एजेन्सी, २५ जेठ – विश्वकप फुटबल २०१८ मा सहभागी हुने राष्ट्रमध्ये अमेरिकी राष्ट्र ब्राजिलको विश्वकप टोली र विशेष टिम गाइड।
गोलकिपरहरुः एलिसन, एडरसन, क्यासियो
डिफेण्डरहरुः मार्सेलो, डानिलो फिलिपी लुइस, फ्यागनल, मार्क्विनोस, थिएगो सिल्भा, मिराण्डा, पेड्रो गोरोमेल,
मिडफिल्डरहरुः विलियन, फर्नान्डिन्हो, पाउलिन्हो, क्यासिमिरो, फिलिपी काउटिन्हो, रेनाटो अगस्टो, फ्रेड
फरवार्डहरुः गाब्रियल जेजस, नेयमार, टाइसन, रोबर्टो फेर्मिनो, डोग्लास कोस्टा
कहिले कहिले छ म्याच?
स्वीटजरल्याण्डविरुद्ध जुन १७ राति ११ः४५ बजे।
कोस्टारिकाविरुद्ध जुन २२ बेलुकी ५ः४५ बजे।
सर्बियाविरुद्ध जुन २७ राति ११ः४५ बजे।
पब्लिक भोटिङको अाधारमा जित्ने चान्स कति छ?
४ मा १ प्रतिशत।
प्रशिक्षक को छन्?
एडिनोर लियोनार्दो बाकी,
सन् २०१६ देखि ब्राजिलको राष्ट्रिय टोली सम्हालेका ५७ वर्षिय बाकीसँग १९९० देखि यताको प्रशिक्षकको अनुभव रहेको छ। अात्मविस्वासी अनुभवी प्रशिक्षकले १ दर्जन भन्दा बढी टोलीको नेतृत्व गरिसकेका छन्।
स्टार खेलाडी को हो?
नेयामार, बिना कुनै सङ्कोच।
राम्रो पक्ष के हो?
नेयमार, काउटिन्हो र गाब्रियल जेजस जस्ता अाक्रामक खेलाडीको अाक्रमणले विपक्षीको सातो उडाउँदै, ब्राजिललार्इ निकै अगाडीसम्म पुर्याउन सक्छ।
खराब पक्ष के हो?
अनुभवको कमी झल्किन सक्छ। २०१४मा जर्मनीविरुद्ध व्यहोरेको ७–० को लज्जास्पद हारले युवा खेलाडीको मनोबल गिर्न सक्छ।
मैदान भित्रको सम्भावना के छ?
युवा तथा सशक्त प्रतिभाशाली खेलाडीहरुले भरिपूर्ण टिम छ। यसपालीको विश्वकपको प्रबल दाबेदारको रुपमा हेरिएको छ।