काठमाडौं । यूएईमा जारी आइसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज शनिबार आफ्नो दोस्रो खेल कुबेतसँग खेल्दैछ । मालेक क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार विहान पौने ११ बजेदेखि सुरु हुनेछ ।
नेपाल लगातार दोस्रो जित निकाल्न चाहन्छ भने कुवेत पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा नेपालले सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो । कुवेत भने पहिलो खेलमा हङकङसँग एक विकेटले पराजित भएको थियो ।
नेपालबाट १० ओडिआई खेल खेलि सकेका कप्तान देव खनालबाट नेपाल उत्कृष्ट प्रदर्शन चाहन्छ । टोलीको मुख्य प्रशिक्षकमा जगत टमटा रहेका छन् । नेपालले हङकङविरुद्ध सोमबार तेस्रो खेल खेल्नेछ भने अर्को खेलमा मंगलबार मलेसियाको सामना गर्नेछ । नेपालले बिहीबार घरेलु टोली यूएईसँग खेल्नेछ ।
प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक युएईको सहभागिता रहेको छ । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ ।
नेपाली यू–१९ टोली :
देव खनाल (कप्तान), दीपेश कँडेल (उपकप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा (क), दीपक बोहरा (ख), उत्तम थापामगर (विकेटकिपर), दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।
कुबेत यू–१९ टोली :
हैबर अली, तल्हा हसन, मोहम्मद इलियास, जनथ जीवना हेराथ लियानागे, अर्श काज्मी, फैसल खेराडा, हेत किशोरभाइ हिन्सु, जय मेहता, साउद मोहम्मद सदथ, गौतम मोहनदास पुलक्कल, युसुफ सादिक बाशा मोहम्मद रसिक मोहम्मद, इ सनजा साल्दना चेरियन, हेनरी थोमस ।