काठमाडौं । नेपालका स्टार खेलाडी प्रिन्स दाहाल अष्ट्रेलियाको मेलवोर्नमा आयोजना भईरहेको योनेक्स वेन्डिगो इन्टरनेशनल च्यालेन्ज – २०२३ को क्वाटरफाईनलमा पराजित भएका छन् । प्रिन्स सेमिफाईनल प्रवेशका लागि भएको प्रतिस्पर्धामा न्यूजिल्याण्डका इडवार्ड लाउसंग १३– २१, ११–२१ ले पराजित भएका हुन् ।
क्वाटरफाईनल सम्मको यात्रा तय गर्ने क्रममा बिश्व जुनियरको शीर्ष स्थानमा रहिसकेका प्रिन्सले राउण्ड अफ ६४ मा अष्ट्रेलियाका याउजु जौलाई २१–१०, २१–६ ले पराजित गरेका थिए ।
यस्तै, राउण्ड अफ ३२ मा अष्ट्रेलियाकै श्रेय धान्दलाई २१–११, २१–१६ ले तथा प्रिक्वाटरफाईनलमा चाईनिज ताईपेईका पाङ्ग फोङ्ग पुइलाई २१–१८, १२–२१, २१–१४ ले पराजित गरेका थिए ।
पुरुष एकल तर्फकै अर्को खेलमा हालै भएको तेश्रो प्रधानमन्त्री कपमा प्रिन्सलाई पराजित गरेर सनसनी मच्चाएका प्रफुल महर्जन प्रिक्वाटरफाईनलमा जापानका शोता ओमोतोसंग ९–२१, १२–२१ ले पराजित भएका थिए ।
यसअघि प्रफुलले अष्ट्रेलियाका ओमकार निलमलाई २१–१०, २१–१० को सोझो सेटमा पराजित गर्दै राउण्ड अफ ३२ मा प्रवेश गरेका थिए । यस्तै, उनले प्रिक्वाटरफाईनलको यात्रा तय गर्ने क्रममा अष्ट्रेलियाका केथ मार्क एडिशनलाई २०–२२, २१–१५, २१–१५ ले पराजित गर्न सफल भएका थिए ।
महिला युगलतर्फ वाई पाएर सिधै क्वाटरफाईनल पुगेका नङ्गशल तामाङ्ग र अनुमाया राईको जोडी क्वाटरफाईनलमा अष्ट्रेलियाका प्रिस्का कुस्तीआदी र नोजोमी सिमिजुको जोडीसंग ७–२१, १४–२१ ले पराजित भएका थिए ।
पुरुष युगलतर्फ प्रिन्स र बिष्णुको जोडी प्रिक्वाटरफाइलनमा अष्ट्रेलियाका लुकास डिफोल्की र अन्दिका रामादियान्श्या संग ८–२१, १७–२१ ले पराजित भए । प्रिन्स र बिष्णुको जोडी राउण्ड अफ ३२ मा अष्ट्रेलियाका हुईदोङ्ग ताङ्ग र जिउल झिलाई १०–२१, २२–२०, २१–१९ ले पराजित गर्दै प्रिक्वाटरमा स्थान पक्का गर्न सफल भएका थिए ।
पुरुष एकलमा बिष्णु कटुवाल आफ्नो पहिलो खेलमा अष्ट्रेलियाका रियो अगुष्टिनोसंग ९–२१, ९–२१ ले, अनुमाया राई आफ्नो पहिलो खेलमा अष्ट्रेलियाकी भिक्टोरिया छोनादीसंग १६–२१, १६–२१ र नङ्गशल तामाङ्ग अष्ट्रेलियाकी टिफानी होसंग ७–२१, ८–२१ ले पराजित भएका थिए ।