Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • १३औँ सागः भारोत्तोलनमा नेपाललाई थप दुई रजत र चार कास्य
१३औँ सागः भारोत्तोलनमा नेपाललाई थप दुई रजत र चार कास्य
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2076-08-22
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

पोखरा, मंसिर २२ । १३औँ साग भारोत्तोलनअन्तर्गत नेपालले तेस्रो दिन शनिबारको प्रतियोगितामा दुई रजत र चार कास्य पदक जित्न सफल भएको छ । योसँगै जारी संस्करणमा नेपालको पदक संख्या दुई स्वर्ण, दुई रजत र १० कास्य पुगेको छ ।

रोचक के छ भने, पदक तालिकामा नेपाली महिला र पुरुष खेलाडीले समान स्वर्ण, समान रजत र समान कास्य जितेका हुन् । २० स्वर्णसहित ६० पदकका लागि भएको स्पर्धामा नेपालले अझै पुरुषतर्फ टु वेट क्याटागोरीमा अन्तिम दिन आइतबार खेल्दैछ । पोखरामा शनिबार भएको प्रतियोगितामा नेपालकी अस्मिता राई (८७ प्लस) र विशालसिंह बिष्ट (९६ केजी) तौल समुहमा रजत पदक जितेका हुन् ।

पुरुष ९६ केजी तौल समुहमा बंगलादेशका खेलाडी जाइरुल इस्लामले स्वर्ण जिते । उनले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १४२ गरी कूल २६२ भार उठाउँदै स्वर्ण पदक जितेका हुन् । रजत दिलाउने नेपाली खेलाडी बिष्टले स्न्याचमा १०७ र क्लीन एण्ड जर्कमा १४० गरी कूल २४७ भार बहन गरे । १९ वर्षे बिष्ट कञ्चनपुरका हुन् । चार वर्षदेखि भारोत्तोलन खेल्दै आएको बताउने उनले रजत दिलाउन सकेकोमा खुसी लागेको प्रतिक्रिया दिए ।

त्यस्तै, भारोत्तोलनमा पहिलो सहभागिता जनाएको भुटानले सो इभेन्टमा पहिलो कास्य जित्न सफल भयो । उसका लागि किन्ले ग्याल्सेनले कास्य पदक जितेका हुन् । उनले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा ९० सहित कूल एक सय ७० भार उठाउन सके । शनिबार नै भएको महिला ८७ प्लस तौल समुहमा श्रीलंकन खेलाडी तिमाली हापुथेनाले स्वर्ण जितिन् । उनले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा एक सय गरी कूल १८० तौल उठाइन् ।

नेपालको तर्फबाट नेपाली सेनाकी अस्मिता राईले स्न्याचमा ६० र क्लीन एण्ड जर्कमा ६५ गरी कूल १२५ तौल भार बहन गर्दै रजत दिलाउन सफल भएकी हुन् । सो इभेन्टमा पाकिस्तानकी फेरोज परविनले स्न्याचमा ५५ र क्लीन एण्ड जर्कमा ६० गरी कूल ११५ तौल उठाउँदै कास्यमा सीमित भइन् ।

त्यस्तै, महिला ८७ तौल समुहमा भारतले स्वर्ण, पाकिस्तानले रजत र नेपालले कास्य जित्यो । भारतकी अनुराधा पभुन्नराजले स्न्याचमा ९० र क्लीन एण्ड जर्कमा ११० गरी कूल दुई सय, पाकिस्तानकी रब्बीया राजाकले ६३, ७८ र १४१ तथा नेपालकी मनकुमारी कुमालले ६०, ७६ गरी कूल १३६ तौल उठाउँदै क्रमशः स्वर्ण, रजत र कास्य जितेका हुन् । तनहुँकी कुमालले आठौं राष्टिय खेलकुदमा रजत जितेकी थिइन् ।

उता, पुरुष १०२ केजी तौल समूहमा नेपालका तर्फबाट सन्देश गुरुङले कास्य जिते । प्रतियोगितामा पाकिस्तानी खेलाडी उस्मान अम्जाद राठोरले स्वर्ण र बंगलादेशले रजत पदक जित्यो । पाकिस्तानी खेलाडीले स्न्याचमा १५० र क्लीन एण्ड जर्कमा १८० गरी कूल ३३० तौल उठाउँदै स्वर्ण जितेका हुन् ।

