Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
अन्तर्राष्ट्रिय
  • Home
  • अन्तर्राष्ट्रिय
  • मुम्बईमाथि लखनउको रोमान्चक जित
मुम्बईमाथि लखनउको रोमान्चक जित प्लेअफमा तिन स्थानका लागि ७ टोलिबिच दौड
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2080-2-3
Anjali Overseas Service Anjali Overseas Service
Chelsea World School Chelsea World School
Miracle Party Venue

काठमाडौं । भाररतमा जारी इन्डियन प्रिमियर लिग आइपीएलमा मुम्बईमाथि लखनउले रोमान्चक जित निकालेको छ । एकना क्रिकेट रंगशालामा मंगलबार राती भएको ६३ औं खेलमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई ५ रनले पराजित गरेको हो ।

मुम्बईका कप्तान रोहित शर्माले टस जितेर लखनउलाई पहिले ब्याटिङको निम्तो दिएका थिए । घरेलु मैदानमा लखनउले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो । जवाफमा मुम्बईले ५ विकेट गुमाएर १ सय ७२ रन मात्रै बनाउन सकेको थियो ।

मुम्बईलाई जितको लागि अन्तिम ओभरमा ११ रन चाहिँएको थियो । तीव्र गतिका युवा बलर मोहसिन खानले क्यामरुन ग्रीन र टिम डेविडलाई मात्रै पाँच रन दिएपछि घरेलु टोली लखनउले रोमान्चक जित हात पारेको हो ।

मुम्बईका लागि ओपनर तथा विकेटकिपर ईशान किशनले ३९ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ५९ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । कप्तान रोहित शर्मा २५ बलमा १ चौका र ३ छक्कासहित ३७ रनमा आउट भए । रोहित र ईशानले पहिलो विकेटका लागि ५८ बलमा ९० रनको साझेदोरी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए ।

त्यसपछि, सूर्यकुमार यादव ७ रन, विष्णु विनोद २ रन र नेहल वढेरा १६ रन बनाएर प्याभिलियन फर्किए । टिम डेभिडले अन्तिमसम्म टोलीलाई जिताउन सक्दो प्रयास गरे उनले १९ बलमा १ चौका र ३ छक्कासहित अविजित ३२ रन बनाए भने क्यामरुन ग्रीनले ६ बलमा ४ रन बनाका थिए ।

लखनउका लागि लेगस्पिनर रवि विश्रोईले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिएका थिए । यस्तै, यश ठाकुरले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । अन्तिम ओभरमा नायक बनेका मोहसिन खानले ३ ओभरमा २६ रन खर्चेर १ विकेट लिएका थिए ।

त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली लखनउले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो । लखनउका लागि मार्कस स्टोईनिसले ४७ बलमा ४ चौका र ८ छक्काको सहयोगमा अविजित ८९ रनको अर्धशतकीय ईनिङ्स खेलेका थिए ।

कप्तान क्रुणाल पाण्ड्या ४२ बलमा १ चौका र १ छक्कासहित ४९ रनमा खुट्टामा समस्याका कारण रिटायर्ट हर्ट आउट भएका थिए । सुरुआतको ३५ रनमा ३ विकेट गुमाएको लखनउका लागि स्टोईनिस तथा पान्ड्याले ५९ बलमा ८२ रनको महत्वपुर्ण साझेदारी गरेका थिए । ओपनर क्विटन डि ककले १५ बलमा १६ रन, दीपक हुडा ५ रन र प्रेराक माङ्कड गोल्डेन डक पेभेलिएन फर्काएका थिए ।

मुम्बईका लागि जेसन बेहर्नडोर्फले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । पियुष चवालाले ३ ओभरमा २६ रन खर्चेर १ विकेट लिएका थिए । मुम्बईका लागि तीव्र गतिका बलर क्रिस जोर्डन ४ ओभरमा बिना विकेट ५० रन खर्चेर महँगो साबित भएका थिए ।

जितसँगै लखनउ १३ खेलमा ७ मा जित र ५ मा हार तथा एक खेलमा अंक बाँडेर १५ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । पराजित मुम्बई १३ खेलमा ७ मा जित र ६ मा हारसहित १४ अंक जोडेर चौथो स्थानमा झरेको छ । चेन्नई १३ खेलमा ७ मा जित र ५ मा हार तथा एक खेलमा अंक बाँडेर १५ अंक भएपनि नेटरनरेटका कारण दोस्रो स्थानमा रहेको छ ।

