Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • एथलेटिक्समा एकैदिन ३ कीर्तिमान, आशिषले तोडे ३६ वर्षअघिको कीर्तिमान
एथलेटिक्समा एकैदिन ३ कीर्तिमान, आशिषले तोडे ३६ वर्षअघिको कीर्तिमान
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बिहीबार, वैशाख ६, २०८१
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित १४औं केन्द्रीयस्तरीय अन्तर्गत एथलेटिक्सको अन्तिम दिन बिहीबार तीन नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुदूरपश्चिम प्रदेशका आशिष महरले छात्र ट्रिपलजम्पमा १४.१९ मिटर जम्प गर्दैराष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते ।

आशिषले २०४४ सालमा धनवीर चौधरीले बनाएको १४.०६ मिटरको कीर्तिमान तोडेका हुन् । प्रतियोयगिता स्थलमै रहेका धनवीरले आशिषलाई प्रोत्साहन स्वरुप नगद पनि प्रदान गरेका थिए । बागमती प्रदेशका विशाल गुरुङ रजत तथा लुम्बिनी प्रदेशका विजय थारु कांस्य पदक जिते ।

सो स्पर्धाको छात्रामा लुम्बिनीकी अनिशा थारुले १०.५७ मिटर जम्प गर्दै स्वर्ण चुमिन् । सुदूरपश्चिमकी रेनुका ऐरले रजत तथा बागमतीकी अपेक्षा महतोले कांस्य पदक हात पारे ।

छात्रा ३००० मिटर दौडमा सुदूरपश्चिमकी देवकीकुमारी धामीले जुनियर राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक प्राप्त गरिन् । देवकीले निर्धारित दूरी १० मिनेट ५२.८२ सेकेन्डमा दौड पूरा गर्दै २०७५ सालमा राममाया बुढाले स्थापित गरेको १० मिनेट ५७.२ सेकेन्डको कीर्तिमान तोडिन् । लुम्बिनीकी गुञ्जा यादवले रजत तथा कर्णाली प्रदेशकी कल्पना बुढाले कास्य पदक जिते ।

उक्त स्पर्धाको छात्रमा कर्णाली प्रदेशका अजय विकले स्वर्ण जिते । उनले दूरी पूरा गर्न ९ मिनेट २४.२ सेकेन्ड समय लगाए । बागमतीका विश्वराम कुँवरले रजत तथा कर्णालीका अक्कल बडुवालले कांस्य हात पारे ।

छात्रा ४ गुणा ४०० मिटर रिलेमा भावना फर्साल, सरिता खड्का, हिमाली शाही र कृष्णा राना सम्मिलित कर्णाली टोलीले कीर्तिमानसहित स्वर्ण जिते । उक्त टोलीले निर्धारित दूरी ४ मिनेट १७.२ सेकेन्डमा पार गरे । यसअघि उक्त कीर्तिमान लुम्बिनीका अरुणा रिजाल, पूर्णिमा खड्का, पूजा चौधरी र करुणा रिजालको नाममा ४ मिनेट २३.८ सेकेन्डको कीर्तिमान थियो । लुम्बिनीले रजत तथा सुदूरपश्चिमले कांस्य पदक पाए । सोही स्पर्धाको छात्रमा सुदूरपश्चिमले स्वर्ण, मधेशले रजत र बागमतीले कांस्य पदक हात पारे ।

एथलेटिक्समा जम्मा पाँच जुनियर राष्ट्रिय कीर्तिमान बने । पहिलो दिन गण्डकीका गणेश विकले छात्र हाइजम्पमा १.८१ मिटर जम्प गर्दै जुनियर राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका थिए । दोश्रो दिन कर्णालीकी सरिता खड्काले छात्रा ८ सय मिटर दौड २ मिनेट २८.५ सेकेन्डमा पूरा गर्दै कीर्तिमान रचेकी थिइन् ।

 बिहीबारै भएको सटपुटको छात्रमा कर्णालीका बालकुमार नकालले स्वर्ण जिते । उनले १२.९५ मिटर टाढा फाले । सुदूरपश्चिमका गणेश विकले रजत तथा लुम्बिनीका सुराज थापा कांस्य पदक हात पारे ।