यस्तै, बंगलादेशका इस्लामले स्न्याचमा १०८ र क्लीन एण्ड जर्कमा १४२ गरी कूल २५० भार बहन गरी रजत र नेपालका सन्देशले स्न्याचमा एक सय र क्लीन एण्ड जर्कमा १३५ सहित कूल २३५ उठाउँदै कास्य पदक दिलाएका हुन् । चितवन निवासी सन्देश नेपाल प्रहरीमा आबद्ध छन् । उनी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्णधारी हुन् ।

शनिबार बिहान भएको खेलमा नेपालकी तारादेवी पुनले ७६ केजी तौल समुह र लक्ष्मी वनले ८१ केजी तौल समूहमा कास्य पदक जितेका छन् । महिला ७६ केजी तौल समूहमा बंगलादेशकी माविया अख्तरले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा १०५ गरी कूल १८५ तौल उठाउँदै स्वर्ण जितिन् । त्यस्तै, श्रीलंकन खेलाडी बीसी प्रियन्थीले स्न्याचमा ८३ र क्लीन एण्ज जर्कमा १०१ गरी कूल १८४ किलो तौल बहन गरी देशलाई रजत पदक दिलाइन् । १२औं सागमा समेत कास्य जितेकी नेपालकी तारादेवीले स्न्याचमा ७५ र क्लीन एण्ड जर्कमा ९७ गरी कूल १७२ तौल उठाएकी हुन् ।

त्यस्तै, ७६ केजी तौल समूहमा भारतकी सृष्टि सिंहले स्न्याचमा ८२ र क्लीन एण्ड जर्कमा १०८ गरी कुल १९० भार गरी स्वर्ण र बंगलादेशकी जुहोरा खातोन नीशाले कुल १६८ किलो तौल उठाउँदै रजत जित्न सफल भइन् । उनले स्न्याचतर्फ ७३ र क्लीन एण्ड जर्कमा ९५ तौल उठाएकी हुन् । ३ देशमात्र सहभागी सो इभेन्टमा नेपाल प्रहरीमा आबद्ध लक्ष्मी वनले स्न्याचमा ६० र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४० तौल उठाउँदै कास्य दिलाउन सफल भएकी हुन् ।


प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  १२:१२
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Munasri Construction Munasri Construction
थप राखेप/एनओसी
एसियाडमा उत्कृष्ट दिने प्रयास गर्नु होला– मन्त्री पोखरेल
एसियाडमा उत्कृष्ट दिने प्रयास गर्नु होला– मन्त्री पोखरेल शनिबार, साउन २३, २०८३
मिसन-२०२६ का खेलाडीलाई खेल पोशाक वितरण
मिसन-२०२६ का खेलाडीलाई खेल पोशाक वितरण शनिबार, असार २७, २०८३
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
पदक विजेता बिच कबड्डी टोलीको स्वागत बुधबार, वैशाख १६, २०८३
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु बिहीबार, वैशाख ३, २०८३
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा बुधबार, वैशाख २, २०८३
क्लाइम्बिङ टोली चीन जाने
क्लाइम्बिङ टोली चीन जाने शुक्रबार, चैत २०, २०८२
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल मंगलबार, चैत १७, २०८२
Navodit College Navodit College
ताजा समाचार
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक खेलकुद मञ्‍च
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात खेलकुद मञ्‍च
सनसाइन र पाठशालालाई मिनी बास्केटबलको उपाधि
सनसाइन र पाठशालालाई मिनी बास्केटबलको उपाधि खेलकुद मञ्‍च
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित खेलकुद मञ्‍च
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित
सनसाइन र पाठशालालाई मिनी बास्केटबलको उपाधि
सनसाइन र पाठशालालाई मिनी बास्केटबलको उपाधि
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
नेपालले पिकलबलको विश्वकप खेल्ने
नेपालले पिकलबलको विश्वकप खेल्ने
डट्स ई-स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि
डट्स ई-स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि
माफ बास्केटबलमा ४४ टोली
माफ बास्केटबलमा ४४ टोली
चन्द्रागिरी टिम च्याम्पियन
चन्द्रागिरी टिम च्याम्पियन
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात बुधबार, असोज ७, २०८३
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक बुधबार, असोज ७, २०८३
Photo Gallery
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट शनिबार, भदौ २७, २०८३
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्