काठमाडाैं, १६ साउन – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल अन्तर्गत इन्टरनेसनल च्याम्पियन्स कपमा स्पेनिस क्लब रियल म्याड्रिड पराजित भएको छ ।
अमेरिकाको मियामीमा भएको खेलमा स्पेनिस जाइन्ट रियल इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग २–१ ले पराजित भएको हो । युनाइटेडको जितमा एलेक्सिस सान्चेज र एन्डर हरेराले गोल गरे ।
रियालका लागि करिम बेन्जेमा एक गोल फर्काए । सबै गोल पहिलो हाफमा सम्भव भएको हो ।
१८ औं मिनेटमा सान्चेजको गोलबाट युनाइटेडले अग्रता बनायो । २८ औं मिनेटमा हेरेराले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी समयमा बेन्जेमाले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । दोस्रो हाफमा दुवै टिमले गोल गर्ने प्रयास गरेपनि गोल गर्न असफल रहे।
युनाइटेडसँगको हारसँगै रियलका प्रशिक्षक जुलेन लोपेटेगुइको नयाँ सिजन हारबाट शुरु भएको छ । उनी विश्वकप दौरान नै रियलको प्रशिक्षकमा नियुक्त भएका थिए । अाजकाे खेलमा जीते पनि युनाइटेड यसअघि प्रिमियर लिगको अर्को टोली लिभरपुलसँग ४-१ ले पराजित भएको थियो ।
बार्सिलाेना पनि पराजित
त्यसै गरी अाजै भएकाे अर्काे खेलमा स्पेनिस क्लब बार्सिलाेना पनि इटालियन क्लब एएस राेमासँग पराजित भएकाे छ । अमेरीकामा भएकाे खेलमा राेमाले बार्सिलोनालार्इ ४–२ काे हार चखाएकाे हाे ।
उक्त खेलमा बार्सिलाेनाका लागि राफिन्हा र माल्काेमले गाेल गरे भने राेमाका लागि एल सरावे , एलेसान्ड्राे फेरेन्जी , ब्रायन क्रिस्टान्टे र डिएगाे पेराेटिले गाेल गरे ।