दश टोली सहभागी आइपिएलमा अहिलेसम्म प्लेअफको टिकट सुरक्षित गरिसकेको गुजरात १३ खेलबाट ९ जित र ४ हारका साथ १८ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । हैदराबाद र दिल्ली भने प्लेअफ दौडबाट बाहिरिसकेका छन् ।

यस्तै, बैंग्लोर, राजस्थान र कोलकाताको समान १२/१२ अंक रहेको छ । तीनमध्ये बैंग्लोरले २ खेल तथा राजस्थान र कोलकाताले समान १/१ खेल मात्र खेल्न बाँकी रहेको छ । यस्तै, आठौँ स्थानमा रहेको पञ्जाबले १२ खेलबाट १२ अंक जोडेको छ । पञ्जाबले लिग चरणमा अझै २ खेल खेल्न बाँकी रहेकाले प्लेअफ सम्भावना कायमै रहेको छ ।


प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १०:०५
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप अन्तर्राष्ट्रिय
भूपेन्द्रलाई अमेरिकामा दुई पदक
भूपेन्द्रलाई अमेरिकामा दुई पदक सोमबार, कात्तिक २६, २०८१
मेरो ओलम्पिक यात्रा संस्मरण -तेजबहादुर गुरुङ
मेरो ओलम्पिक यात्रा संस्मरण -तेजबहादुर गुरुङ बिहीबार, असोज १०, २०८१
अन्टिएफको १०औँ बार्षिकोत्सव क्यालिफोर्नियामा सम्पन्न
अन्टिएफको १०औँ बार्षिकोत्सव क्यालिफोर्नियामा सम्पन्न बुधबार, असोज २, २०८१
स्यान्टु पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित
स्यान्टु पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित शनिबार, साउन १२, २०८१
नेपाललाई थ्री बाइ थ्री बास्केटबलको उपाधि
नेपाललाई थ्री बाइ थ्री बास्केटबलको उपाधि मंगलबार, वैशाख १८, २०८१
सदस्य–सचिव र मारिसोलबीच भेट
सदस्य–सचिव र मारिसोलबीच भेट शुक्रबार, वैशाख १४, २०८१
युएईलाई एसीसी मेन्स प्रिमियर कप क्रिकेटको उपाधि
युएईलाई एसीसी मेन्स प्रिमियर कप क्रिकेटको उपाधि सोमबार, वैशाख १०, २०८१
ताजा समाचार
दक्षिण एसियाली युथ टेबलटेनिसका पदक विजेता खेलाडी सम्मनित
दक्षिण एसियाली युथ टेबलटेनिसका पदक विजेता खेलाडी सम्मनित खेलकुद मञ्‍च
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित खेलकुद मञ्‍च
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम खेलकुद मञ्‍च
मलेसियामा हुने एशियन कपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै
मलेसियामा हुने एशियन कपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै खेलकुद मञ्‍च
यु-१४ विद्यालय खेलकुद जेठमा हुने
यु-१४ विद्यालय खेलकुद जेठमा हुने खेलकुद मञ्‍च
Health Track Nepal Health Track Nepal
Notice
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
गण्डकी कप महिला फुटबल असारमा हुने
गण्डकी कप महिला फुटबल असारमा हुने
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित
प्रथम लायन्स कप भलिबलको उपाधि इरानी टोलीलाई 
प्रथम लायन्स कप भलिबलको उपाधि इरानी टोलीलाई 
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक
अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक
गण्डकी कप महिला फुटबल असारमा हुने
गण्डकी कप महिला फुटबल असारमा हुने
एमएम कप: एपीएफद्वारा बागमती पराजित
एमएम कप: एपीएफद्वारा बागमती पराजित
नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइयो
नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइयो
तेक्वान्दोमा सोहन र हृदयणीलाई स्वर्ण
तेक्वान्दोमा सोहन र हृदयणीलाई स्वर्ण
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित आइतबार, वैशाख २८, २०८२
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम आइतबार, वैशाख २८, २०८२
दक्षिण एसियाली युथ टेबलटेनिसका पदक विजेता खेलाडी सम्मनित
दक्षिण एसियाली युथ टेबलटेनिसका पदक विजेता खेलाडी सम्मनित आइतबार, वैशाख २८, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्