एजेन्सी, – विश्वकप फुटबल २०१८ मा सहभागी हुने राष्ट्रमध्ये अमेरिकी राष्ट्र अर्जेन्टिनाको विश्वकप टोली र विशेष टिम गाइड।
गोलकिपरहरुः विली काबालेरो, फ्र्यान्को अर्मानिया, नाहियुल गुजम्यान
डिफेण्डरहरुः गाब्रियल मेर्काडो, क्रिस्टियन अन्साल्डी, इडुवार्डो साल्भियो, जाभियर मास्चोरानो, निकोलस अोटामेण्डी, फेडेरिका फ्याजियो, मार्कोस रोजो, निकोलस टाग्लियाफिको, मार्कोस अक्युना
मिडफिल्डरहरुः म्यान्युयल ल्यान्जिनी, म्याक्सिमिलानो मेजा, लुकास बिग्लिया, एभर बेनेगा, गियोभानी लो सेल्सो, एन्जल डि मारिया, क्रिस्टियन प्याभोन
फरवार्डहरुः लियोनल मेसी, पाउलो डिबाला, सर्जियो अग्वेरो, गोन्जालो हिग्वेन
कहिले कहिले छ म्याच?
अाइसल्याण्डविरुद्ध जुन १६ बेलुकी ६ः४५ बजे।
क्रोएसियाविरुद्ध जुन २१ राति ११ः४५ बजे।
नाइजेरियाविरुद्ध जुन २६ राति ११ः४५ बजे।
पब्लिक भोटिङको अाधारमा जित्ने चान्स कति छ?
९ मा १ प्रतिशत।
प्रशिक्षक को छन्?
जर्ज सामपाअोली,
सामपाअोली २०१२ देखि २०१६ सम्म चिलीका प्रशिक्षक रहेका थिए। २०१६ देखि स्पेनि क्लब सेभिला सम्हालेका सामपाअोलीले २०१७ मा बार्सिलोनाको प्रस्ताब बहिस्कार गरेर अर्जेन्टिनाको नेतृत्व गरेका हुन्। २०१५ मा चिलीले कोपा अमेरिका जित्दा सामपाअोलीनै प्रशिक्षक रहेका थिए।
स्टार खेलाडी को हो?
यो प्रश्नको लागि पनि सहयोग चाहिन्छ भने, फुटबल तपाइँका लागि होइन।
राम्रो पक्ष के हो?
सुपर स्टार मेसी बाहेक सर्जियो अग्वेरो, डिबाला तथा हिग्वेन जस्ता प्रभावशाली खेलाडीहरुको वर्चश्व रहेको फ्रन्टलाइन विपक्षीका लागि घातक बन्न सक्छ।
खराब पक्ष के हो?
स्टार खेलाडीले भरिएको टिम भएपनि टिमको सन्तुलन नमिल्दा मैत्रीपूर्ण फुटबलमा स्पेनविरुद्धको ६–१ जस्तो नतिजा दोहोरिन सक्छ।
मैदान भित्रको सम्भावना के छ?
सजिलो समुहमा रहेको छ। विश्वकप जित्नसक्ने क्षमता अर्जेन्टिनाले राख्दछ।