Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Hotel Nova Nook Hotel Nova Nook
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
खेल कुराकानी
  • Home
  • खेल कुराकानी
  • क्यान निलम्बनको तीन वर्ष : कहिले हुन्छ फुकुवा ?
क्यान निलम्बनको तीन वर्ष : कहिले हुन्छ फुकुवा ?
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2076-02-01
Chelsea World School Chelsea World School

नेपाली क्रिकेटको नेतृत्वदायी निकाय नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेको तीन वर्ष पूरा भएको छ। खेल पदाधिकारीहरूको अभिव्यक्तिलाई आधार मान्ने हो भने क्यानमाथिको निलम्बन निकै अघि फुकुवा भइसक्नुपर्ने थियो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले क्यानलाई आफ्नो सदस्यताबाट निलम्बन गरेलगत्तै हाम्रा खेल पदाधिकारीले निलम्बन छिट्टै फुकुवा हुने अभिव्यक्ति दिँदै आएका थिए। 

तर, निलम्बनको तीन वर्ष बितिसक्दा पनि न आईसीसीले क्यानको निलम्बन फुकुवा गरेको छ, न त हाम्रा खेल पदाधिकारीको अभिव्यक्तिमा कुनै अन्तर आएको छ।

पछिल्लो समय पनि नेपाली खेल अधिकारीले क्यानमाथिको निलम्बन ‘छिट्टै’ फुकुवा हुने आफ्नो पुरानै दाबी दोहोर्‍याउँदै आएका छन्। क्यानमाथिको निलम्बनले नेपाली क्रिकेटको विकासक्रम भने पक्कै अवरुद्ध पारेको छ। 

अन्तर्राष्ट्रिय खेलवृत्तमा नेपालका लागि नतिजामूलक खेल हो, क्रिकेट। नेपाली क्रिकेटले छोटो समयमै अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको सफलता र प्राप्त उपलब्धि लोभलाग्दो छ। तर, क्यान निलम्बनका कारण पछिल्लो समय नेपाली क्रिकेटको गति सुस्ताएको छ।

खेलाडीको कडा परिश्रम, नियमित रूपमा आयोजना भइरहेका सानाठूला प्रतियोगिता र क्रिकेटप्रेमीको ठूलो जमातको निरन्तरको सक्रियताका कारण नेपाली क्रिकेटको साख त जोगिएको छ, तर नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय खेलमञ्चमा जुन गतिमा फड्को मार्नुपर्ने थियो, त्यसमा भने अभाव खट्किएको छ। 

क्यानको निष्पक्ष निर्वाचन हुन नसकेको, घरेलु क्रिकेटमा आन्तरिक विवाद बढ्दै गएको र सकारले क्यानमाथि अनावश्यक हस्तक्षेप गरेको कारण देखाउँदै आईसीसीले २०७३ साल वैशाखमा क्यानलाई आफ्नो सदस्यताबाट निलम्बन गरेको थियो।

क्यानलाई निलम्बन गरे पनि आईसीसीले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न भने रोक लगाएको छैन। नेपाली क्रिकेटका लागि आईसीसीको यो निर्णयले भने केही राहत दिएको छ। 

२०७२ साल पुस २ गते क्यानको पुरानो कार्यसमितिको कार्यकाल सकिँदै थियो। त्यसअघि नै मंसिर २९ गते रातारात सम्पन्न क्यानको साधारणसभाले चतुरबहादुर चन्दको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्‍यो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भने त्यो निर्वाचनलाई मान्यता दिन मानेन। आफ्नो निर्देशनविपरीत निर्वाचन गरेको राखेपको तर्क थियो। अर्कोतिर, क्यानका तत्कालीन अध्यक्ष टंक आङ्बुहाङ्ले पनि निर्वाचन रोक्न राखेपलाई गुहारेका थिए। 

त्यसपछि राखेपले क्यानकी तत्कालीन प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेलाई नियमित कार्य सञ्चालनको जिम्मा दियो भने केही समयपछि रमेश सिलवालको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गर्‍यो।

