काठमाण्डौ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवानकोइरालालेशनिबार काँडाघारीमा सम्पन्न ‘छैठौं उज्ज्वलतारा दशैं रन फर गुड हेल्थ’ दौडको पुरस्कार जितेका छन् ।
उज्ज्वलतारा स्कुल काँडाघारीले आयोजना गरेको ५ किलोमिटर दुरीको सो दौडको उद्घाटनका विशिष्ट अतिथि र दौडका प्रतिष्पर्धि समेत रहेका डा.कोइराला ५५ वर्ष उमेर माथि समूहको पुरुषतर्फको विधामा तेस्रो भएकाहुन् । उनले आफ्नाउमेर समूहका २७ प्रतिष्पर्धिलाई उछिनेर तेस्रो भई पदक, ट्रफि र प्रमाणपत्र पाए ।
विजेता डा.कोइरालालाई गल्फ खेलका गुरु घनश्याम थापा, दौड कार्यक्रम संयोजक नेपाली सेनाकामहासेनानी विष्णु कार्कीले पुरस्कार वितरण गरेकाथिएभने विद्यालयव्यवस्थापन समितिकीअध्यक्षगायत्रीकार्कीले फूलको विरुवा सहितको गमलाउपहार प्रदान गरीन् ।
आफैं वरिष्ठ मुटुरोग विशेषज्ञ रहेका डा.कोइरालालाई ह्याम्स अस्पतालले प्रदान गरेको ८ हजार रुपैयाँ बराबरको मुटुरोग परिक्षण प्याकेज पनि पुरस्कार पाए । सो विधामा पुरुषतर्फ ज्ञानकृष्ण श्रेष्ठ पहिलो र रुद्र नगरकोटी दोस्रो भएकाथिए । सोही समूहको महिलातर्फ मीनाकुमारी मगर पहिलो, सावित्रा रायमाझि दोस्रो र कल्पनाआचार्य तेस्रो भईन् ।
यसैगरि १८ वर्ष उमेर माथिको खुल्ला समूहविधामामहिलातर्फ स्वस्तिकतिरुवापहिलो, सुनितातामांग दोस्रो र आभ्या केसी पहिलो भईन् भने पुरुषतर्फ दिनेश खड्कापहिलो, निरज भट्ट दोस्रो र यामराजखत्री तेस्रो भए । यो समूहकापहिलो हुनेले १० हजार, दोस्रोले ७हजार र तेस्रोेले ५ हजार नगदप्रदान पुरस्कार पाए ।
यसैगरि युगल समूहतर्फ कविता र गोविन्दकार्कीको जोडी पहिलो, सविता र अभिषेक उपाध्यायको जोडी दोस्रो तथाप्रकाश र चुना कटुवालको जोडी तेस्रो भयो । अभिभावकविधाको महिलातर्फ ज्योतिकार्की पहिलो, निमालामा दोस्रो र सविना केसी तेस्रो भइन् भने पुरुषतर्फ सुनिलकार्की पहिलो, राजेन्द्र न्यौपाने दोस्रो र प्रधुम्न केसी तेस्रो भएकाथिए ।
१८ वर्षभन्दामाथिको उमेर समूहकाविजेताबाहेक अन्यविजयीहरुलाई पोखरा र चितवनकोे विभिन्नहोटेलमाखानेबस्ने सुविधासहितको पुरस्कार र विभिन्न अस्पतालको निशुल्क स्वास्थ्यजाँच पुरस्कार पनिपाए ।
विभिन्न ७ विधामाआयोजित सो दौडकाविजयीहरुलाई कागेश्वरी मनोहरा नगरपालिकाकाप्रमुखउपेन्द्र कार्की, उपप्रमुखशान्ताथापातथा ७ नं वडाध्यक्ष भिमसेन थापा, ९ काअध्यक्षअनिलथापा, सल्लाहकार सुष्मापोखरेल, डा.ध्रुव खड्कालगायतले पुरस्कार वितरण गरेकाथिए ।
प्रतियोगिताकासहभागीरुलाई विद्यालयव्यवस्थापन समितिकीअध्यक्षगायत्रीकार्की, भाइस प्रिन्सिपल सगुनप्रधानजोशीले पदकवितरण गरेकाथिए। सहभागिताशुल्कवापत संकलित सबै रकमवरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवानकोइरालाले स्थापनागर्न लागेको गैरनाफामूलकवाल मुटुरोग अस्पताललाई हस्तान्तरण गरिने कार्यक्रम संयोजककार्कीले बताए ।