एजेन्सी, २० असार – विश्व फुटबल जगतमा अहिले भेट्रान पोर्चुगिस स्टार फरवार्ड क्रिस्टियानोको व्यवसायिक क्लब प्रतिस्थापनको हल्लाले हलचल मच्चिएको छ।
पोर्चुगलको स्पोर्टीङ सिपीबाट सिनियर फुटबलमा डेब्यु गरेका रोनाल्डो म्यानचेस्टर युनाइटेडको बाटो हुँदै म्याड्रिड पुगेको पनि ९ वर्ष भइसकेको छ। ५ पटकका फिफा व्यालोन डि' योर विजेता रोनाल्डोले यस अघि पनि रियल छाड्ने विषयले गतिलिँदै अाएको थियो।
तर, गत सिजनको अन्त्यसँगै रोनाल्डोले सार्वजनिक गरेको रियल डाड्ने अपरिवर्तनीय धारणकाले उनलार्इ भित्र्याउन चाहने क्लबहरुका लागि थप उर्जा थपेको थियो।
त्यसै अन्तर्गत रोनाल्डोको नाम कहिले फ्रेन्च क्बल पिएसजीसँग त कहिले उनको निवर्तमान क्लब म्यानचेस्टर युनाइटेड। तर, गत मंगलबार देखि रोनाल्डोको नाम इटालियन च्याम्पियन युभेन्टससँग जोडिएको छ।
इटालियन तथा स्पेनिस मिडियाहरुका अनुसार युभेन्टसले रोनाल्डोका लागि १०० मिलियन युरोको प्रस्ताव रियल म्याड्रिडसामू राखेको छ। रोनाल्डोको ढल्किँदो उमेर अनुसार उक्त मुल्य पर्याप्त रहेको रियल म्याड्रिडले पनि बताइसकेको दाबी मिडियाहरुले गरेका छन्।
यद्यपी यस विषयमा रोनाल्डोले केही भनेका छैनन्। कुनै कुनै इटालियन मिडियाका अनुसार रोनाल्डो युभेन्टस जाने लगभग ९५ प्रतिशत निश्चित भइसकेको छ।
रोनाल्डोले केही समय अघि सम्भावित क्लब प्रतिस्थापनका विषयमा लामो समयको साइलेन्सलार्इ तोड्दै भनेका थिए, 'म छिट्टै नै अाफ्नो भविष्यको बारेमा निर्णय गर्नेछु, थाहा छ मेरा फ्यानहरु मेरो निर्णयका सुन्नका लागि अातुर छन्।
जो सधैँ मेरो पक्षमा रहँदै अाएका छन्' २००९ मा विश्वकै सर्वाधिक महँगो खेलाडीको रुपमा ८० मिलियन पाउण्डमा रियलमा अाबद्ध भएका रोनाल्डोले रियलका लागि २९२ खेल खेल्दै ३११ गोल गरेका छन्।
३३ वर्षिय रोनाल्डोले जारी विश्वकपमा पनि ४ गोल गरेका थिए। यद्यपी नकअाउट चरणमा उरुग्वेसँग पराजित पछि पोर्चुगल विश्वकपबाट बाहिरि सकेको छ।
युभेन्टसले रोनाल्डो यदि अनुबन्धित हुन्छन् भने २६.५ मिलियन युरो प्रतिवर्ष प्रदान गर्नेछ। अहिले रियलले उनलार्इ १८.५ मिलियन मात्र तिरिरहेको छ। उनी रियलमै बसे २०२१ सम्म उक्त श्रीङ्खला चलिरहने हुनाले पनि उनको युभेन्टस जाने हल्ला यथार्थमा बदलिन सक्ने अनुमान गरिएको छ।