एजेन्सी, १२ असार – इंग्ल्याण्डको युवा जमातले भरिएको टोली टोटनह्यामका प्रमुख खेलाडी हुन्, २६ वर्षिय युवा खेलाडी क्रिस्टियन एरिकसन।
सन् १०१३ देखि प्रिमियर लिग क्लब टोटनह्यामबाट व्यवसायिक फुटबल खेल्दै अाएका एरिकसनले टोटनह्याममा प्लेमेकरको भुमिका निर्वाह गर्छन्।
२०१० यता डेनमार्कले २०१८ मात्र विश्वकप खेलेको डेनमार्कलार्इ छनाैट गराउनमा एरिकसनको महत्वपूर्ण भूमिका रहेको थियो। २०१० मा राष्ट्रिय सिनियर टोलीबाट डेब्यु गरेका एरिकसन सोही वर्ष डेनिस युथ प्लेयर अफ द इयर अवार्ड पनि जितेका थिए।
व्यवसायिक फुटबलमा टोटनह्यामबाट प्रिमियर लिगका १७१ खेल खेलेका एरिकसनले ४१ गोल गरेका छन् भने, ४८ असिस्ट पनि सिर्जना गरेका छन्। गतसिजन बार्सिलोनाले नेयमारको प्रतिस्थापनमा उनलार्इ भित्र्याउने कुरा चलाएको थियो। तर, उक्त हल्ला अाधिकारिक सूचना बाहिर नअार्इ टुंगिएको थियो।
जारी विश्वकपमा १ गोल गरेका एरिकसन अब स्पेनिस ह्याभिवेट क्लबहरु रियल म्याड्रिड तथा बार्सिलोनामा खेल्नका सक्षम भएको उनको डेनमार्कका निवर्तमान राष्ट्रिय टोलीका प्रशिक्षक मोर्टन अोल्सनले बताएका छन्।
अोल्सेनले एरिकसनको किशोरावस्थाको क्लब अायाक्समा धेरै कुरा सिकेको बताउँदै विश्व फुटबल जगतमा छुट्टै पहिचान स्थापित गरेका खेलाडी रहेको पनि बताए।
अोल्सनले थपे 'उनी अहिले जुन अवस्थामा छन्, जहाँ प्रिमियर लिग तथा च्याम्पियन्स लिग जस्ता प्रतियोगितात्मक खेलहरु हुन्छन् र त्यस्ता खेलहरुमा पनि उनको उत्कृष्ट प्रदर्शन रहेको छ।'
गत सिजन युभेन्टसको मैदानमा भएको खेलमा एरिकसनले प्रहार गरेको चतूर फ्रि–किकको शिकार भएका युभेन्टसका इटालियन भेट्रान गोलकिपर ग्यनलुइजी बुफोनले पनि उनी एक प्रतिभाशाली तथा क्षमतावान् खेलाडी भएको खुलेरै वर्णन गरेका थिए।
एरिकसनको वर्तमान लय तथा रियल म्याड्रिड र टोटनह्यामबीचको खेलाडी किनबेचको सम्बन्धलार्इ हेर्दा यदि एरिकसन स्पेन जान्छन् भने, रियल म्याड्रिडमा बढी सम्भावना देखिन्छ। रियलका स्टार मिडफिल्डर लुका मोड्रिच र स्टार फरवार्ड गेराथ बेल पनि टोटनह्यामकै उत्पादन हुन्।