Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • म्याराथनमा सन्तोषी ७९औं स्थानमा
म्याराथनमा सन्तोषी ७९औं स्थानमा ओलम्पिकको महिला म्याराथनमा २८ वर्षपछि नेपालको सहभागिता
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च मंगलबार, साउन २९, २०८१
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । नेपालकी सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक-२०२४ अन्तर्गत एथलेटिक्सको महिला म्याराथन पूरा गर्ने क्रममा आइतबार ७९औं स्थानमा रहिन् । विभिन्न राष्ट्रका ९१ खेलाडी सहभागी म्याराथनमा ८० जनाले मात्र निर्धारित दूरी ४२.१९५ किलोमिटर पूरा गरे । ११ प्रतिस्पर्धीले दौड नै पूरा गर्न सकेनन् ।

सन्तोषीले निर्धारित दूरी २ घण्टा ५५ मिनेट ०६ सेकेन्डमा पूरा गरिन् । सन्तोषीको ब्याक्तिगत उत्कृष्ट टाइमिङ भने २ घण्टा ४६ मिनेट २३ सेकेन्ड हो, जुन महिला म्याराथनमा नेपालको कीर्तिमानी समय पनि हो । सन्तोषीले उक्त कीर्तिमान बंगलादेशको ढाकामा गत जनवरीमा भएको शेख मुजिब रहमान बंगबन्धु म्याराथन (दक्षिण एसियाली स्तरीय) मा बनाएकी थिइन् । बंगबन्धु म्याराथन सन्तोषीको ‘डुब्यु’ अन्तर्राष्ट्रिय म्याराथन हो । त्यो म्याराथनमा सन्तोषीले स्वर्ण जितेकी थिइन् । सुरुमा ५ हजार र १० हजार मिटर दौडमा प्रतिस्पर्धा गर्ने सन्तोषी हाफ म्याराथन हुँदै फुल म्याराथना दौड्न थालेकी हुन् ।

पेरिस ओलम्पिकको म्याराथन सन्तोषीको दोश्रो अन्तर्राष्ट्रिय म्याराथन हो । ३१ वर्षीया सन्तोषी नेपालमै सन् २०१९ मा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)को १० हजार मिटर दौडकी स्वर्ण विजेता हुन् । उक्त प्रतियोगिता सन्तोषीको ‘डुब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । सन्तोषीले चीनको हाङझावमा भएको १९औं एसियाली खेलकुदमा पनि सहभागिता जनाएकी थिइन् ।

सन्तोषी पछि दौड पूरा गर्नेमा भुटानकी किन्जाङ ल्हामु रहिन् । किन्जाङलाई दौड पूरा गर्न ३ घण्टा ५२ मिनेट ५९ सेकेन्ड समय लाग्यो । नेडरल्यान्डकी सिफान हसनले ओलम्पिक रेकर्डसहित स्वर्ण जितिन् । सबै प्रतिद्वन्द्वीलाई उछिन्ने क्रममा सिफानले २ घण्टा २२ मिनेट ५५ सेकेन्डमा दूरी तय गर्दै इथोपियाकी टिकी गेलानाको नाममा रहेको २ घण्टा २३ मिनेट ०७ सकेन्डको ओलम्पिक रेकर्ड तोडिन् । इथोपियाकी टिग्स्ट असेफा दोश्रो तथा केन्याकी हेलेन ओबिरी तेश्रो  बने । म्याराथन पेरिसको होटल डे भिलेबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पेरिसकै इन्भेलिडेमा आएर टुंगिएको थियो ।

सन्तोषीले दौड पूरा गर्न लाग्दा सिफान आफ्नो राष्ट्रिय झण्डासहित समर्थकसंग खुशी साट्दै थिइन् । त्यही क्रममा दौड पूरा गरेपछि सन्तोषी सिफान भएको ठाउँमा गइन् र अंकमाल गर्दै सिफानलाई बधाइ पनि दिइन् ।

ओलम्पिकको महिला म्याराथनमा नेपालले २८ वर्षपछि सहभागिता जनाएको हो । ओलम्पिकको महिला म्याराथनमा प्रतिस्पर्धा गर्ने सन्तोषी समग्रमा चौथो नेपाली खेलाडी हुन् । पछिल्लोपटक विमला राना मगरले सन् १९९६ को एटलान्टा ओलम्पिकको महिला म्याराथनमा भाग लिएकी थिइन् । त्यसअघि सन् १९८८ को सिओल ओलम्पिकमा दुई खेलाडी राजकुमारी पाण्डे र मेनुका राउतले नेपालको प्रतिनिधित्व गरेका थिए ।

