Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • काठमाडौं टिम च्याम्पियनसिपको टिम सार्वजनिक
काठमाडौं टिम च्याम्पियनसिपको टिम सार्वजनिक
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2078-8-25
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । पुस पहिलो साता काठमाडौंमा आयोजना हुने कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप २०२१ कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) च्याम्पियनसिप खेल्ने ८ टोली सार्वजनिक भएको छ । आयोजक काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए)ले बिहीबार एक कार्यक्रमका बीच च्याम्पियनसिप खेल्ने ८ टोलीको घोषणा गरेको हो ।

च्याम्पियनसिप ६ देखि ९ पुससम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा हुनेछ । सार्वजनिक भएको टोलीमा च्याम्पियनसिपको मुख्य प्रायोजक कुमारी बैंक, नेपाल राष्ट्र बैंक, नेपाल टेलिकम, कान्तिपुर पब्लिकेसन, नेपाल आयल निगम, आइएमई ग्रुप, सिल्क ग्रुप र नेपाल विद्युत प्राधिकरण रहेका छन् । यस्तै टोलीले बिहीबारै गोलाप्रथाको आधारमा यसअघि सार्वजनिक गरिएको नेपालको शीर्ष वरीयताका समान ८ पुरुष र महिला खेलाडीलाई आफ्नो टोलीमा आबद्ध गरेको छ ।

नेपाल राष्ट्र बैैंकमा पुरुषतर्फको दोस्रो वरीयताका दिपेश धामी र महिलातर्फको दोस्रो वरीयताकी अमिता गिरी आबद्ध भएकी छिन् । आइएमई ग्रुपमा आठौं वरीयताका नविन श्रेष्ठ र शीर्ष वरीयता नङ्सलदेवी तामाङ, नेपाल टेलिकममा शीर्ष वरीयताका रत्नजित तामाङ र नवौं वरीयताकी सीमा राजवंशी र सिल्क ग्रुपमा तेस्रो वरीयताका विकास श्रेष्ठ र तेस्रो वरीयताकी अनुमाया राई आबद्ध भएका छन् ।

यस्तै नेपाल आयल निगममा चौथो वरीयताका विष्णु कटुवाल र चौथो वरीयताकी रशिला महर्जन, नेपाल विद्युत प्राधिकरणमा छैटौं वरीयताका दिपक बोहोरा र छैटौ वरीयताकी शोभा गौचन, कान्तिपुर पब्लिकेशनमा चौथो वरीयताका साजन कृष्ण ताम्राकार र १०औं वरीयताका सम्झना शर्मा र कुमारी बैंकमा छैटौ वरीयताका सुदिप सेढाई र सातौ वरीयताकी सुनैया मुखिया आबद्ध भएका छन् ।

पाँचौ वरीयताका जेसिका गुरुङ र आठौं वरीयताकी सीता माया राई चोटका कारण टोली बाहिर रहने भएपछि नवौं वरीयताका सीमा र १०औं वरीयताकी सम्झनाले च्याम्पियनसिप खेल्ने अवसर पाएका हुन् ।

यसअघि आयोजक केबिएले नेपाल ब्याडमिन्टन संघ (एनबीए) को वरीयताको आधारमा देशकै उत्कृष्ट ८–८ महिला र पुरुष खेलाडी सार्वजनिक गरेको थियो । च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, कर्पोरेट डबल्स, पुरुष डबल्स र महिला डबल्स गरी पाँच विधा समावेश गरिएको छ । ५ इभेन्ट्समध्ये ३ इभेन्ट्स जित्ने टिम च्याम्पियन हुनेछ । पुरुष एकल र महिला एकलमा शीर्ष ८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

कर्पाेरेट्स डबल्समा कर्पाेरेट हाउसमा दुई वर्ष कार्यरत र पुरुष डबल्समा वरीयता प्राप्त खेलाडी र कर्पाेरेट हाउसमा आबद्ध तथा महिला डबल्समा वरीयता प्राप्त खेलाडी र कर्पाेरेट हाउसमा आबद्ध खेलाडी हुनुपर्नेछ । च्याम्पियनसिपका प्रत्येक टिममा वरीयता प्राप्त महिला र पुरुष १–१ खेलाडी हुनेछन् ।

टिमका अन्य खेलाडी कर्पोरेट हाउसकै हुनुपर्नेछ । एक टिममा ६ देखि ८ जना खेलाडी हुनेछन् । करिब ४९ लाख ४६ हजार रुपैयाँ लाग्ने काठमाडौं टिम च्याम्पियनसिपमा विजेता टिमका वरीयता प्राप्त खेलाडीले ७५ हजार, उपविजेताले ६० हजार, तेस्रोले ५५ हजार र चौथोले ४७ हजार ५०० सय पाउनेछन् ।

