Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • स्काउट दीक्षा तथा बेल्ट प्रदान कार्यक्रम सम्पन्न
स्काउट दीक्षा तथा बेल्ट प्रदान कार्यक्रम सम्पन्न
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शुक्रबार, असोज ११, २०८१
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । काठमाडौं शिक्षालय ललितपुरले स्काउट दीक्षा तथा बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न गरेको छ । यही असोज १० गते नेपाली ओलम्पियन तेक्वान्दो खेलका स्टार खेलाडी दिपक विष्टको प्रमुख आतिथ्यतामा शिक्षालयले कार्यक्रम सम्पन्न गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका पर्वतारोही प्रकाशराज पाण्डेको अध्यक्षतामा आयोजित विशेष समारोहका विशेष अतिथिको रुपमा ब्याडमिन्टन खेलका ओलम्पियन खेलाडी प्रिन्स दाहाल र महालक्ष्मी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अमृत खत्री रहेका थिए । कार्यक्रममा ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ४ का वडा सदस्य विष्णु रोक्काका साथै महालक्ष्मी नगर स्काउट समितिका पदाधिकारीहरु पनि उपस्थित रहेका थिए ।

नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक सुरज महर्जन र स्काउटर दिलु घलेले कार्यक्रमका अतिथिहरुको उपस्थितिमा शिक्षालयमा सञ्चालित स्काउट युनिटको पहिलो दीक्षा सम्पन्न गरेका थिए भने  शिक्षालयको स्काउट इकाई समितिको दीक्षा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं स्कउटर प्रकाशराज पाण्डेले गराएका थिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पूर्व अध्यक्ष समेत रहेका ख्यातिप्राप्त खेलाडी दिपक विष्टले तेक्वान्दो खेलमा सहभागी विद्यार्थीहरुलाई उनीहरुले प्राप्त गरेको बेल्ट तथा प्रमाणपत्र प्रदान गरेका थिए । नेपाल तेक्वान्दो संघ ललितपुर जिल्ला उपाध्यक्ष एवं नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक शरण महर्जन शिक्षालयका तेक्वान्दो प्रशिक्षक रहेका छन् ।

कार्यक्रममा मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि बिष्टले खेलले युवा तथा बालबालिकाहरुलाई अनुशासनमा रहन मदत गर्ने भन्दै स्काउट अभियान पनि युवा तथा बालबालिकाहरुकै अन्तर्राष्ट्रिय अभियान भएकाले उनीहरुको सर्वांगीण विकासमा सहयोगी हुने बताए । विद्यालयका अध्यक्ष नैं साहसिक खेल र पर्वतारोहणमा संलग्न व्यक्तित्व रहेको कारणले पनि यस शिक्षालयका विद्यार्थीहरुले राम्रो शिक्षाको साथसाथै खेलकुदमा समेत राम्रो गर्न सक्ने विश्वास व्यक्त गरे । विष्टले यस शिक्षालयमा विद्यार्थीहरुका लागि गुणस्तरीय शिक्षाको साथमा खेलकुद, स्काउटलगायत विद्यार्थीहरुको बहुआयामिक विकासका लागि सकारात्मक वातावरण विद्यमान रहेको आफूलाई लागेको बताए । बिष्टले आफ्ना नानीबाबुहरुको लागि खेल क्षेत्रमा लगानी बढाउन अभिभावक समक्ष अनुरोध समेत गरे ।

शिक्षालयका अध्यक्ष प्रकाशराज पाण्डेले विद्यालयमा स्काउट, खेलकुद तथा अन्य रचनात्मक क्रियाकलापलाई शिक्षालयले थप प्रवर्द्धन गर्दै लैजाने बताए । विद्यार्थीहरुको समग्र विकासका लागि उत्कृष्ट शिक्षा प्रदान गरेको बताउँदै अब त्यतिले मात्रै नपुग्ने भन्दै सम्भव भएसम्म अतिरिक्त क्रियाकलापका सबै विषयवस्तु समावेश गरी विद्यार्थीहरुको अधिकतम सहभागिता सुनिश्चित गरिने पनि जानकारी दिए ।