आइतबारै स्थानिय समय अनुसार राती ९:०० बजेदेखि सुरु हुने समापन समारोहमा सन्तोषीले राष्ट्रिय झण्डा बोक्ने छिन् ।सन्तोषीले राष्ट्रिय कीर्तिमान सुधार गर्न नसकेपनि कठिन रुटका बावजुद म्याराथन पूरा गर्न सकेकोमा सन्तुष्त रहेको प्रतिक्रिया दिइन् । ओलम्पिकका लागि पेरिसमा रहने सन्तोषी एक्लो नेपाली खेलाडी हुन् । पेरिस ओलम्पिकमा नेपालबाट ६ खेलमा ७ खेलाडी सहभागी छन् । बाँकी छ खेलाडी प्रारम्भिक चरणबाटै बाहिरिसकेका छन् ।

टेबलटेनिसमा श्यान्टु श्रेष्ठ, ब्याडमिन्टनमा प्रिन्स दाहाल, सुटिङमा सुस्मिता नेपाल, पौडीमा एलेक्जेन्डर शाह र डुवाना लामा तथा जुडोमा मनीता श्रेष्ठ प्रधानले नेपालको चुनौती प्रस्तुत गरेका थिए । यि मध्ये एलेक्जेन्डरले पुरुष १ सय मिटर फ्रिस्टायलमा ५१.९१ सेकेन्डको प्रदर्शन गर्दै आफ्नै नाममा रहेको ५२.१७ सेकेन्डको कीर्तिमानमा सुधार गरे । पेरिस ओलम्पिकमा श्यान्टु मात्र छनोट चरण पार गर्दै सहभागी भएका हुन् । बाँकीले विभिन्न कोटामार्फत ओलम्पिक सहभागिता पक्का गरेका थिए । टेबलटेनिससहित ब्याडमिन्टनमा नेपालले पहिलोपटक ओलम्पिकमा सहभागिता जनाएका हो ।

नेपालले सन् १९६४ को टोकियो ओलम्पिकदेखि पहिलोपटक सहभागिता जनाउन थालेको थियो । त्यसयता १९६८ को मेक्सिको सिटी ओलम्पिक बाहेक सबै ओलम्पिकमा नेपालले सहभागिता जनाउदै आएको छ ।


प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ०९:१३
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
पौडी पोखरीको निरीक्षण
पौडी पोखरीको निरीक्षण बुधबार, चैत ४, २०८२
‘वुमन इन स्पोर्ट्स कन्क्लेभ’ सम्पन्न
‘वुमन इन स्पोर्ट्स कन्क्लेभ’ सम्पन्न आइतबार, चैत १, २०८२
राखेप सदस्य टमाटा सम्मानित
राखेप सदस्य टमाटा सम्मानित आइतबार, चैत १, २०८२
आइची नागोया एसियाड फन रन सम्पन्न
आइची नागोया एसियाड फन रन सम्पन्न शनिबार, फागुन ३०, २०८२
एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी
एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी शुक्रबार, फागुन २२, २०८२
प्रधानमन्त्रीसंग राखेपको छलफल
प्रधानमन्त्रीसंग राखेपको छलफल सोमबार, माघ २७, २०८२
नेपाल ओलम्पिक कमिटीको २१ औं साधारण सभा सम्पन्न
नेपाल ओलम्पिक कमिटीको २१ औं साधारण सभा सम्पन्न सोमबार, पुस १४, २०८२
Navodit College Navodit College
ताजा समाचार
एचजेएनबीएल : टाईम्सको लगातार पाँचौ जित
एचजेएनबीएल : टाईम्सको लगातार पाँचौ जित खेलकुद मञ्‍च
प्रिन्स र आदित्यलाई स्वर्ण
प्रिन्स र आदित्यलाई स्वर्ण खेलकुद मञ्‍च
कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु
कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु खेलकुद मञ्‍च
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि खेलकुद मञ्‍च
एचजेएनबीएल : सोलो विरुद्ध हाउण्ड्समो फराकिलो जित
एचजेएनबीएल : सोलो विरुद्ध हाउण्ड्समो फराकिलो जित खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
मिलन, रोशनी र सामीलाई स्वर्ण
मिलन, रोशनी र सामीलाई स्वर्ण
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण शुक्रबार, चैत ६, २०८२
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने शुक्रबार, चैत ६, २०८२
एचजेएनबीएल : सोलो विरुद्ध हाउण्ड्समो फराकिलो जित
एचजेएनबीएल : सोलो विरुद्ध हाउण्ड्समो फराकिलो जित शुक्रबार, चैत ६, २०८२
Photo Gallery
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि बिहीबार, चैत ५, २०८२
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्