एजेन्सी, ७ असार – शुरुवाती ११मा प्रसस्त खेल्ने समयको अभावका कारण पछिल्लो वर्ष देखिनै रियल छोड्न चाहेको बताउँदै अाएका वेल्सका स्टार फरवार्ड गेराथ बेलका एजेन्टले पुनः रियलसामू माग प्रस्तुत गरेका छन्।
जिनेदी जिदानको नेतृत्वमा रहँदासम्म लगभग रियल छोड्ने मन बनाइसकेका बेल जिदानको राजिनामासँगै मन बदलेको संकेत पनि एजेन्टे बताएका छन्।
उनका अनुसार यदि बेल रियलमै बस्छन् भने उनका लागि प्रशस्त खेल्ने समयको ग्यारेन्टि रियलले गर्नुपर्ने उनको भनाइ रहेको छ। यदि रियल छोड्न चाहेको खण्डमा उनको नाम पछिल्लो समय इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग जोडिँदै अाएको हुनाले सम्भावित गन्तव्य पनि मानिएको छ।
सधैं मैदानमा उत्कृष्ट खेल प्रस्तुत गर्ने बेलले अाफ्नो क्षमता प्रस्तुत गरिसकेका कारण उनले केही पनि साबित गर्न बाँकी नरहेको दाबी समेत एजेन्ट जोनाथेन बर्नेट्टले गरेक छन्।
च्याम्पियन्स लिग फाइनलमा लिभरपुलविरुद्धको उनको प्रदर्शनले पनि उनको क्षमता, दक्षता र अात्मविश्वासलार्इ प्रमाणित गरिसकेको जोनाथेनको जिकिर रहेको थियो।
बेल अाफ्ना ३ सन्तान सहित स्पेनमा खुशी रहेका कारण यदि मैदानमा समय पाउँछन् भने उनको क्लब छोड्ने कुनै विचार नभएको पनि जोनाथेनले बताएका छन्। तर, नियमित फुटबल खेल्न पाउनु पहिलो प्राथमिकता रहेको पनि बताएका छन्।
सन् २०१३ मा टोटनह्यामबाट ८६ मिलियनमा (तत्कालिन सर्वाधिक महंगो रकममा) रियल पुगेका बेलले ५ वर्षमा रियलका लागि १२६ खेलमा ७० गोल गर्दै ४ च्याम्पियन्स लिग, १ लालिगा, १ कोपा डेल रे र २ स्पेनिस सुपरकप जितेका छन्।
यदि बेलले रियल छोड्न चाहन्छन् भने उनलार्इ भित्र्याउन इंग्लिस क्लबहरु चेल्सी, म्यानचेस्टर युनार्इटेड तथा उनको पूर्व क्लब टोटनह्याम पनि तयार भएका हुनाले प्रसस्त खेल्ने समयको ग्यारेन्टि भएमा मात्र रियलमै बस्ने अनुमान गरिएको छ।