Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • १३औँ सागः भारोत्तोलनमा सञ्जुले रचिन् इतिहास
१३औँ सागः भारोत्तोलनमा सञ्जुले रचिन् इतिहास
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2076-08-20
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

पोखरा, मंसिर २० । नेपालकी सञ्जु चौधरीले १३औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा स्वर्ण पदक जित्दै इतिहास रचेकी छन् । पोखरा १२, माटेपानीस्थित एसआर केसी बैंक्युटमा बिहीबारदेखि सुरु प्रतियोगितामा महिला ५९ केजी तौल समुहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएकी हुन् ।

सञ्जुले स्न्याचमा ७४ र क्लीन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान (स्न्याच, क्लीन एण्ड जर्क तथा टोललतर्फ) का साथ साग भारोत्तोलनमा महिलातर्फ पहिलो स्वर्ण जित्न सफल भएकी हुन् । प्रतियोगितामा श्रीलंकन खेलाडी आर.एम.एन.एस. राजापाक्षाले स्न्याचतर्फ ७० र क्लीन एण्ड जर्कमा ९१ गरी १६१ केजीका साथ रजत र बंगलादेशकी फायमा अख्तरले स्न्याचमा ७० र क्लीन एण्ड जर्कमा १६० केजी भार बहन गर्दै कास्य जितिन् । चार देशले भाग लिएकोे विधामा पाकिस्तानको पनि सहभागिता थियो ।

गत वर्ष नेपाल पुलिसमा छिरेकी सञ्जुले सागको पहिलो सहभागितामै सिनियरतर्फ स्वर्ण जितेपछि यसको श्रेय प्रशिक्षकसहित घरपरिवारका सदस्यलाई सुम्पिन् । उनले आफूलाई निकै खुसी लागेको र सोचेजस्तो लिफ्ट लिन सकेको प्रतिक्रिया दिइन् ।
साग भारोत्तोलनमा गत वर्षबाट मात्र नेपालले महिलातर्फ सहभागिता जनाएको हो । १०औं संस्करणका सागमा नेपालका कमलबहादुर अधिकारीको नाममा पहिलो स्वर्ण छ ।

त्यस्तै, महिला ५५ केजी तौल समुहमा भारतले स्वर्ण जित्यो । त्यस्तै बंगलादेश र पाकिस्तानले क्रमशः रजत र कास्य जित्न सफल भए । भारतकी विन्ध्यारानी देवीले स्न्याचमा ७६ र क्लीन एण्ड जर्कमा एक सय पाँचसहित एक ८१ केजी भार बहन गर्दै स्वर्ण जितेकी हुन् ।

बंगलादेशकी फूलपोटी चक्माले १४८ र पाकिस्तानकी साइमा सहजादले १३५ केजी भार बहन गरेका हुन् । बंगलादेशबाट स्न्याचमा ६३ र क्लीन एण्ड जर्कमा ८५ तथा पाकिस्तानकी खेलाडीबाट स्न्याचमा ६१ र क्लीन एण्ड जर्कमा ७४ भार बहन गरिएको थियो ।

भारोत्तोलनमा तुलाराम कास्यमा सीमित

नेपाल आर्मीका तुलाराम महतोले सागअन्तर्गत भारोत्तोलन प्रतियोगितामा कास्य जितेका छन् । उनीबाट कम्तिमा रजत आशा गरिएकोमा पोखरामा बिहिबार भएको ५५ केजी तौल समुहमा उनी कास्यमा सीमित भएका हुन् । सागको यो पहिलो सहभागितामा उनले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा ९८ गरी कुल १७८ भार बहन गरेका हुन् ।

नेपालसहित श्रीलंका र बंगलादेशले मात्र भाग लिएको ५५ केजी तौल समुहमा श्रीलंकाका वाईडीआई कुमाराले स्वर्ण र बंगलादेशका राजकुमार रायले रजत पदक जित्न सफल भए । कुमाराले स्न्याचमा १०५ र क्लीन एण्ड जर्कमा १३० गरी २३५ किलो भार बहन गर्दै स्वर्ण जितेका हुन् भने रायले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा १०४ गरी कुल १०४ बहन गरेका हुन् । रायले नेपाली खेलाडीलाई क्लीन एण्ड जर्कमा मात्र ६ किलोले पछि पारेका थिए । महतो र रायको स्न्याचमा समान ८० किलो भार बहन थियो ।

यस्तै, ६१ केजी तौल समूहमा भारतीय खेलाडीले स्वर्णमा आफ्नो नाम लेखाए । सिद्धान्त गोगोईले स्न्याचमा ११५ र क्लीन एण्ड जर्कमा १४९ गरी २६४ भार बहन गर्दै मात्र १ किलो तौल समुहले श्रीलंकन खेलाडीलाई पछि पारेका हुन् । श्रीलंकाका पालुगासिंघेले स्क्याचमा ११८ र क्लीन एण्ड जर्कमा १४५ सहित कुल १६३ भार बहन गरेका थिए । बंगलादेशका मोस्टाइन बेलाले कुल २३५ केजी लिफ्ट लिँदै कास्य जिते । उनले स्न्याचमा १०५ र क्लीन एण्ड जर्कमा १३० केजी भार बहन गरेका थिए ।

