Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
शैक्षिक खेलकुद
  • Home
  • शैक्षिक खेलकुद
  • शिक्षा र खेलकुद एक अर्काका परिपूरक, समग्र खेलकुदको विकासमा शिक्षण संस्थाको योगदान अतुलनीय (शैक्षिक विशेष)
शिक्षा र खेलकुद एक अर्काका परिपूरक, समग्र खेलकुदको विकासमा शिक्षण संस्थाको योगदान अतुलनीय (शैक्षिक विशेष)
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च आइतबार, असार १७, २०७५
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडाैं, १७ असार – एसर्इर्इको नतिजा सार्वजनिक भएसँगै विद्यार्थीहरु उच्च शिक्षाका लागि उपयुक्त कलेजको खोजीमा जुटिसकेका छन्।

कोही विद्यार्थी आफ्ना अभिभावकले भनेकै कलेजमा पढ्न बाध्य हुन्छन् भने, कसै–कसैलार्इ आफ्नो इच्छा अनुसारको प्लस टुमा पढ्ने स्वतन्त्रता रहेको हुन्छ। विद्यार्थीको भविष्य निर्धारण गर्ने खुट्किलोको रुपमा भूमिका प्लस टुले निभाउने गर्छ।

उज्जवल भविष्यका लागि उपयुक्त कलेजको चयन गर्नु अभिभावक तथा विद्यार्थी स्वयमका लागि अत्यन्तै जटिल कार्य हुने गरेको छ। त्यसैले विद्यार्थी तथा अभिभावकले प्लस टु छान्ने विषयमा एकदमै सोचविचार पुर्याउनु एकदम जरुरी हुन्छ।

महँगा र नाम चलेका प्लस टुले मात्रै राम्रो शिक्षा दिन्छन् भन्ने मान्यता नेपाली समाजमा व्याप्त छ। यस्तो सोच्नु विल्कुल गलत हो। त्यसैले एसइइपछि विद्यार्थीलाई सधैँका लागि आवश्यक शिक्षा दिन सक्ने प्लस टु छान्नु वुद्धिमानी हुनेछ।

विगतका नतिजाहरू हेरेर त्यसको पछि लाग्नुभन्दा विद्यार्थीको चाहना, लक्ष्य तथा इच्छित विषयलार्इ ध्यानमा राखि उक्त विषयको राम्रो अध्ययन अध्यापन हुने शिक्षण संस्थामा विद्यार्थी भर्ना हुन र भर्ना गराउनु, विद्यार्थी र अभिभावकका लागि चुनाैती हुने गर्छ।

यस सम्बन्धमा विद्यार्थी तथा अभिभावक दुवैको भुमिका उत्तिकै महत्वपूर्ण हुन्छ। नेपालको सन्दर्भमा पनि खेलकुदलार्इ विद्यालय स्तर देखिनै सक्रिय रुपमा समावेश गराउनु पर्ने प्रावधान रहेको छ।

उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ (हिसान)ले पनि सम्पूर्ण विद्यालय तथा कलेजहरुलार्इ खेलकुद गतिविधिलार्इ क्यालेण्डरमा समावेश गर्न तथा प्रतियोगिताहरुलार्इ निरन्तर रुपमा अायोजना गर्न जोड दिने गरेको छ।

विद्यार्थीको सर्वाङ्गिण विकासका लागि शिक्षाका साथै खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई समेत प्लस टुले विशेष जोड दिने गरेका छन्। विद्यार्थीलाई अनुशासनमा राख्न तथा पढाइमा लगनशील बनाउन खेलकुद र अतिरिक्त क्रियाकलापले महत्वपूर्ण भूमिका खेल्ने हुनाले प्लस टुहरूले यस तर्फ ध्यान दिन थालेका हुन्।

त्यसैले विद्यार्थीको चाहाना अनुसार राम्रो पढाइका साथै यस्ता अतिरिक्त क्रियाकलापलाई पनि विशेष महत्व दिने प्लस टु छान्दा दुवै पक्षका लागि सुनमा सुगन्ध थपिने गरेको महसुस विद्यार्थीको बढ्दो खेलकुदप्रतिको रुचीले पनि प्रत्यक्ष दर्शाउँछ।

शिक्षा र खेलकुद एक अर्काका परिपूरक हुन्, यसमा कुनै सन्देह छैन। विदेशमा खेलकुदलाई शिक्षाकै एउटा पाटोको रूपमा लिइने गरिन्छ। खेलाडीले विद्यार्थीजीवनमै खेलकुदमा ठूलो फड्को मार्न सक्दछन्। तर, नेपाली समाजमा यस विषयमा समाजको धारणा संकुचित भएता पनि वर्तमान समयमा यो विषयले पृथक पृष्ठभूमी सिर्जना गरिसकेको छ।