राखेपले तदर्थ समिति गठन गरेपछि क्यानको विवादले झनै चरम रूप लियो। आफ्नो समितिलाई बेवास्ता गर्दै राखेपले तदर्थ समिति गठन गरेपछि चन्दको नेतृत्वमा रहेको क्यानको निर्वाचित समिति कानुनी उपचारको खोजीमा पुस २८ गते रिट निवेदन लिएर सर्वोच्च अदालतको शरणमा पुग्यो। 

त्यो मुद्दा अहिले पनि सर्वाेच्च अदालतमा विचाराधीन अवस्थामा छ। क्यानको निलम्बन फुकुवा नहुनुमा त्यो मुद्दा पनि अहिले एउटा कारण बनेको छ। आईसीसीले मुद्दा फिर्तालाई शर्तका रूपमा अघि सारेको छ।

यिनै घटनाक्रमका कारण घरेलु क्रिकेट विवादित बन्न पुगेपछि आईसीसीले क्यानलाई आफ्नो सदस्यताबाट निलम्बन गर्ने अप्रिय निर्णय लिएको थियो। जसका कारण यतिबेला देशको समग्र क्रिकेट प्रभावित बन्न पुगेको छ। 

क्यान निलम्बनले एकातिर खेलाडीमा मनोवैज्ञानिक असर पारेको छ भने अर्कोतिर आईसीसीबाट नेपालले पाउनुपर्ने आर्थिक सहयोगसमेत लामो समयदेखि रोकिएको छ। निलम्बनकै कारण खेलाडीको पारिश्रमिक पनि लामो समय आईसीसीले रोकेको थियो। तर, राखेप र खेलाडीको पहलमा केही समयअघि दुई वर्षको पारिश्रमिक आईसीसीले निकासा गर्‍यो। यद्यपि, केही खेलाडी र प्रशिक्षकले भने अझै तलब पाउन सकेका छैनन्।

क्यान निलम्बनमा परेको करिब एक वर्षपछि २०७४ साल चैतमा नेपालले आईसीसीबाट चार वर्षका लागि एकदिवसीय टोलीको मान्यता पायो। सन् २०१४ मै टी–ट्वेन्टी विश्वकप खेलिसकेको नेपालका लागि आईसीसीबाट एकदिवसीय टोलीको मान्यता प्राप्त गर्नु महŒवपूर्ण उपलब्धि हो। नेपाली क्रिकेटले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएको २२ वर्षपछि यो सफलता हासिल गरेको हो। 

एकदिवसीय मान्यता पाएको करिब एक वर्षपछि नेपालले पहिलो एकदिवसीय शृंखला जित्यो। नेपालले गत माघमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई उसैको मैदानमा तीन खेलको शृंखलामा २—१ ले हरायो। तर, यतिबेला नेपाली क्रिकेट कठिन मोडमा उभिएको छ। नेपाली क्रिकेटसँग विश्व खेलमञ्चमा हासिल गर्न खातका खात उपलब्धि बाँकी छन्। तर, क्यानको निलम्बनले ती उपलब्धि हासिल गर्ने यात्रा भने झनै कठिन बनेको छ। 

कठोर परिश्रमपछि प्राप्त एकदिवसीय मान्यतालाई दीर्घकालीन रूपमा जोगाइराख्नु, टी–ट्वेन्टी र एकदिवसीय विश्वकप खेलेर आफूलाई अझ परिमार्जित गर्दै लैजानु, अनि अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आईसीसीबाट टेस्ट टोलीको मान्यता प्राप्त गर्नु यतिबेला नेपाली क्रिकेटको सबैभन्दा ठूलो चुनौती हो। क्यान निलम्बनमा रहेको वर्तमान परिस्थितिमा यो लक्ष्य झनै चुनौतीपूर्ण छ। 

त्यसैले नेपाली क्रिकेटको थप विकासका लागि छिटोभन्दा छिटो क्यानमाथिको प्रतिबन्ध फुकुवा गराउन सम्बन्धित खेल निकायहरूले सक्रिय भएर लाग्नु अत्यावश्यक देखिन्छ। क्यानमाथि लगाइएको निलम्बन फुकुवा गराउन सके त्यो नेपाली खेलकुदको नेतृत्वदायी निकाय राखेपको वर्तमान नेतृत्वका लागि पनि उपलब्धिमूलक हुनेछ।

