृष्ण श्रेष्ठ, नेपाल एकायन कराते संघ कंकेश्वरी शाखाका सल्लाहकार बालकृष्ण महर्जन, नेपाली काँग्रेस १९ वडा समितिका सभापति गोविन्द श्रेष्ठ, गोजुरियो कराते काठमाडौं जिल्ला अध्यक्ष एवं वरिष्ठ प्रशिक्षक राजकुमार श्रेष्ठ, उदियमान कलाकार मिरा डंगोल, मेरिहोम मन्टेशवरी तिनथानाका प्रिन्सिपल सरिता खनाल र इन्द्र विनायक युवा क्लवका सल्लाहकार सुनिल शाही समेतको उपस्थिति रहेको थियो । उक्त अवसरमा नेपाल एकायन कराते संघका केन्द्रिय सल्लाहकार शंकर महर्जनले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्रतियोगितामा काठमाडौंका विभिन्न विद्यालयका १ सय ३७ जना एकायन कराते खेलाडीहरुको सहभागिता रहेको थियो । महिलातर्फ ६ तथा पुरुषतर्फ ८ गरी जम्मा १४ वटा तौल समूहहरुमा प्रतियोगिताका खेलहरु संचालन भएका थिए । महिलातर्फ ३० केजी मुनि तौल समूहमा सविज्ञा परियारले स्वर्ण, सन्जिता तामाङ्गले कास्य र इन्दिरा तामाङ्गले रजत पदक प्राप्त गर्न सफल भए भने ३५ केजी मुनि तौल समूहमा शिवपुरी माध्यमिक विद्यालय रेखा रोकायाले प्रथम, समिक्षा वाईबाले द्वितीय र सविना तामाङ्गले तृतिय स्थान हासिल गरिन् । त्यसैगरी, ४० केजी मुनि तौल समूहमा दिपशिखा खत्रीले स्वर्ण पदक, शिला तामाङ्गले कास्य पदक र शान्ति सम्बृद्धि शाहीले रजत पदक प्राप्त गर्न सफल भईन् । ४५ केजी मुनि तौल समूहमा सम्झना तामाङ्गले स्वर्ण पदक, विपना घिसिङ्गले कास्य पदक र शोभा नेपालीले रजत पदक प्राप्त गर्न सफल भईन् । ५० केजी मुनि तौल समूहमा सपना गोपालीले स्वर्ण पदक, युनिका लिम्बुले कास्य पदक र आयुषा परियारले रजत पदक प्राप्त गर्न सफल भईन् । खुल्ला तौल समूहतर्फ विनिता थिङ्ग र एन्जेल शेर्पाले क्रमशः प्रथम र द्वितिय स्थान हासिल गरे भने खुशी तामाङ्गले तृतिय स्थान हात पार्न सफल भइन् ।

प्रतियोगिताको पुरुषतर्फ २५ केजी मुनि तौल समूहमा लविन कार्की प्रथम, कविर तामाङ्ग द्वितीय र फुर्वा शेर्पा तृतिय भएका थिए । ३० केजी मुनि तौल समूहमा शान्ति निकुञ्ज माविका विवेश जैसी प्रथम, दिपशिखा माध्यमिक विद्यालयका मिपाङ्ग थापा द्वितीय र सोचन गुरुङ्ग तृतिय स्थान हासिल गर्न सफल भएका थिए भने ३५ केजी मुनि तौल समूहमा उज्वल इङनाम प्रथम, दिपशिखा माध्यमिक विद्यालयका गौतम सुनुवार द्वितीय र यसहाङ इङनाम तृतिय भएका थिए । ४० केजी मुनि तौल समूहमा प्रविन श्रेष्ठले प्रथम, सुजन दनुवारले द्वितीय र सुजन थापा महरले तृतिय पुरस्कार प्राप्त गरेका थिए । ४५ केजी मुनि तौल समूहमा सुजन तामाङ्ग प्रथम, इभान बुढामगर द्वितीय र अर्विन यादव तृतिय भएका थिए भने ५० केजी मुनि तौल समूहमा पवन तामाङ्गले स्वर्ण, क्रिस ठाडामगरले कास्य र प्रदिप बुढाले रजत पदक हासिल गरे । यसैगरी ५० केजी मुनि तौल समूहमा रोहित श्रेष्ठले स्वर्ण, प्रविन मगरले कास्य र सुवास नेपालीले रजत पदक हासिल गरे । प्रतियोगिताको खुल्ला तौल समूहमा विवेश रोकाया तथा मनिष राई क्रमशः प्रथम र द्वितिय तथा हेमन्त शाक्य तृतिय भई क्रमशः स्वर्ण, कास्य र रजत पदक हासिल गर्न सफल भएका थिए ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथिलगायत अन्य विशिष्ट अतिथिहरुले प्रमाणपत्र, मेडल तथा ट्रफीबाट पुरस्कृत गरेका थिए । साथै अन्य सहभागी सम्पूर्ण खेलाडीहरु लगायत खेल पदाधिकारीहरुलाई पनि सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा निर्णयाधिशमा भरत धौलाकोटी, मुख्य निर्णायकमा किशोर तामाङ्ग र रुपेश मगर तथा निर्णायकहरुमा राजेन्द्र तामाङ्ग, सुरेश धौलाकोटी, शंकर धौलाकोटी, हिमाल सागर, सुनिल नकर्मी, उर्मिला विश्वकर्मा, शम्शेर लामा, सुमन महर्जन, पृथ्वी खतिवडा, श्रीराम राना, र अविषेक तामाङ्ग रहेका थिए ।


प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  ०७:५८
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप शैक्षिक खेलकुद
प्रथम डाइनामिक कप इनलाइन स्केटिंग स्पीड च्याम्पेनसीप सम्पन्न
प्रथम डाइनामिक कप इनलाइन स्केटिंग स्पीड च्याम्पेनसीप सम्पन्न शनिबार, फागुन ३०, २०८२
फुटसल टोली सम्मानित
फुटसल टोली सम्मानित आइतबार, फागुन १७, २०८२
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न शुक्रबार, फागुन १५, २०८२
एन्जल्स हार्ट र केभीकेएसएसलाई तेजस्वी कप
एन्जल्स हार्ट र केभीकेएसएसलाई तेजस्वी कप शुक्रबार, फागुन १५, २०८२
आयोजक एलएको दुवै टोली फाइनलमा
आयोजक एलएको दुवै टोली फाइनलमा बिहीबार, फागुन १४, २०८२
तेजस्वी र केभीकेएसएस फाइनलमा
तेजस्वी र केभीकेएसएस फाइनलमा बिहीबार, फागुन १४, २०८२
एलए र लोयल्टी उपाधिनजिक
एलए र लोयल्टी उपाधिनजिक बुधबार, फागुन १३, २०८२
Navodit College Navodit College
ताजा समाचार
एरिकाले कराते वान प्रिमियर लिग खेल्ने
एरिकाले कराते वान प्रिमियर लिग खेल्ने खेलकुद मञ्‍च
बागमती टेबलटेनिसमा शाक्य
बागमती टेबलटेनिसमा शाक्य खेलकुद मञ्‍च
एचजेएनबीएल : गोल्डेनगेटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाईनलमा
एचजेएनबीएल : गोल्डेनगेटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाईनलमा खेलकुद मञ्‍च
एरिका गुरुङलाई सुराई दो को प्रायोजन
एरिका गुरुङलाई सुराई दो को प्रायोजन खेलकुद मञ्‍च
कान्तिपुर हाफ म्याराथन बैशाख ५ मा हुने
कान्तिपुर हाफ म्याराथन बैशाख ५ मा हुने खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
एचजेएनबीएल : गोल्डेनगेटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाईनलमा
एचजेएनबीएल : गोल्डेनगेटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाईनलमा
क्लाइम्बिङ टोली चीन जाने
क्लाइम्बिङ टोली चीन जाने
नेपाल कबड्डी लिगसँग  सहकार्य गर्दै नेपहपको श्रीपेच
नेपाल कबड्डी लिगसँग सहकार्य गर्दै नेपहपको श्रीपेच
महानगरव्यापी अन्तर वडा चेस प्रारम्भ
महानगरव्यापी अन्तर वडा चेस प्रारम्भ
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
प्रिन्स र आदित्यलाई स्वर्ण
प्रिन्स र आदित्यलाई स्वर्ण
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
Photo Gallery
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि बिहीबार, चैत ५, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्