काठमाडौं । बेलटार एकेडेमीकी अन्जना राई, सुर्खेतकी अग्रिमा भण्डारी, सर्लाहीकी निकिता लामा र कञ्चनपुरकी बिष्णा बिष्ट स्पोर्ट्स हव नेपाल प्रालिको आयोजनामा भएको प्रथम स्पोर्ट्स हव ओपन ब्याडमिन्टन प्रतियोगिताको शिर्ष २० बाहेककाको महिला एकल तर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
अन्जना राईले सुर्खेतकी पुष्पा शाहीलाई २१–११, २१–११ को समान अन्तरले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेकी हुन् । यस्तै सेमिफाईलन प्रवेश गर्ने क्रममा अग्रिमा भण्डारीले सेनाकी प्रियांशी बमलाई २१–१६, १५–२१, २१–१९ ले पराजित गरिन् । यसैगरि निकिता लामाले १६ फिदरकी रिहाना शेरचनललाई २१–११, २२–२० ले तथा बिष्णा बिष्टले बेलटारकी रोजी राईलाई २०–२२, २१–१२, २१–१२ ले पराजित गर्दै सेमिमा स्थान पक्का गरेका हुन् ।
यस्तै शिर्ष २० बाहेकका पुरुष युगल खुला तर्फ सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीले लाफा समुह बुटवलका मनोज फौदार र बिवेक न्यौपानको जोडीलाई २१–१९, २१–१७ ले पराजित गर्दै सेमिमा स्थान बनाए । यस्तै गरि सेमिमा स्थान बनाउने क्रममा नेपाल पुलिसका गौरव दाहाल र अनिश श्रेष्ठको जोडीले तीनचुलीका निश्चल खत्री र श्रीजल पोखरेलको जोडीलाई २१–१९, २०–२२, २१–१८ ले, सुर्यदर्शनका जुम्ल्याहा दाजुभाई राम मल्ल ठकुरी र लक्ष्मण मल्ल ठकुरीको जोडीले पुलिसका हिरा राई र सुर्य दर्शनका दीपक रानालाई २१–१९, २१–१७ ले तथा तीनचुलीका अभिषेक गुरुङ्ग र राजु थापाको जोडीले सेनाका हिमाल चन्द र सन्तोष पनेरुको जोडीलाई २१–८, २१–१५ ले पराजित गरे ।
यु १७ ब्वाईज तर्फ शिल्क ग्रुपका कविर के.सी.ले बेलटार एकेडेमीका सुसन पौडेललार्ई २१–१३, २१–९ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरे । आयोजकका सुनिल कार्कीले १६ फिदरका अभय महरालाई २१–१७, २३–२१को सोझो सेटमा पराजित गर्दै सेमिफाईनलमा कविर संगको भेट पक्का गरे । लाफा समूहका मनोज फौदारले रिसभ राई २१–१७, २१–१५ ले तथा सेनाका डेभिड थापा मगरले बेलटार एकेडेमीका केनिश मगरलाई २१–५, २१–१३ ले पराजित गर्दै सेमिमा स्थान बनाए ।
पुरुष ४५ बर्ष माथिको स्पर्धामा जेष्टका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडीले जित निकाल्दै अन्तिम चारमा स्थान बनाए । उक्त जोडीले टोखाका कान्छा नारायण महर्जन र मान काजी श्रेष्ठको जोडीलाई २१–१७, २१–१५ ले पराजित गरे । यस्तै चितवनका खुश गुरुङ्ग र तनहुका मान बहादुर रानाको जोडीले आयोजकका सुरेन बहादुर आले र लाक्पा शेर्पालाई २१–१७्८, ७–२१, २१–१९ ले, आबिएमएसका किशान छयाम्जुङ्ग र राजेश शाक्यको जोडीले देविनगरका दिल कार्की र चन्द्र खापुङ्गको जोडीलाई १४–२१, २२–२०, २१–१८ ले तथा पिएफसीका पुर्ण हरि होना र संजय कपालीको जोडीले चन्द्रागिरीका विरेन्द्र बिष्ट र हरि खत्रीको जोडीलाई २१–१७, २१–१७ ले पराजित गर्दै सेमिफाईनलमा स्थान पक्का गरे ।
सेवानिवृत कर्मचारीहरुको प्रतिस्पर्धामा आयोजकका सुरेन बहादुर आले र ईन्द्र महताको जोडी, चितवनका खुस गुरुङ्ग र तनहुका मान बहादुर रानको जोडी, सामाखुसीका बिष्णु राना र टिका थापा मगरको जोडी तथा आयोजकका सान बहादुर साम्बा र लाक्पा शेर्पाको जोडी पनि जित निकाल्दै सेमिफाईन प्रवेश गरे । ५५ बर्ष माथिको खेलमाम बशुन्धाराका पुर्ण चन्द्र जोशी र उमेश के.सी.को जोडी, पाँचथरका मनि कदङ्गवा र गणेश सुब्बाको जोडी, बुटवलका नारायण प्रसाद घिमिरे र धादिङ्गका बिष्णुलाल श्रेष्ठको जोडी तथा पोखराका रमेश भट्टचन र कमल थापाको जोडी पनि जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।