काठमाडौं, साउन २९ । नेपाल स्ट्रंगेस्ट तेस्रो सुनीललाल जोशी स्मृति राष्ट्रिय भारोत्तोलनमा विभागीय टोली नेपाल पुलिस क्लबकी संगीता राईले तीन राष्ट्रिय कीर्तिमान बनाएकी छन् । काठमाडौं जिल्ला भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगितामा संगीताले मंगलबार ४९ केजी तौल समुहर्फ तीन राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
संगीताले स्न्याचमा ५९ केजी, क्लिन एन्ड जर्कमा ७६ केजी र कूलमा एक सय ३५ केजी भार उचाल्दै तीनैमा कीर्तिमान बनाइन् । संगीताले यसअघि आफ्नै नाममा रहेको ५८ केजी, ७५ र एक सय ३३ केजीको कीर्तिमान सुधार गरेकी हुन् । सो कीर्तिमान उनले आठौं राष्ट्रिय खेलकुदमा बनाएकी थिइन् ।
महिलाकै ४९ केजी तौल समुहमा जुनियरतर्फ बर्दियाकी पवित्रा थापामगरले स्वर्ण पदक जित्दा स्न्याचमा ४० केजी, क्लिन एन्ड जर्कमा ५० गरी कूलमा ९० केजी भार वहन गरिन् । एपिएफकी पल्लभीकुमारी चौधरीले ४०, ४८ केजी गरी कुल ८८ केजी भार वहन गर्दै रजत पदक हात पार्दा ग्लोबल बिएसएस लिमिटेड सप्तरीकी पूजा मण्डलले ३७ केजी र ४२ केजीसाथ कूल ७९ केजी भार वहन गर्दै कांस्य पदक हात परिन् । महिला सिनियरतर्फ ४५ केजीमा त्रिभुवन आर्मीकी रीता गुरुङले क्लिन एन्ड जर्क र कूलमा गरी दुई राष्ट्रिय कीर्तिमान बनाइन् । रीताले क्लिनमा ६२ केजी भार वहन गर्दा स्न्याचमा ४२ केजी र कूलमा एक सय चार केजीका साथ कीर्तिमान कायम गरिन् ।
दोस्रो स्थानमा रहेकी झापाकी करिना चौधरीले भने स्न्याचमा ४७ केजीका साथ कीर्तिमान बनाइन् । करिनाले क्लिनमा ५६ केजीसहित कूल एक सय तीन केजी भार वहन गरिन् । बर्दियाकी हीरामोती थारू तेस्रो स्थानमा रहँदा स्न्याचमा ३० केजी, क्लिन एन्ड जर्कमा ४५ गरी कूल ७५ केजी भार वहन गरिन् । यस तौल समुहमा रीता गुरुङकै नाममा स्न्याचमा ४५ केजी, क्लिनमा ५० केजी र कूलमा ९५ केजीको कीर्तिमान थियो । रीताले यो कीर्तिमान आठौं राष्ट्रिय खेलकुदमा राखेकी थिइन् । ४५ केजी जुनियर महिलामा ग्लोबल बिएसएए लिमिटेड सप्तरीकी काजल सदाले स्वर्ण जितिन् । काजलले स्न्याचमा २७ र क्लिनमा ३७ गरी कूल ६४ केजी भार वहन गरिन् । दोस्रो स्थानमा रहेकी दाङकी सञ्जना चौधरीले ३० र ३२ केजीका साथ ६२ केजी भार उचालिन् ।
मंगलबारै सम्पन्न ५५ केजीको सिनियरमा पुलिसकी देवीकुमारी चौधरीले स्वर्ण जित्दा स्न्याचमा ६० केजी एन्ड जर्कमा ८२ गरी कूल एक सय ४२ केजी भार वहन गर्दा स्वर्ण पदक हात लागेको हो । आर्मीकी गौरी चौधरीले स्न्याचमा ५० र क्लिनमा ५८ गरी एकसय आठ केजी वहन गर्दा दोस्रो भइन् भने एपिएफकी लीला राईले स्न्याचमा ३०, क्लिनमा ४० गरी कुल ७० केजी भार वहन गर्दै तेस्रो बनिन् । सिनियर ५९ केजीमा स्न्याचतर्पm सन्जु चौधरीले ७१ केजी भारका साथ कीर्तिमान बनाइन् ।
यसअघि यस विधामा त्रिभुवन आर्मीकी कमला श्रेष्ठको नाममा ७० केजीको कीर्तिमान रहेको थियो । कमलाले आठौं राष्ट्रिय उक्त कीर्तिमान बनाएकी थिइन् । ६४ केजी तौलमा आर्मीकी शारदा चौधरीले स्न्याचमा आफ्नै नाममा रहेको ६० केजी तौलमा सुधार गर्दै ६१ केजीको कीर्तिमान बनाइन् । राष्ट्रिय कीर्तिमान राख्ने क्रममा ७१ केजी तौलमा पुलिसकी राजलक्ष्मी थापाले स्न्याचमा ६६ केजी भार वहन गरिन् । उनले आफ्नै नाममा रहेको ६३ केजीको कीर्तिमान सुधार गरेकी हुन् । संगीता राईले स्न्याचमा ५९ केजी, क्लिन एन्ड जर्कमा ७६ केजी र कूल एक सय ३५ केजी भार उचाल्दै तीनैमा राष्ट्रिय कीर्तिमान बनाइन् । संगीताले यसअघि आठौं राष्ट्रिय खेलकुदमा आफ्नै नाममा रहेको ५८ केजी, ७५ र एक सय ३३ केजीको कीर्तिमान सुधार गरेकी हुन् ।