डिएन घिसिङ, काठमाडाैं, २१ साउन – ओलम्पिकमा सफल खेलाडीहरु राज्यको दीर्घकालीन योजनाबाट उत्कृष्ट बन्ने गरेका छन् । खेलमा अब्बल देशहरुमा ओलम्पिकको लागि चार वर्षे योजना बनाएर खेलाडीलाई त्यसैअनुसार प्रशिक्षण र प्रतियोगितामा अवसर प्रदान गरिन्छ ।
खेलकुद सम्वृद्धिको मापन गर्ने माध्यम पनि हो । जब अन्तर्राष्ट्रिय प्रतियोगिता हुन्छ तब खुट्टा तन्काएर मात्रै हुदैन भन्ने उक्तिलाई ख्याल गर्नु पर्ने बेला आएको छ ।
सन २०२० मा जापानको टोकियोमा आयोजना हुने गृस्मकालिन ओलम्पिक खेलमा कराते समावेश गरिएपछि विश्वखेलकुदको ध्यान त्यस तर्फ केन्द्रित भएको छ ।
अन्तर्राष्ट्रिय बृहत खेलकुदप्रतियोगिताबाट मुलकले मार्शल आर्ट्स बाटनै अधिक पदक भित्र्याउन सफल भएको सबैमा छर्लङ्ग रहेको छ।यतिबेला नेपाली खेलबृतमा निकै सम्भावना बोकेकी १९बर्षिय कराते खेलाडी एस्तर राईको चर्चा आकाशिएको छ ।
८ वर्षअघि कराते खेलमा प्रवेश गरेकी एस्तरले अहिलेसम्म घरेलु प्रतियोगितामा दुई दर्जनभन्दा बढी स्वर्ण पदक जितिसकेकी छन् ।अन्तर्राष्ट्रिय प्रतियोगिता अन्तर्गत श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित चौँथो साउथ एसियन साफ च्याम्पियनसीपमा एक स्वर्ण र एक रजत पदक जितेकी हुन् ।
अफिसियल खेलतर्फ उनले जापानको ओकिनावा शहरमा २०१८ मे ११ देखि १३ सम्म भएको १७ औँ एशियन जुनियर तथा यु–२१ कराते प्रतियोगितामा कास्यपदक जित्न सफल भएपछि उनि नेपाली कराँते खेलमा नयाँ इतिहास रच्न सफल भएकी हुन् ।
झापाको बिर्तामोडमा जन्मेकी एस्तरको अन्तर्राष्ट्रिय खेल करियर भने काठमाडौको बालाजु कराते प्रतिस्ठानका प्रमुख धुर्ब बिक्रम मल्लले गरेका हुन् । सफल खेलाडी उत्पादन गर्ने सुचिमा धुर्ब बिक्रम मल्ल अग्रपंक्तिमा आउने गर्दछ । यस अगि १७औं एसियाली गेम्शकी काश्य पदक विजेता बिमला तामाङ ,बिश्वचर्चित अल्ट्रा धायिका मिरा राई र दर्जनौं करातेस्टारहरु उनका शिष्य हुन्।
गत साता बालाजु कराते डो प्रतिष्ठानले , उज्वल भबिस्यको कामना साथ एस्तर राईलाई हौसला स्वरुप सम्मान रु एक लाख नगद पुरस्कार प्रदान गर्यो । युथ ओलम्पिकको छनौटका लागि बरियता प्राप्त गर्ने एशियाको एकमात्र च्याम्पियनसिप रहेकोले जापानमा २०२० मा हुने ओलम्पिक गेम्समा देशको प्रतिनिधित्व गर्न सक्ने सम्भावनाका साथ प्रतिष्ठानले राईलाई उक्त सम्मान दिएको हो ।
एशियन च्याम्पियनशिपको १७ औँ संस्करण सम्म आइपुग्दा पनि अहिलेसम्म नेपालले कुनै पनि पदक जित्न सकेको थिएन । युथ ओलम्पिकको छनौटका लागि बरियता प्राप्त गर्ने एशियाको एकमात्र च्याम्पियनसिप रहेकोले जापानमा २०२० मा हुने ओलम्पिक गेम्समा देशको प्रतिनिधित्व गर्न सक्ने सम्भावना बनेको प्रशिक्षक धुर्ब बिक्रम मल्लले बताए ।
यसै सन्धर्बमा खेलाडी एस्तर भन्छिन "हामीले त मेहनत गर्ने हो गुरुहरुले जे भन्नुहुन्छ त्यहि अनुसार तयारी गर्ने हो"। उनी थप्छिन्, "मेहेनत गरेपछि जुनसुकै प्रतियोगि सग पनि भिड्न सहज हुन्छ।" नेपाली खेलवृतमा चर्चा छ, खेलाडी एस्तर जस्तै प्रतिभा चिन्न सके नेपालले आउदो ओलम्पिक गेम्शमा समेत पदक आशा गर्न सकिन्छ ।