शिक्षालयका प्रधानाध्यापक प्रेमलता श्रेष्ठले अनुशासित खेलकुद र स्काउटिङ कार्यक्रम मूल शिक्षाकै अभिन्न अंग भएको हुँदा स्तरीय पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा शिक्षालयले जोड दिएको बताउँदै समारोहमा उपस्थित अतिथिहरुलाई स्वागत गरेका थिए । वडाध्यक्ष खत्रीले काठमाडौं शिक्षालय ललितपुर यस वडाको उत्कृष्ट विद्यालय रहेको र ललितपुरकै उत्कृष्ट बन्न सक्ने शुभकामना दिए । शिक्षालयमा अन्तर्राष्ट्रिय रुपमै ख्यातीप्राप्त खेलाडीलाई अतिथिको रुपमा भित्र्याउन सफल भएकोमा खुसी व्यक्त गर्दै विद्यालयको यस कार्यले विद्यार्थीहरुलाई राम्रो खेलाडीमा रुपान्तरण गर्न प्रेरणा हुने विश्वास व्यक्त गरे ।

शिक्षालयमा अध्ययनरत ४६ जना विद्यार्थीहरुले स्काउट दीक्षा ग्रहण गरेका थिए । त्यसैगरी ६१ जना विद्यार्थीहरुले बेल्ट ग्रेडिङ प्रतियोगिताबाट प्राप्त नतिजा अनुसार तहगत बेल्ट पदोन्नती तथा प्रमाणपत्र प्राप्त गरेका थिए । शिक्षालयले सम्पन्न गरेको खेलकुद तथा अन्य प्रतियोगिताका बिजेता खेलाडीहरु तथा हाउस तथा अन्य नेतृत्व प्राप्त गर्ने विद्यार्थीहरुलाई समेत कार्यक्रममा उपस्थित अतिथिगणले प्रमाणपत्र प्रदान गरेका थिए ।


प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ०७:०६
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Munasri Construction Munasri Construction
थप राखेप/एनओसी
एसियाडमा उत्कृष्ट दिने प्रयास गर्नु होला– मन्त्री पोखरेल
एसियाडमा उत्कृष्ट दिने प्रयास गर्नु होला– मन्त्री पोखरेल शनिबार, साउन २३, २०८३
मिसन-२०२६ का खेलाडीलाई खेल पोशाक वितरण
मिसन-२०२६ का खेलाडीलाई खेल पोशाक वितरण शनिबार, असार २७, २०८३
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
पदक विजेता बिच कबड्डी टोलीको स्वागत बुधबार, वैशाख १६, २०८३
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु बिहीबार, वैशाख ३, २०८३
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा बुधबार, वैशाख २, २०८३
क्लाइम्बिङ टोली चीन जाने
क्लाइम्बिङ टोली चीन जाने शुक्रबार, चैत २०, २०८२
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल मंगलबार, चैत १७, २०८२
Navodit College Navodit College
ताजा समाचार
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक खेलकुद मञ्‍च
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात खेलकुद मञ्‍च
सनसाइन र पाठशालालाई मिनी बास्केटबलको उपाधि
सनसाइन र पाठशालालाई मिनी बास्केटबलको उपाधि खेलकुद मञ्‍च
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित खेलकुद मञ्‍च
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित
सनसाइन र पाठशालालाई मिनी बास्केटबलको उपाधि
सनसाइन र पाठशालालाई मिनी बास्केटबलको उपाधि
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
नेपालले पिकलबलको विश्वकप खेल्ने
नेपालले पिकलबलको विश्वकप खेल्ने
डट्स ई-स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि
डट्स ई-स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि
माफ बास्केटबलमा ४४ टोली
माफ बास्केटबलमा ४४ टोली
चन्द्रागिरी टिम च्याम्पियन
चन्द्रागिरी टिम च्याम्पियन
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात बुधबार, असोज ७, २०८३
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक बुधबार, असोज ७, २०८३
Photo Gallery
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट शनिबार, भदौ २७, २०८३
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्