खेलकुदमा गरेको प्रगतिकै आधारमा विदेशमा शैक्षिक प्रमाणपत्र वितरण गर्ने गरिन्छ। त्यसैले त खेलाडीहरूले युवा अवस्थामै अथवा भनौँ ‘टिनएज’मै खेलकुदमा राम्रो छलाङ मार्दै विश्वसामू अाफ्नो पहिचान बनाउन सक्छन्।

युवाहरूले समेत अन्तर्राष्ट्रिय मञ्चमा खेलकुदकै माध्यमबाट तहल्का मच्चाइ रहेको कुरा सर्वविधितै छ। खेलकुदको माध्यमबाट आफ्नो देशको नाम उच्च राख्न कुनै पनि उमेरहद तथा कमउमेरले प्रभाव पार्दैन भन्ने कुरालार्इ नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले यसै वर्ष इन्डियन क्रिकेट लिग (अाइपिएलम)मा प्रमाणीत गरिसकेका छन्।

खेलकुदकै माध्यमबाट उनी अाफूमात्रै विश्वसामू चिएनन्, राष्ट्रलार्इ पनि चिनाएका थिए। खेलकुदले मानिसलाई स्वस्थ रहन सघाउ पुर्याउने तथा युवालाई कुलतमा फस्न नदिने सम्भावना बढी भएका कारण विद्यार्थीलाई खेलक्षेत्रमा लाग्न धेरैजसो राष्ट्रले प्रेरित समेत गर्ने गरेका छन्।

केही समय अघिसम्म नेपालका अभिभावकहरूमा खेलकुदले पढाइ विर्गाछ भन्ने रहेको मान्यता अहिले क्रमिक रुपमा परिस्कृत हुँदै गएको छ। यही परिवर्तित सोचाइका कारण अभिभावकहरू आफ्ना छोराछोरीलाई पढाईका साथै खेलकुदमा संलग्न गराउन चाहन्छन्।

खेलकुदमा लाग्न थालेपछि आफ्ना छोराछोरीहरू दुर्व्यसनीमा फस्न छाडेको यर्थाथलाई अभिभावकहरुले आत्मसात गर्न थालिसकेका छन्। यद्यपि, खेलकुदमा लागेर केही हुँदैन भन्ने परिपाटी भने अझै हटिसकेको छैन। सरकारले खेलकुदलाई विद्यालय तथा प्लस टु स्तरबाटै प्रवर्द्धन गर्ने नीति लिन नसक्नु यसको कारक तत्व हो।

सरकारले खेलकुदमा खुलेर लगानी गर्न नसकेका कारण पनि नेपालमा खेलक्षेत्रले खासै गति लिन सकेको छैन। हाम्रो देशमा एक त खेलकुदमा थोरै मात्र लगानी हुन्छ त्यसमाथि त्यही थोरै लगानीको धेरै हिस्सा दुरूपयोगसमेत हुने गरेको छ।

योग्य तथा सक्षम पुस्ताले खेलकुदलाई हाँक्ने जिम्मेवारी नपाउनु र खेलकुद क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा राजनीतिक हस्तक्षेपले पनि यसको उल्लेखनीय विकास हुन नसकेको व्यहोरा हामी माझ सर्वविधितै छ।

राजनीतिक पहुँचका अाधारमा प्रमाण–पत्रका लागि खेलाडी बन्ने विकृतीलार्इ जरैदेखि उखेलेर मिल्काउन नकस्नु राज्य पक्षको दुर्बल पक्षले पनि नेपाली प्रतिभाशाली खेलाडीको विकास हुन दिइरहेको छैन।

यी र यस्तै कमीकमजोरीकाबीच पनि खेलकुदमै समर्पित भएर लाग्न चाहने युवाहरूको संख्यामा कमी आएको छैन। युवा विद्यार्थीको चाहानालाई ध्यानमा राखेर अहिले निजी क्षेत्रको प्लस टु तथा विद्यालयले पनि खेलकुदलाई ध्यान दिने गरेका छन्।

विशेष गरि काठमाडौंका नाम चलेका निजी प्लस टुहरूले खेलकुदका राष्ट्रियस्तरका प्रतियोगिताहरू प्रायोजन गर्नु, आफ्नो स्कुल तथा प्लस टुमा खेलकुदकै क्लव गठन गर्नु र विद्यार्थीलाई खेलकुदमा लाग्न प्रोत्साहन गर्नु यसैको उपज हो।

त्यही भएर नै सायद अहिले विभिन्न शैक्षीक संस्थाका नाम जोडिएर खेलकुदका विभिन्न प्रतियोगिताहरु आयोजना हुन्छन्। र विजेता शैक्षिक संस्थाहरु नै खेल र शिक्षामा अब्बल मानिन्छन्।