भारोत्तोलन संगीताको नयाँ राष्ट्रिय कीर्तिमान

सागअन्तर्गत भारोत्तोलन प्रतियोगितामा संगीता राईले कास्य पदक जित्दै राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । पोखरा १२, माटेपानीस्थित एसआर केसी बैंक्युटमा बिहिबारदेखि सुरु प्रतियोगितामा उनले ४५ केजी तौल समुहमा १२७ केजी भार बहन गर्दै करिना चौधरीको नाममा रहेको रेकर्ड भंग गर्दै आफ्नो नाम लेखाएकी हुन् ।

२६ वर्षीया राईले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ७० गरी कुल १२७ केजी भार बहन गरेकी हुन् । यसअघि छनौट चरणमा चौधरीको नाममा स्न्याचमा ४७ र क्लीन एण्ड जर्कमा ६५ सहित ११२ केजीको रेकर्ड रहेको भारोत्तोलनका लागि नेपालका प्रशिक्षक दिनेश भुजेलले जानकारी दिए । सो इभेन्टमा भारतकी झिली डालाबेराले स्न्याचमा ६६ र क्लीन एण्ड जर्कमा ८५ गरी १५१ भार बहन गर्दै स्वर्ण जितिन् भने श्रीलंकाकी सीमारी सामाराकुलले १ सय ३९ भार गर्दै रजत जितिन् । श्रीलंकन खेलाडीले स्न्याचमा ५८ र क्लीन एण्ड जर्कमा ८१ केजी भार बहन गरेकी हुन् । त्यसैगरी, ४९ केजी महिलातर्फ भारतले स्वर्ण जित्यो । प्रतियोगितामा श्रीलंकाले रजत र बंगलादेशले कास्य जितेको छ । भारतकी स्नेहा सोरेनले स्न्याचमा ६८ र क्लीन एण्ड जर्कमा ८९ गरी कूल १५७ केजी भार बहन गर्दै श्रीलंकन खेलाडी हसानीलाई पछि पारिन् । हसानीले स्न्याचमा ७१ र क्लीन एण्ड जर्कमा ८४ गरी कुल १५५ केजी भार बहन गर्दै रजतमा सीमित भइन् । बंगलादेशकी मोला सविराले १३० केजी भार बहन गर्दै कास्यमा चित्त बुझाइन् । उनले स्न्याचमा ५५ र क्लीन एण्ड जर्कमा ७५ केजी भार बहन गरेकी हुन् । विजयीलाई बिहिबार नै पदक हस्तान्तरण गरिएको छ ।

चार दिनसम्म चल्ने प्रतियोगितामा माल्दिम्भबाहेक सबै देशको सहभागिता छ । भुटानको यो पहिलो सहभागिता हो । महिला र पुरुषतर्फ १०–१० तौल समुहमा प्रतिस्पर्धा हुनेछ । बिहिबार नै पुरुषतर्फ ५५, ६१ केजी तथा महिलातर्फ ५५, ५९ केजी तौल समुहमा प्रतिस्पर्धा हुनेछ ।


प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६  ०८:१२
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Munasri Construction Munasri Construction
थप राखेप/एनओसी
एसियाडमा उत्कृष्ट दिने प्रयास गर्नु होला– मन्त्री पोखरेल
एसियाडमा उत्कृष्ट दिने प्रयास गर्नु होला– मन्त्री पोखरेल शनिबार, साउन २३, २०८३
मिसन-२०२६ का खेलाडीलाई खेल पोशाक वितरण
मिसन-२०२६ का खेलाडीलाई खेल पोशाक वितरण शनिबार, असार २७, २०८३
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
पदक विजेता बिच कबड्डी टोलीको स्वागत बुधबार, वैशाख १६, २०८३
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु बिहीबार, वैशाख ३, २०८३
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा बुधबार, वैशाख २, २०८३
क्लाइम्बिङ टोली चीन जाने
क्लाइम्बिङ टोली चीन जाने शुक्रबार, चैत २०, २०८२
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल मंगलबार, चैत १७, २०८२
Navodit College Navodit College
ताजा समाचार
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक खेलकुद मञ्‍च
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात खेलकुद मञ्‍च
सनसाइन र पाठशालालाई मिनी बास्केटबलको उपाधि
सनसाइन र पाठशालालाई मिनी बास्केटबलको उपाधि खेलकुद मञ्‍च
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित खेलकुद मञ्‍च
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित
सनसाइन र पाठशालालाई मिनी बास्केटबलको उपाधि
सनसाइन र पाठशालालाई मिनी बास्केटबलको उपाधि
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
नेपालले पिकलबलको विश्वकप खेल्ने
नेपालले पिकलबलको विश्वकप खेल्ने
डट्स ई-स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि
डट्स ई-स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि
माफ बास्केटबलमा ४४ टोली
माफ बास्केटबलमा ४४ टोली
चन्द्रागिरी टिम च्याम्पियन
चन्द्रागिरी टिम च्याम्पियन
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात बुधबार, असोज ७, २०८३
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक बुधबार, असोज ७, २०८३
Photo Gallery
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट शनिबार, भदौ २७, २०८३
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्