काठमाडाैं, २ असार – नेपाल ओलम्पिक कमिटीको तत्वाधान तथा स्पोर्टस फर अल कमिसनको सकृयतामा जेभियर अलमुनाई गोदावरीको आयोजनामा जुन १६ तारिक २०१८ बिहान ७ बजे सातदोवाटो ओलम्पिक कमिटीको भवनबाट साईकल र्याली प्रारम्भ भई सेन जेभियर्स स्कुल गोदावरी पुगेर सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवन राम श्रेष्ठले गरे। सोही दिन ८ बजे रोयल ईन्फील्ड मोटर साईकल र्याली पनि सम्पन्न भएको छ।
उक्त रोयल ईन्फील्ड मोटर साइकल र्यालीको उद्घाटन नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठले गरेका हुन्। साईकल र्यालीमा १५ वटा विद्यालय र अन्य राष्ट्रिय संघहरु गरी करिव पानसय पचास को साईक्लीष्टहरुको सहभागीता रहेको थियो। रोयल ईन्फील्ड मोटर साईलक र्यालीमा ५० वटा मोटरसाइकलको सहभागीता रहेको थियो।
उक्त कार्यक्रमको उद्घाटन समारोहको झण्डोतोलन नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठ र स्पोर्टस फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले गरेका थिए।
ओलम्पिक डे २०१८ नेपाल ओलम्पिक कमिटीको तत्वाधानमा स्पोर्टस फर अल कमिसनको सकृयतामा नेपाल ओलम्पिक कमिटीले सदा झैँ सात दिन सम्म नेपालका केही प्रदेशहरुमा हुने पनि निर्धारित भएको छ। जस मध्ये सात प्रदेश मा कार्यक्रम निर्धारित भै सकेको छ।
सात प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय संघहरु, विद्यालय, नेपाल चलचित्र कलाकार संंघ र अन्य संघसंस्था गरी जम्मा ७४ वटा ईभेण्ट ८ दिने कार्यक्रम हुने तय भएको स्पोर्टस फर अल कमिसनले जनाएको छ।
कार्यक्रम आधुनिक ओलम्पिक कमिटीको जन्म दिनको शुभउपलक्ष्यमा जुन २३, २०१८ का दिन विश्वका २०७ राष्ट्रहरुले एकै दिन मनाउने गर्दछ।