काठमाडौँ । स्वस्थ नेपालको परिकल्पनालाई आत्मसात गर्दै नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्सले छैठौं संस्करणको राष्ट्रव्यापी खुल्ला व्यायाम प्रतियोगिता आगामी शनिबार आयोजना गर्ने भएको छ । एक विज्ञप्ति जारी गर्दै आयोजकले प्रतियोगिताको अन्तिम तयारीको बारेमा जानकारी उक्त जानकारी गराएको हो ।
काठमाडौं बौद्ध स्थित बागमती नगर पार्कमा हुने प्रतियोगितालाई बजाजको सु–प्रसिद्ध मोटर बाइक ब्रान्ड पल्सरले सहयोग गर्ने आयोजकले जनाएका छन् । वल्र्ड पावरलिफ्टिङ्गको र युरोपियन स्ट्रीट लिफ्टिङ्ग महासंघको सम्बद्धतामा आयोजना हुने प्रतियोगितामा देशभरबाट २५० भन्दा बढि खेलाडीहरुको सहभागिता रहने आयोजकले प्रेश बिज्ञप्तीमा जनाएका छन् । प्रतियोगितालाई थप आकर्षक र सहज बनाउने अभिप्रायले सर्किट र बार गरि दुईवटा विद्यामा विभाजन गरिएको छ ।
जसमा सर्किट विद्यालाई खुल्ला महिला सर्किट, खुल्ला पुरुष सर्किट, जुनियर सर्किट (१९ वर्ष मुनि), पुरुष सर्किट मास्टर्स ४५ं वर्ष र महिला सर्किट मास्टर्स ४०ं वर्ष गरि ५ वटा खेल समूहमा वर्गीकरण गरिएको छ । यसैगरी बार विद्यालाई खुल्ला महिला बार, खुल्ला पुरुष बार, जुनियर बार (१६ वर्ष मुनि) गरि ३ वटा खेल समूहमा वर्गीकरण गरिएको छ । यसरी यस प्रतियोगितामा कुल ८ वटा विभिन्न समूहमा सहभागी खेलाडीहरू बीच प्रतिस्पर्धा गराइनेछ ।
प्रतियोगिताको अघिल्लो दिन अर्थात् वैशाख १४ गते एथलेट ब्रीफिङ्ग, ट्याग नम्बर वितरण गरिनेछ र प्रतियोगिताको दिन अर्थात् वैशाख १५ गते सर्किट र बार विद्या अन्तर्गतको माथी उल्लेखित समूहमा सहभागी खेलाडीहरू बीच प्रतिस्पर्धा गराउनुका साथै दर्शक महानुभावहरुलाइ समेत समावेश गराउने गरि फिटनेस संग सम्बन्धित टोल टोलमा फिटनेस कार्यक्रम साथै अन्य थुप्रै खेलहरू समेत आयोजना गरिनेछ र सोही दिन औपचारिक कार्यक्रम गरि प्रतिस्पर्धाको अन्तिम नतिजा सार्वजनिक गर्दै विजेताहरूको नाम घोषणा गरिनेछ विज्ञप्तीमा जनाइएको छ ।
अनुमानित बजेट २५ लाख ५० हजार रहेको प्रतियोगिताको प्रतिस्पर्धामा सर्किट र बार विद्याको प्रत्येक समूह अन्तर्गतको खेलमा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्न सफल खेलाडीहरुलाइ प्रोत्साहन स्वरूप क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार साथै मेडल ट्रोफी, समुहगत विभिन्न उपाधि र आकर्षक उपहारहरूबाट पुरस्कृत गरिनेछ ।
साथै विभिन्न समूह अन्तर्गतको खेलहरुमा शिर्ष पाँचौ स्थानसम्म हासिल गर्न सफल खेलाडीहरुले प्रतिनिधित्व गर्ने एक क्लब/संघ/संस्थाले प्राप्त गर्ने अंकको मुल्यांकन गर्दा बढी अंक प्राप्त गर्न सफल क्लबलाई यस वर्षको स्ट्रोङ्गेस्ट क्लब घोषणा गरिनेछ । प्रतियोगिताको संस्थाको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।