Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • एपीएफ क्लबलाई प्रधानमन्त्री कप क्रिकेट उपाधि
एपीएफ क्लबलाई प्रधानमन्त्री कप क्रिकेट उपाधि
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च मंगलबार, जेठ २९, २०७५
प्रधानमन्त्री कप क्रिकेट उपाधि विजेता एपीएफ टोली ट्रफीसाथ।
Anjali Overseas Service Anjali Overseas Service
Chelsea World School Chelsea World School
Miracle Party Venue

काठमाडाैं, – त्रिभूवन आर्मी क्लबलाई हराउँदै एपीएफ क्लबले एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एक दिवशीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको फाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी आर्मीलाई ६ विकेटले हरायो। आर्मीले दिएको २१० रनको लक्ष्य पछ्याउने क्रममा अनिल शाह र प्रदिप ऐरीले समान ६३–६३ रनको योगदान दिए।

व्यक्तिगत १२ रन बनाउँदा सुवास खकुरेलले चोटका कारण मैदान छाड्दै रिटायर्ड भएपछि क्रिजमा आएका प्रदिप ऐरीसँग मिलेर अनिल शाहले पहिलो विकेटका लागि १३८ रनको साझेदारी गरेका थिए।

३०.१ ओभरमा सोमपाल कामीको बलमा आउट हुनुअघि ऐरीले ९९ बलमा २ चौका र २ छक्का प्रहार गरे। त्यसको १ ओभरपछि बिक्रम सोवको बलमा आउट भएका अनिल साहले ७२ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए। अनिल साह फाइनलका ‘म्यान अफ द म्याच’ बने।

त्यसपछि क्रिजमा आएका पृथु बाँस्कोटाले २४ बलमा ३२ रनको आक्रामक पारी खेले। एपीएफका लागि रोहितकुमार पौडेलले पनि १५ रनको योगदान दिए। खेलको अन्तिम समयमा सुवासले क्रिजमा फर्किएर २ रन थपे। करण केसीले अन्तिममा १५ रनको योगदान दिएपछि एपीएफले ४१.२ ओभरमा लक्ष्य भेट्टायो।

बलिङतर्फ सोमपाल कामीले तीन विकेट लिँदा विक्रम सोवले १ विकेट हात पारे। एपीएफका चारैजना खेलाडी क्याचआउट भएका थिए र चारवटै क्याच विनोद भण्डारीले लिएका थिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले इनिङको अन्तिम बलमा सबै विकेट गुमाउँदै २०९ रनको मध्यम योगफल बनाएको थियो।

आर्मीले ५६ रन बनाउँदा चार विकेट गुमाइसकेको थियो। यस क्रममा सागर पुन ५ रन, अनिल मण्डल १९, नरेश बुढाऐर २० रन र राजु रिजाल ६ रनमा पवेलियन फर्किए।

भीम शार्कीले ४५ रनको योगदान दिएर पारी उकास्ने प्रयास गरे पनि उनी बसन्त रेग्मीको बलमा बोल्ड भए। आर्मीका लागि सबैभन्दा धेरै रन बनाउन खेलाडी भीमनै बने। सोमपाल कामीले ३६ र कप्तान विनोद भण्डारीले ३५ रन बनाए।

बलिङतर्फ एपीएफका करण केसीले ३ विकेट लिए भने भुवन कार्की र बसन्त रेग्मीले २–२ विकेट हात पारे।

उपाधिसँगै एपीएफले २० लाख रुपैयाँ पुरस्कार पायो भने उपविजेता बनेको आर्मीले १० लाख रुपैयाँमा चित्त बुझायो। प्रतियोगिताभर अलराउण्ड प्रदर्शन गरेका आर्मीका सागर पुन म्यान अफ द सिरिज चुनिए। उनले १ लाख रुपैयाँ पुरस्कार पाए। उनले ब्याटिङमा २११ र बलिङमा ११ विकेट लिएका थिए।

त्यस्तै उत्कृष्ट बलर पनि आर्मीकै शुसान भारी बने। प्रतियोगिताको ६ इनिङमा सर्बाधिक १२ विकेट लिएका भारीले ३० हजार रुपैयाँ पुरस्कार पाए।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना र नेपालयको व्यवस्थापनमा भएको प्रतियोगितामा एपीएफका प्रदीप ऐरी उत्कृष्ट ब्याट्सम्यान चुनिए।

