एजेन्सी, – विश्वकप फुटबल २०१८ मा सहभागी हुने राष्ट्रमध्ये अमेरिकी राष्ट्र मोरक्कोको विश्वकप टोली र विशेष टिम गाइड।
गोलकिपरहरुः माउनियर मोहामेदी, यासिन बोउनोउ, अमद टाग्नावटी
डिफेण्डरहरुः मेहदी बेनाटिया, रोमेन सैस, म्यान्युयल दा कोस्टा, नबिल दिरार, अाक्रफ हाकिमी, हाम्जा मेण्डिल,
मिडफिल्डरहरुः एम्बर्क बोसोउफा, करिम एल अहमादी, युसुफ बन्नास्सेर, सोफ्यान अाम्राबाट, योउनेस बेलहाण्डा, फेकल फाजेर, अमिन हारिट
फरवार्डहरुः खालिब बोउटैब, अजिज बाैहाडाैज, अायोब एल खाबी, नर्दिन अाम्राबाट, मेहि कार्सेला, हाकिम जेयेच, युसुफ एन् नेसिरी
कहिले कहिले छ म्याच?
इरानविरुद्ध जुन १५ राति ८ः४५ बजे।
पोर्चुगलविरुद्ध जुन २० बेलुकी ५४५ बजे।
स्पेनविरुद्ध जुन २५ राति ११ः४५ बजे।
पब्लिक भोटिङको अाधारमा जित्ने चान्स कति छ?
५०० मा १ प्रतिशत।
प्रशिक्षक को छन्?
हर्ड रेनार्ड, ४९ वर्षिय फ्रेन्च नागरिक हर्ड रेनार्डले अहिले सम्म जाम्बिया, अाइभरी कोस्ट, एन्गोलिया जस्ता राष्ट्रको प्रशिक्षक भइसकेका छन्। त्यस्तै, सन् २०१५ देखि २०१६ सम्म फ्रन्च ए डिभिजन क्लब लिली सम्हालेका थिए।
स्टार खेलाडी को हो?
हाकिम जेयेच
राम्रो पक्ष के हो?
१ गोल पनि नखाइ विश्वकपमा छनाैट भएको टिम हो। छनाैट चरणमा मोरक्कोको डिफेन्स लाइन सबैभन्दा टाइट रहेको थियो।
खराब पक्ष के हो?
डिफेन्स लाइन जति नै टाइट भएता पनि अावश्यकता अनुसारको फ्रन्टलाइन नभएकाले समस्या हुन सक्छ।
मैदान भित्रको सम्भावना के छ?
इरानलार्इ जित्न सक्छ। तर, स्पेन र पोर्चुगलका कारण अन्तिम १६ लगभग असम्भव जस्तै देखिएको छ।