आफ्नो चार वर्षीय कार्यकालको अन्तिम क्षणमा रहेको वर्तमान राखेप नेतृत्वले आईसीसीसँग आवश्यक छलफल गरी क्यानमाथिको निलम्बन फुकुवा गराउन सके त्यो राखेपका वर्तमान पदाधिकारीका लागि अर्को सफलता हुनेछ।

क्यानको अनुपस्थितिमा खेलाडीहरूलाई व्यवस्थित गर्ने र उनीहरूको समस्या समाधान गर्ने निकायको अभाव खड्किएको छ। जसका कारण खेलाडी आ–आफ्नै तरिकाले अगाडि बढ्न बाध्य छन्। नियमित र व्यवस्थित प्रशिक्षणमा समस्या देखिएको छ।

आईसीसीबाट एकदिवसीय मान्यता पाएको वर्तमान स्थितिमा सो अनुरूपका घरेलु प्रतियोगिताको अभाव देखिएको छ। खेलाडीका लागि व्यवस्थित खेल तालिका तयार पार्ने काम अवरुद्ध भएको छ। नेपाली क्रिकेटको विकास र विस्तारका लागि अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्ने निकायको अभाव सिर्जना भएको छ। 

अन्तर्राष्ट्रिय प्रतियोगितामा भर्खर बामे सर्दै गरेको नेपाली क्रिकेट यी तमाम समस्यामा अल्झिरहे पनि खेल पदाधिकारी भने अझै पनि समस्या समाधान गर्न उदासीन देखिएका छन्। यो तीन वर्षको अवधिमा क्यानको निलम्बन फुकुवा गर्ने केही प्रयास भए पनि त्यसले हालसम्म स्पष्ट नतिजा दिन सकेको छैन।

आईसीसीद्वारा सम्बद्ध सबै पक्षको सहमतिमा गठित सल्लाहकार समितिको सक्रियतामा क्यानको नयाँ विधान तयार पार्ने, निर्वाचित क्यानको सधारणसभाबाट विधान पारित गर्ने, क्यानको विवाद समाधान गर्न आईसीसीकै सक्रियतामा स्वतन्त्र समिति गठन गर्नेजस्ता काम भए पनि समस्या भने जस्ताको तस्तै छ। 

बाहिरबाट हेर्दा निलम्बन फुकुवाका लागि विभिन्न काम भएको देखिए पनि यथार्थमा भने अहिले पनि आ–आफ्नै स्वार्थका कारण खेल पदाधिकारी एक ठाउँमा आउन सकिरहेका छैनन्। तीन वर्षअघिझैँ अहिले पनि खेल अधिकारी एकअर्कामाथि दोष थोपर्नमै व्यस्त छन्।

क्यानलाई निलम्बनबाट मुक्त गराउन धेरै पटक बैठक र छलफल भए पनि खेल पदाधिकारीकै स्वार्थका कारण बारम्बार विवाद लम्बिँदै आएको छ। हरेक पदाधिकारी निलम्बन फुकुवा भएपछि बन्ने समितिमा आ–आफ्नो ‘स्पेस’ खोज्न र अर्को पक्षलाई ओझेलमा पार्न सक्रिय भएकै कारण विवादले निकास पाउन सकिरहेको छैन।

एउटा पक्ष अदालतबाट मुद्दा फिर्ता नलिएका कारण निलम्बन फुकुवामा ढिलाइ भएको आरोप लगाउँछ भने अर्को पक्ष निलम्बन फुकुवाको बहानामा आफूलाई सिध्याउने खेल भइरहेको भन्दै सशंकित देखिन्छ।

आईसीसीको सक्रियतामा गठित स्वतन्त्र समितिका सदस्य पनि स्वार्थको दायराबाट माथि उठन नसकेको आरोप लगाउनेको जमात पनि कम छैन। युवा तथा खेलकुद मन्त्रालय र राखेपका पदाधिकारीसमेत विवाद समाधानका लागि खासै गम्भीर देखिएका छैनन्। 

पछिल्लो समय युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार र राखेप सदस्यसचिव केशवकुमार विष्टले छिट्टै नै क्यानको निलम्बन फुकुवा हुने दाबी गरिरहेका छन्।

