Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एमेच्योर गल्फर राहुललाई, तोरण एक स्ट्रोकले पराजित
सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एमेच्योर गल्फर राहुललाई, तोरण एक स्ट्रोकले पराजित
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शुक्रबार, मंसिर १४, २०८१
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि उदयीमान एमेच्योर गल्फर राहुल विकेले जितेका छन् । अन्तिम दिन ५-अन्डर ६७ को उत्कृष्ट स्कोरसहित समग्रमा १२-अन्डर २७६ को नतिजामा उनले अनुभवी प्रो तोरण विक्रम शाहीलाई एक स्ट्रोकले माथ दिए । राहुलको सूर्य नेपाल गल्फ टुरमा करियरको यो पहिलो उपाधि हो । 

गोकर्ण गल्फ क्लबमा लगातार तीन दिनका लिडर तोरणले इभन-पार ७२ को नतिजा दर्ज गर्दा समग्रमा ११-अन्डर २७७ सहित दोस्रो भए । प्रोफेसनलतर्फ भने पहिलो हुँदै उनले १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे । नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य भने समग्रमा ७-अन्डर २८१ सहित तेस्रो भए । उनले आज इभन-पार ७२ मा खेल सकाए । 

समग्रमा ३-अन्डर २८५ सहित धरानका प्रो निरज तामाङ र नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले चौथो स्थान बाँडे । निरजले आज १-ओभर ७३ र भुवनले २-अन्डर ७० मा खेल सकाए । प्रोफेसनलतर्फ संयुक्तरुपमा दोस्रो भएका उनीहरूले समान ८७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे । यसैगरी, समग्रमा इभन-पार २८८ को नतिजामा सुनिल केसी र जयराम श्रेष्ठ संयुक्तरुपमा छैटौं भए । सुनिलले २-अन्डर ७० र जयरामले इभन-पार ७२ को स्कोर दर्ज गरे । दुवैले जनही ५८ हजार नगद आफ्नो नाममा लेखाए ।

यसैगरी समग्रमा ३-ओभर २९१ सहित राजेन्द्र थापा मगरले आठौं स्थानमा प्रतियोगिता सकाए । उनले आज इभन-पार ७२ मा खेल पुरा गरे । ४-ओभर २९२ को नतिजामा सञ्जय लामा नवौं र ५-ओभर २९३ सहित भुवन कुमार रोक्का समग्रमा दशौं भए । अन्तिम दिन सञ्जयले इभन-पार र भुवनले १-ओभर ७३ को स्कोर दर्ज गरे । उनीहरूले क्रमश ४६ हजार, ४२ हजार र ३८ हजार नगद पुरस्कार प्राप्त गरे । आज एमेच्योर गजेन्द्र गुरूङले १०औं होलमा होल-इन-वानको सफलता प्राप्त गरे । 

अन्तिम १८ होलको खेल सुरू गर्दा राहुल र सदभाव विरूद्ध तोरणसँग चार स्ट्रोकको स्पष्ट अग्रता थियो । उपाधि जित्ने संभावना तोरणको उच्च थियो । तर पहिलो पटक फाइनल ग्रुपमा खेलिरहेका राहुलले आत्मविश्वासी प्रदर्शन गरे । दोस्रो, तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे । उनले बोगीरहित फ्रन्ट नाइन खेले । फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए । यता लगातार तीन दिनका लिडर तोरणले पहिलो होलको बोगी विरूद्ध तेस्रो होलको बर्डीले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाए ।

फ्रन्ट नाइनको खेल सकिंदा राहुलले खेललाई बराबरीमा पुर्याए । तोरण र राहुल समान ११-अन्डरमा थिए । यसपछि बाकी नौ होलको खेलमा तोरण र राहुलको कडा प्रतिस्पर्धा चल्यो । राहुलले ११औं र १२औं होलमा बर्डी प्रहार गरे । तोरणले भने १०औं र १३औं होलमा एक-एक सट बचाए भने १५औं होलमा बोगी प्रहार गर्दा १५औं होलको खेल सकिंदा खेल बराबरीमा पुग्यो । १६औं होल राहुलको लागि  टर्निङ प्वाइन्ट बन्यो । उनले करिब २५ फिटबाट बर्डी प्रहार गरे । राहुलले एक स्ट्रोकको अग्रता बनाए । १७औं होलमा दुवैले बोगी र १८औं होलमा दुवैले पार खेल्दा राहुलले एक स्ट्रोकको अग्रतामा उपाधि जिते । 

