एजेन्सी, ६ असार – विश्व फुटबल जगत् क्षणिक तथा १ महिने विश्वकप फुटबलको सरगर्मीमा डुबिरहँदा पूरा सिजननै चलिरहने व्यवसायिक हिसाबले खेलिने लिगहरुको चर्चा अोझेलमा परेको छ।
तर, समयसमयमा रुखको छहारीबाट जंगलमा छिरेको घाम जस्तो चम्किलो रुपमा खेलाडीहरुको व्यवसायिक क्लब स्थानान्तरण देखापर्ने गर्छ। सोही क्रममा विश्व फुटबल जगतकै सर्वाधिक महंगा खेलाडी नेयमार पटक–पटक जंगलको घाम बन्दै अाएका छन्।
सन् २०१७ मा स्पेनिस ह्याभिवेट बार्सिलोनाबाट सर्वाधिक मंहगो रकम २२२ मिलियन पाउण्डमा फ्रेन्च साइड पिएसजी पुगेका नेयमारको उक्त क्लब बसाइ लामो नहुने अनुमान गरिएको थियो।
जसलार्इ चरम सीमासम्म पुर्याउने काम उनको रियल म्याड्रिड जाने हल्ला, लामो समयसम्मको चोटको बोझ, तलबको विषयमा क्लबसँगको असन्तुष्टी, टिममेट कभानीसँगको झगडा जस्ता कुराहरुले गरेका छन्। यस्तै, सोही क्रमलार्इ निरन्तरता दिन नेयमारसँग सम्बन्धित नयाँ चर्चाले यतिबेला गति लिएको छ।
बार्सिलोना अाउनु भन्दा अगाडी देखिनै उनलार्इ भित्र्याउने कोसिस गरिरहेको स्पेनिस जायन्ट रियल म्याड्रिडले यसै सिजनको अन्त्यसँगै नेयमार अाउनेमा विश्वस्ता जनाउने तथा जुनसुकै परिमाणमा रकम तिर्न तयार रहेको जस्ता प्रचारवाजी गरिरहेको छ। यस्तै हल्लालार्इ हलचल मच्चाउने रिपोर्ट स्पेनिस मिडियाहरुले सार्वजनिक गरेका छन्।
उक्त रिपोर्टहरुका अनुसार नेयमारले पेरिसमा खुशी नभएको र क्लब छोड्न चाहेको कुरा क्लबका प्रेसिडेण्ट नसिर अल खलाइफीसामू राखिसकेका छन्।
र, उनको सकरात्मक अनुमतीको अाशा पनि नेयमारले गरेका छन्। उनको अबको गन्तव्यका विषयमा निकै चर्चा हुने गरेको रियल म्याड्रिड, म्यानचेस्टर युनाइटेड तथा पूर्व क्लब बार्सिलोना नै हुन सक्ने संकेत पनि रिपोर्टमा दिइएको छ।
कुनै समय रियल म्याड्रिडमा जानु अाफ्नो मनको कुरा रहेको बताएका नेयमारले विगतका केही दिन यता बार्सिलोना नै फर्कन चाहेको लक्षण देखिएको मिडियाको दाबी रहेको छ।
जसको कारण बार्सिलोनासँग मात्र नभइ स्टार फरवार्ड लियोनल मेसीसँगको भावनात्मक सम्बन्ध रहेको जिकिर समेत गरिएको छ।
यो पनि हेर्नुहोस्!!