तर, जिल्ला निर्वाचन, सदस्यता मापदण्डको विवाद, पुरानो पेश्की फछ्र्योटको विषयलाई लिएर केही पदाधिकारीलाई आगामी निर्वाचनमा उठन र प्रतिनिधि बस्नबाट लगाइएको रोक, अदालतमा विचाराधीन रहेको मुद्दा फिर्ताजस्ता विषयलाई लिएर क्यान विवाद झनै पेचिलो बन्दै गएको देखिन्छ। 


प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  १४:०५
#Nepal Cricket
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप खेल कुराकानी
साग निर्धारित समयमै हुन्छ : अध्यक्ष श्रेष्ठ
साग निर्धारित समयमै हुन्छ : अध्यक्ष श्रेष्ठ आइतबार, कात्तिक २४, २०७६
कासिलासको सम्मानमा ‘गोलकिपर डे
कासिलासको सम्मानमा ‘गोलकिपर डे 2076-02-09
सावित्राको गोलले सेथुलाई भारतीय लिगको उपाधि
सावित्राको गोलले सेथुलाई भारतीय लिगको उपाधि 2079-02-09
सन्दीपको पारिश्रमिक वृद्धि
सन्दीपको पारिश्रमिक वृद्धि 2076-02-9
खेलाडी सम्मानित
खेलाडी सम्मानित 2076-02-07
राष्ट्रिय टोलीको घोषणा, विमल र भरत परेनन्
राष्ट्रिय टोलीको घोषणा, विमल र भरत परेनन् 2076-02-06
पाकिस्तानी टोलीमा फेरबदल
पाकिस्तानी टोलीमा फेरबदल 2076-02-06
Navodit College Navodit College
ताजा समाचार
विश्वप्रसिद्ध स्पोर्टस्वेयर ब्राण्ड केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड
विश्वप्रसिद्ध स्पोर्टस्वेयर ब्राण्ड केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड खेलकुद मञ्‍च
जिम्न्याष्टिकमा प्रधानको निरन्तरता
जिम्न्याष्टिकमा प्रधानको निरन्तरता खेलकुद मञ्‍च
उमा कुङफु खेलाडी सरिना यूकेमा सम्मानित
उमा कुङफु खेलाडी सरिना यूकेमा सम्मानित खेलकुद मञ्‍च
काजल उत्कृष्ट निर्णायक
काजल उत्कृष्ट निर्णायक खेलकुद मञ्‍च
त्रियोग स्कुल चेसमा चार सय विद्यार्थी सहभागी
त्रियोग स्कुल चेसमा चार सय विद्यार्थी सहभागी खेलकुद मञ्‍च
Notice
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
हिमाल र प्रभा विश्व पारा एथलेटिक्सका लागि छनोट
हिमाल र प्रभा विश्व पारा एथलेटिक्सका लागि छनोट
सुदूरपश्चिम रोयल्स र धनगढीस्थित एसपीए कलेजको साझेदारीलाई निरन्तरता
सुदूरपश्चिम रोयल्स र धनगढीस्थित एसपीए कलेजको साझेदारीलाई निरन्तरता
वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाजको आगमन
वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाजको आगमन
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि
तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
चितवन राइनोजले गर्यो रिटेन र रिलीज खेलाडीको सूची सार्वजनिक
चितवन राइनोजले गर्यो रिटेन र रिलीज खेलाडीको सूची सार्वजनिक
मनास्लु र वारियर्सलाई एसडब्लुएससी कप
मनास्लु र वारियर्सलाई एसडब्लुएससी कप
स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे
स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे
कराते टोली श्रीलंका प्रस्थान
कराते टोली श्रीलंका प्रस्थान
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान बुधबार, साउन ८, २०८२
त्रियोग स्कुल चेसमा चार सय विद्यार्थी सहभागी
त्रियोग स्कुल चेसमा चार सय विद्यार्थी सहभागी बुधबार, साउन ८, २०८२
राष्ट्रलाई खुशी बनाउने योजना मिसन-२०२६  हो: सदस्य-सचिव घिसिङ
राष्ट्रलाई खुशी बनाउने योजना मिसन-२०२६ हो: सदस्य-सचिव घिसिङ बुधबार, साउन ८, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्