राहुलले दाबेदार सदभावलाई ५ स्ट्रोकले हराउँदै एमेच्योरतर्फको पनि उपाधि जिते । डिफेन्डिङ च्याम्पियन सदभावले पहिलो र तेस्रो होलमा बर्डी प्रहार गरेपनि दोस्रो छैटौं र नवौं होलको बोगीले फ्रन्ट नाइन १-ओभर ३७ मा सकाए । यसपछि १०औं, ११औं, १४औं र १७औं होलमा एक-एक सट बचाए भने १५औं होलमा डबल बोगी खेपे र १८औं होलमा एक सट खेर फाले। ब्याक नाइन १-अन्डर ३५ मा सकाए । उनी समग्रमा तेस्रो र एमेच्योरतर्फ दोस्रो भए । 

प्रतियोगिताका विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका मार्केटिङ भाइस-प्रेसिडेन्ट दीप्रा लहरी र पिजिए नेपालका सल्लाहकार घनश्याम थापाले पुरस्कार वितरण गरे । चार दिने  प्रतियोगितामा कुल नगद पुरस्कार ८ लाख ८२ हजार रहेको थियो । प्रतियोगितामा ३४ प्रोफेसनल र १३ गरी कुल ४७ खेलाडीले प्रतिस्पर्धा गरे । सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन डिसेम्बर १० देखि १३ सम्म रोयल नेपाल गल्फ क्लबमा हुनेछ ।


प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १६:४६
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
पदक विजेता बिच कबड्डी टोलीको स्वागत बुधबार, वैशाख १६, २०८३
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु बिहीबार, वैशाख ३, २०८३
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा बुधबार, वैशाख २, २०८३
क्लाइम्बिङ टोली चीन जाने
क्लाइम्बिङ टोली चीन जाने शुक्रबार, चैत २०, २०८२
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल मंगलबार, चैत १७, २०८२
पौडी पोखरीको निरीक्षण
पौडी पोखरीको निरीक्षण बुधबार, चैत ४, २०८२
‘वुमन इन स्पोर्ट्स कन्क्लेभ’ सम्पन्न
‘वुमन इन स्पोर्ट्स कन्क्लेभ’ सम्पन्न आइतबार, चैत १, २०८२
Navodit College Navodit College
ताजा समाचार
एसियाली पारा तेक्वान्दोमा पलेशालाई कांस्य
एसियाली पारा तेक्वान्दोमा पलेशालाई कांस्य खेलकुद मञ्‍च
काभ्यालाई यु–१६ फुटसल उपाधि
काभ्यालाई यु–१६ फुटसल उपाधि खेलकुद मञ्‍च
नागरिक उड्डयन र ग्लोबल आईएमइ च्याम्पियन
नागरिक उड्डयन र ग्लोबल आईएमइ च्याम्पियन खेलकुद मञ्‍च
भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि
भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि खेलकुद मञ्‍च
प्रदीप र आयुशमान सेमिफाइनलमा
प्रदीप र आयुशमान सेमिफाइनलमा खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि
भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि
नागरिक उड्डयन र ग्लोबल आईएमइ च्याम्पियन
नागरिक उड्डयन र ग्लोबल आईएमइ च्याम्पियन
काभ्यालाई यु–१६ फुटसल उपाधि
काभ्यालाई यु–१६ फुटसल उपाधि
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
नागरिक उड्डयन र ग्लोबल आईएमइ च्याम्पियन
नागरिक उड्डयन र ग्लोबल आईएमइ च्याम्पियन आइतबार, जेठ १०, २०८३
काभ्यालाई यु–१६ फुटसल उपाधि
काभ्यालाई यु–१६ फुटसल उपाधि आइतबार, जेठ १०, २०८३
Photo Gallery
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्