खेलाडीको आयस्रोत बृद्धि गर्ने उद्देष्यले वरीयता प्राप्त खेलाडीलाई दर्ता हुने बित्तिकै २० हजार प्रदान गरिने र प्रत्येक खेलमा म्याच फि २ हजार ५ सय प्रदान गरिने र समूह चरणबाटै बाहिरिने खेलाडीलेपनि ३५ हजारसम्म प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ । टिम च्याम्पियनलाई आकर्षक रनिङ ट्रफी दिइनेछ । पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरूले मेडल तथा गिफ्ट ह्याम्पर पाउनेछन् ।


प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  ०८:१२
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Munasri Construction Munasri Construction
थप राखेप/एनओसी
नेपालका पाँच जनालाई ओसिएको सम्मान
नेपालका पाँच जनालाई ओसिएको सम्मान मंगलबार, असोज २७, २०८३
दसौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ- मन्त्री पोखरेल
दसौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ- मन्त्री पोखरेल सोमबार, असोज १९, २०८३
एसियाडमा उत्कृष्ट दिने प्रयास गर्नु होला– मन्त्री पोखरेल
एसियाडमा उत्कृष्ट दिने प्रयास गर्नु होला– मन्त्री पोखरेल शनिबार, साउन २३, २०८३
मिसन-२०२६ का खेलाडीलाई खेल पोशाक वितरण
मिसन-२०२६ का खेलाडीलाई खेल पोशाक वितरण शनिबार, असार २७, २०८३
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
पदक विजेता बिच कबड्डी टोलीको स्वागत बुधबार, वैशाख १६, २०८३
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु बिहीबार, वैशाख ३, २०८३
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा बुधबार, वैशाख २, २०८३
Navodit College Navodit College
ताजा समाचार
एनपिएललाई आईसीसीको मान्यता ऐतिहासिक उपलब्धि: अध्यक्ष धिमिरे
एनपिएललाई आईसीसीको मान्यता ऐतिहासिक उपलब्धि: अध्यक्ष धिमिरे खेलकुद मञ्‍च
आइएचएफ नेसन्स वुमेन्स ट्रफीः माल्दिभ्सविरुद्ध नेपालको जित
आइएचएफ नेसन्स वुमेन्स ट्रफीः माल्दिभ्सविरुद्ध नेपालको जित खेलकुद मञ्‍च
कांस्य पदक भिडन्तमा रेनु पराजित
कांस्य पदक भिडन्तमा रेनु पराजित खेलकुद मञ्‍च
ओमानलाई हराउँदै नेपाल लिग टुमा छैटौं
ओमानलाई हराउँदै नेपाल लिग टुमा छैटौं खेलकुद मञ्‍च
निसर्ग बाटिकालाई १४ औं एनएसए कप पौडी उपाधि
निसर्ग बाटिकालाई १४ औं एनएसए कप पौडी उपाधि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
ओमानमाथि नेपालको ११३ रनको शानदार जित
ओमानमाथि नेपालको ११३ रनको शानदार जित
कटारीलाई दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान राष्ट्रिय रग्बीको उपाधि
कटारीलाई दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान राष्ट्रिय रग्बीको उपाधि
पौडी च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमानको ओइरो
पौडी च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमानको ओइरो
निसर्ग बाटिकालाई १४ औं एनएसए कप पौडी उपाधि
निसर्ग बाटिकालाई १४ औं एनएसए कप पौडी उपाधि
नेपालका पाँच जनालाई ओसिएको सम्मान
नेपालका पाँच जनालाई ओसिएको सम्मान
दसौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ- मन्त्री पोखरेल
दसौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ- मन्त्री पोखरेल
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
जोन डेवी कपमा पाँच टिम च्याम्पियन
जोन डेवी कपमा पाँच टिम च्याम्पियन
ओमानमाथि नेपालको ११३ रनको शानदार जित
ओमानमाथि नेपालको ११३ रनको शानदार जित
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
कांस्य पदक भिडन्तमा रेनु पराजित
कांस्य पदक भिडन्तमा रेनु पराजित सोमबार, कात्तिक ३, २०८३
ओमानलाई हराउँदै नेपाल लिग टुमा छैटौं
ओमानलाई हराउँदै नेपाल लिग टुमा छैटौं सोमबार, कात्तिक ३, २०८३
Photo Gallery
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट शनिबार, भदौ २७, २०८३
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्