एजेन्सी, ३० जेठ – विश्वकप फुटबल २०१८ मा सहभागी हुने राष्ट्रमध्ये युरोपियन राष्ट्र जर्मनीको विश्वकप टोली र विशेष टिम गाइड।
गोलकिपर: मानुएल नोएर, टेर स्टेगन, केभिन ट्राप
डिफेन्डर: जेरोम बोएटाङ, माथियस जिन्टर, जोनास हेक्टर, माट्स हुमेल्स, जोसुआ किमिक, मार्भिन प्लाटेनहार्ड्ट, एन्टोनियओ रुडिगर, निकलस सुले
मिडफिल्डर: जुलियन ब्रान्ड्ट, जुलियन ड्राक्सलर, इकाए गुन्डोगान, सामी कदिरा, टोनी क्रुस, मेसुट ओजिल, लियोन गोरेट्जका, सेबास्टियन रुडी
फरवार्ड: मार्को रिउस, मारियो गोमेज, टिमो वेर्नर, थोमस मुलर
कहिले कहिले छ म्याच?
मेक्सिकोविरुद्ध जुन १७ राति ८ः४५ बजे।
स्वीडेनविरुद्ध जुन २३ राति ११ः४५ बजे।
दक्षिण कोरियाविरुद्ध जुन २७ राति ७ः४५ बजे।
पब्लिक भोटिङको अाधारमा जित्ने चान्स कति छ?
९ मा २ प्रतिशत।
प्रशिक्षक को छन्?
जोचिम लो,
सन् २००६ देखि जर्मनीको राष्ट्रिय टोली सम्हालेका ५८ वर्षिय लोसँग १९९४ देखि यताको प्रशिक्षकको अनुभव रहेको छ। अात्मविस्वासी तथा अनुभवी प्रशिक्षकले ८ वटा टोलीको नेतृत्व गरिसकेका छन्। जोचिम लोले जर्मन राष्ट्रिय टोलीको नेतृत्व गर्दै महत्वपूर्ण ६ ट्रफि दिलाइसकेका छन्। जोचिम लोले विश्वकप अवधिभर याैन सम्पर्क गर्नबाट प्रतिबन्ध लगाएका छन्।
स्टार खेलाडी को हो?
टोनी क्रुस।
राम्रो पक्ष के हो?
जर्मनी लामो पासको लागि विश्वमा चिनिएको टोली हो। यसका साथै श्रीङ्खलाबद्ध विजेताको रुपमा पनि पछिल्लो समय जर्मनीले अाफ्नो पहिचान स्थापित गरेको छ। यसका साथै जर्मनी विश्वकपको साबिक विजेता हो र कन्फेडेरेसन कपको विजेता पनि हो।
खराब पक्ष के हो?
खेल पेनाल्टी सुट अाउटमा पुगेको खण्डमा यदि मानुएल नोएर अाफ्नो पुरानो लयमा फर्किन सकेनन् भने समस्या हुन सक्छ।
मैदान भित्रको सम्भावना के छ?
युवा तथा सशक्त प्रतिभाशाली खेलाडीहरुले भरिपूर्ण टिम भएकाले ट्रफी रक्षा गर्दै दोश्रो पटक विश्वकप जित्न सक्छ।