यस्तै, शैक्षिक क्षेत्रबाट पनि खेलकुदको स्तर विकासका निम्ती पाइला चाल्दै अाएका केही कलेजहरुलार्इ उदाहरणको रुपमा हेर्नसकिन्छ।

जस्तै, लिटिल एन्जल्स, जेम्स, चेल्सी, वृहस्पती, एनसिसिएस, रिलायन्स, द टाइम्स कलेज, गोल्डेन गेट, रेडन, हिमालयन ह्वाइट हाउस, ट्रिनिटी, किस्ट, भिएस निकेतन, नेपाल मेघा, नोबल कलेज, साउथ वेस्ट्रन, मोर्गान, हेराल्ड, जया मल्टिपल, अक्सव्रिज, एस, प्राइम, जेभियर, व्रिजवाटर, सिसिअारसी, नासालगायतका कलेजहरुले स्तरिय शिक्षाका साथै प्रत्यक्ष खेलकुद विकासमा सदैब अब्बल भूमिका निभाउने गरेका छन्।

विद्यालय स्तरिय विभिन्न विधाका प्रतियोगिताहरुको अायोजना जसका उदाहरण हुन्। केही कलेजहरुले विद्यार्थीको खेलकुद प्रशिक्षणका लागि प्रशिक्षकको व्यवस्था पनि गर्ने गरेका छन्।

साथै, सहभागिताको अवसर पनि प्रशस्तै उपलब्ध गराएको छ। विद्यार्थी सक्षम खेलाडीको रुपमा अगाडी बढ्न परिवार सँगसँगै शिक्षण संस्थाको पनि उल्लेखनीय भूमिका रहन्छ।

पारिवारिक सहयोग भन्दा फरक भुमिका निभाउने शिक्षण संस्थाले एक उदीयमान खेलाडीका लागि अवसरहरुको सिर्जना गर्दै अावश्यक सुविधा पनि उपलब्ध गराउने कुरामा दुर्इमत छैन। शिक्षण संस्थाले शिक्षा र खेलकुद दुबै पक्षलार्इ समानान्तर रुपमा अगाडी बढाउनुलार्इ केही कलेजहरुले जिम्मेवारीको रुपमा लिएका छन्।

शैक्षिक विशेष विस्तृत रिपोर्टका लागि खेलकुद मञ्च म्याग्जिनको अागामी अंक हेर्नुहोस्।


प्रकाशित मिति: आइतबार, असार १७, २०७५  १६:०७
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप शैक्षिक खेलकुद
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि बुधबार, वैशाख ९, २०८३
प्रथम डाइनामिक कप इनलाइन स्केटिंग स्पीड च्याम्पेनसीप सम्पन्न
प्रथम डाइनामिक कप इनलाइन स्केटिंग स्पीड च्याम्पेनसीप सम्पन्न शनिबार, फागुन ३०, २०८२
फुटसल टोली सम्मानित
फुटसल टोली सम्मानित आइतबार, फागुन १७, २०८२
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न शुक्रबार, फागुन १५, २०८२
एन्जल्स हार्ट र केभीकेएसएसलाई तेजस्वी कप
एन्जल्स हार्ट र केभीकेएसएसलाई तेजस्वी कप शुक्रबार, फागुन १५, २०८२
आयोजक एलएको दुवै टोली फाइनलमा
आयोजक एलएको दुवै टोली फाइनलमा बिहीबार, फागुन १४, २०८२
तेजस्वी र केभीकेएसएस फाइनलमा
तेजस्वी र केभीकेएसएस फाइनलमा बिहीबार, फागुन १४, २०८२
Navodit College Navodit College
ताजा समाचार
प्रदीप र आयुशमान सेमिफाइनलमा
प्रदीप र आयुशमान सेमिफाइनलमा खेलकुद मञ्‍च
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
पदक विजेता बिच कबड्डी टोलीको स्वागत खेलकुद मञ्‍च
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने खेलकुद मञ्‍च
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन खेलकुद मञ्‍च
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
ऐतिहासिक पदक विजेता चन्द्र सम्मानित
ऐतिहासिक पदक विजेता चन्द्र सम्मानित
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
भारत, पाकिस्तान र श्रीलंका विजयी
भारत, पाकिस्तान र श्रीलंका विजयी
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने बुधबार, वैशाख १६, २०८३
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
पदक विजेता बिच कबड्डी टोलीको स्वागत बुधबार, वैशाख १६, २०८३
प्रदीप र आयुशमान सेमिफाइनलमा
प्रदीप र आयुशमान सेमिफाइनलमा बुधबार, वैशाख १६, २०८३
Photo Gallery
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्