सो स्पर्धाको छात्रामा सुदूरपश्चिमकी कृष्णा बमले १०.५७ मिटर टाढा फाल्दै स्वर्ण चुमिन् । सुदूरपश्चिमकै पूजा साउदले रजत तथा बागमतीकी एलिना विकले कांस्य पदक प्राप्त गरे ।

छात्रको २०० मिटर दौडमा मधेशका आदेशकुमार यादवले स्वर्ण प्राप्त गरे । उनले २२.८ सेकेन्ड समय खर्चे । सुदूरपश्चिमका चन्द्र बोहराले  रजत तथा तथा बागमतीका सन्तबहादुर दराईले कांस्य पदक जिते

उक्त स्पर्धाको छात्रामा कोशी प्रदेशकी आरती चौधरीले निर्धारित दूरी २८.२ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । सुदूरपश्चिमकी रितु जोशीले रजत तथा गण्डकीकी एन्जल अधिकारीले कांस्य पदक हात पारे ।


प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  २१:२०
#Athletics
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
राखेप सदस्यसचिव रामचरित्रले गरे पदभार ग्रहण
राखेप सदस्यसचिव रामचरित्रले गरे पदभार ग्रहण शुक्रबार, मंसिर २०, २०८२
राखेपद्वारा सदस्य-सचिव घिसिङको बिदाई
राखेपद्वारा सदस्य-सचिव घिसिङको बिदाई शुक्रबार, मंसिर १३, २०८२
विश्व कराते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली इजिप्ट जाने
विश्व कराते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली इजिप्ट जाने शुक्रबार, मंसिर ६, २०८२
एथलेटिक्स साफ पदक विजेतालाई राखेपको बधाई
एथलेटिक्स साफ पदक विजेतालाई राखेपको बधाई बिहीबार, मंसिर ५, २०८२
महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई
महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई शुक्रबार, कात्तिक २९, २०८२
खेलाडीको स्वास्थ्य उपचारका लागि राखेप र नाम्सबीच सहकार्य
खेलाडीको स्वास्थ्य उपचारका लागि राखेप र नाम्सबीच सहकार्य शुक्रबार, कात्तिक १, २०८२
खेलाडीको शारीरिक तन्दुरुती परिक्षण
खेलाडीको शारीरिक तन्दुरुती परिक्षण मंगलबार, असोज २८, २०८२
Navodit College Navodit College
ताजा समाचार
शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने खेलकुद मञ्‍च
चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडोमा दाङ भ्याली कलेज च्याम्पियन
चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडोमा दाङ भ्याली कलेज च्याम्पियन खेलकुद मञ्‍च
कर्णालीसँग पराजित साबिक विजेता जनकपुरले पुछारमा रहँदै टुंग्यायो दोस्रो एनपीएल
कर्णालीसँग पराजित साबिक विजेता जनकपुरले पुछारमा रहँदै टुंग्यायो दोस्रो एनपीएल खेलकुद मञ्‍च
लालीगुराँसलाई तार्केश्वर मेयर रनिङ शिल्डको उपाधि
लालीगुराँसलाई तार्केश्वर मेयर रनिङ शिल्डको उपाधि खेलकुद मञ्‍च
भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी
भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
कर्णालीमाथि सहज जितसँगै काठमाण्डू प्लेअफ नजिक
कर्णालीमाथि सहज जितसँगै काठमाण्डू प्लेअफ नजिक
पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा
पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा
विराटनगरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
विराटनगरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा
चितवनमाथि जनकपुरको सानदार जित
चितवनमाथि जनकपुरको सानदार जित
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा शनिबार, मंसिर २१, २०८२
चितवनलाई हराएसँगै तेस्रो जितसहित पोखरा पाँचौ स्थानमा
चितवनलाई हराएसँगै तेस्रो जितसहित पोखरा पाँचौ स्थानमा शनिबार, मंसिर २१, २०८२
कर्णालीसँग पराजित साबिक विजेता जनकपुरले पुछारमा रहँदै टुंग्यायो दोस्रो एनपीएल
कर्णालीसँग पराजित साबिक विजेता जनकपुरले पुछारमा रहँदै टुंग्यायो दोस्रो एनपीएल आइतबार, मंसिर २२, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्