समूहचरणमा प्रदेश २ विरुद्ध प्रतियोगिताकै सर्वाधिक १५८ रनको शतकीय पारी खेलेका उनले फाइनलमा पनि ६३ रन बनाएका थिए। ६ इनिङमा कुल ३१५ रन बनाएका ऐरीले पनि ३० हजार रुपैयाँ पुरस्कार पाए। प्रदेश ४ का हरि चौहान उदीयमान खेलाडी चुनिदै ५० हजार नगद पुरस्कार हात पारे।

विजेतालाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), खेलकुद मन्त्रालयका सचिव मोहनप्रकाश सापकोटा, राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पा, सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष शैलेश कर्माचार्य, सदस्यत्रय गंगाबहादुर थापा, शकुन्तला नगरकोटी, उपेन्द्र पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।


प्रकाशित मिति: मंगलबार, जेठ २९, २०७५  १२:०६
#Khelkudmanch #PrimeministerCup
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
मलेसियामा हुने एशियन कपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै
मलेसियामा हुने एशियन कपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै बुधबार, वैशाख २४, २०८२
यु-१४ विद्यालय खेलकुद जेठमा हुने
यु-१४ विद्यालय खेलकुद जेठमा हुने बुधबार, वैशाख २४, २०८२
मुख्य स्पर्धामा नेपालका मिलन विजयी
मुख्य स्पर्धामा नेपालका मिलन विजयी मंगलबार, वैशाख २३, २०८२
राष्ट्रिय महिला हक्कीको उपाधि आर्मीलाई 
राष्ट्रिय महिला हक्कीको उपाधि आर्मीलाई  मंगलबार, वैशाख २३, २०८२
नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइयो
नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइयो आइतबार, वैशाख १४, २०८२
दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक
दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक मंगलबार, चैत ४, २०८१
‘‘मिसन–२०२६ खेलकुद अभियान हो’’– राखेप सदस्य सचिव घिसिङ
‘‘मिसन–२०२६ खेलकुद अभियान हो’’– राखेप सदस्य सचिव घिसिङ सोमबार, चैत ३, २०८१
ताजा समाचार
दक्षिण एसियाली युथ टेबलटेनिसका पदक विजेता खेलाडी सम्मनित
दक्षिण एसियाली युथ टेबलटेनिसका पदक विजेता खेलाडी सम्मनित खेलकुद मञ्‍च
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित खेलकुद मञ्‍च
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम खेलकुद मञ्‍च
मलेसियामा हुने एशियन कपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै
मलेसियामा हुने एशियन कपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै खेलकुद मञ्‍च
यु-१४ विद्यालय खेलकुद जेठमा हुने
यु-१४ विद्यालय खेलकुद जेठमा हुने खेलकुद मञ्‍च
Health Track Nepal Health Track Nepal
Notice
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
गण्डकी कप महिला फुटबल असारमा हुने
गण्डकी कप महिला फुटबल असारमा हुने
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित
प्रथम लायन्स कप भलिबलको उपाधि इरानी टोलीलाई 
प्रथम लायन्स कप भलिबलको उपाधि इरानी टोलीलाई 
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक
अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक
गण्डकी कप महिला फुटबल असारमा हुने
गण्डकी कप महिला फुटबल असारमा हुने
एमएम कप: एपीएफद्वारा बागमती पराजित
एमएम कप: एपीएफद्वारा बागमती पराजित
नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइयो
नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइयो
तेक्वान्दोमा सोहन र हृदयणीलाई स्वर्ण
तेक्वान्दोमा सोहन र हृदयणीलाई स्वर्ण
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित आइतबार, वैशाख २८, २०८२
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम आइतबार, वैशाख २८, २०८२
दक्षिण एसियाली युथ टेबलटेनिसका पदक विजेता खेलाडी सम्मनित
दक्षिण एसियाली युथ टेबलटेनिसका पदक विजेता खेलाडी सम्मनित आइतबार, वैशाख २८, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्