Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
IPL
  • Home
  • IPL
  • सन्दीपको दिल्लीे यात्रा
सन्दीपको दिल्लीे यात्रा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2076-01-30
Anjali Overseas Service Anjali Overseas Service
Chelsea World School Chelsea World School
Miracle Party Venue

३० वैशाख, काठमाडौं । टी–२० क्रिकेटका ग्लोबल स्टारको छवि बनाएका नेपाली स्पिनर सन्दीप लामिछाने दोस्रो आईपीएल यात्रा सकेर स्वदेश फर्किसकेका छन् । सन्दीपको टिम दिल्ली क्यापिटल्सले इतिहास रच्दै पहिलोपटक क्वालिफायर्ससम्म पुग्यो । तर, सन्दीपको व्यक्तिगत प्रदर्शन भने सोचेजस्तो भएन । प्रतियोगितामा ६ वटा म्याचमा मौका पाएका उनले समग्रतामा आफ्नो स्तरभन्दा न्यून प्रदर्शन गरे । एक वर्ष अगाडिदेखि अन्तराष्ट्रिय टी–२० लिगमा आफ्नो उत्कृष्टता देखाइसकेका उनका लागि यो पहिलो ‘सेटब्याक’ हो ।
त्यसो त विश्वका महान खेलाडीहरुबाट पनि सँधै एकनास प्रदर्शन आशा गर्न सकिँदैन । त्यसमाथि क्रिकेटमा त खेलाडीको प्रदर्शनलाई धेरै पक्षहरुले प्रभावित पारेका हुन्छन् । त्यसर्थ सन्दीपले खराब बलिङ गरेको भन्दा पनि उनको बललाई ब्याट्सम्यानहरुले राम्ररी ‘रिड’ गर्न थालेका छन् । धेरै ब्याट्सम्यानहरु सन्दीपलाई रोक्नेभन्दा आक्रमण गर्ने रणनीतिमा देखिए ।
समग्र प्रतियोगितामा ६ खेल खेलेका सन्दीपले ८ विकेट लिएका छन् । तर, उनको बलिङ भने खर्चिलो सावित भयो । उनले २३ ओभर बलिङ गर्दा ९.१७ को इकोनोमीमा २ सय १० रन खर्चिए ।
इकोनोमीको हिसाबले उनको यो अहिलेसम्म खेलेका अन्तर्राष्ट्रिय लिगमा सबैभन्दा महंगो हो । प्राय म्याचहरुमा कसिलो बलिङ गर्दै आएका उनी, यस आईपीएलमा भने उन्ले सम्मान लिन सकेनन ।
आईपीएलको अघिल्लो संस्करणमा सन्दीपलाई अन्तिम ३ म्याचमा मात्र मौका दिएको दिल्लीले यसपाली भने सुरुबाटै खेलाउने अनुमान थियो । तर, अघिल्ला दुई म्याचमा उनले बेन्चकै शोभा बढाए । दिल्लीले तेस्रो म्याचमा कलकत्ताविरुद्ध सन्दीपलाई खेलायो । त्यो खेलमा सन्दीपले सबैभन्दा किफायति बलिङ गरेका थिए । रनको वर्षा भएको म्याचमा सन्दीपले ४ ओभरमा २९ रन मात्रै खर्चिए र एक विकेट लिए । सुपर ओभरमा पुगेको सो म्याच दिल्लीले जितेको थियो ।
कलकत्ताविरुद्धको प्रदर्शनले सन्दीपलाई पञ्जावविरुद्ध सुरक्षित गर्योी । सो म्याचमा सन्दीपले शानदार प्रदर्शन गरे । ओपनर साम कुरान र मध्यक्रमका सरफराज खानको महत्वपूर्ण विकेट लिएका उनको प्रदर्शनले पञ्जाब ठूलो स्कोर बनाउन बाट रोकेको थियो । उनले चार ओभरमा २७ रन मात्रै खर्चिए, जुन उनको यस् खेलमा सबैभन्दा किफायती थियो । तर, दिल्लीले हार्योे । यदि जितेको भए सन्दीप म्यान अफ दि म्याचका दावेदार हुन सक्थे ।
सहज जिततर्फ उन्मूख भएको दिल्ली नाटकीयरुपमा पतन भएको थियो । दिल्लीलाई हराउने क्रममा कुरानले ह्याट्रिक विकेट लिएका थिए, जसमा अन्तिम विकेट सन्दीपकै थियो । यस प्रतियोगितामा सन्दीपले ब्याट समाएको यही एउटा मौका थियो, जसमा उनले एक बल पनि सामना गर्न सकेनन् ।
त्यसपछि सनराइजर हैदरावादविरुद्ध सन्दीपले चौथो खेल खेले, जसमा उनको औसत प्रदर्शन रह्यो । दिल्लीले पराजय व्यहोरेको खेलमा उनी ओपनिङ बलरकै रुपमा आएका थिए । ४ ओभरमा ३२ रन खर्चिएका सन्दीपले दिपक हुडाको विकेट लिए । खेलमा सन्दीपको तुलनामा दिल्लीका अन्य दुई स्पिनर अक्षर पटेल र राहुल टेवतियाको बलिङ राम्रो थियो ।
रोयल च्यालेन्जर्सविरुद्ध सन्दीप जम्न सकेनन् । उनी अत्यधिक खर्चिलो बनेका थिए । खासगरी बिराट कोहली र मोइन अलीले सन्दीपलाई आक्रमणको तारो बनाएका थिए । चार ओभरमा ४६ रन खर्चिएका उनले मोइन अलीलाई आउट गरे । कंगिसो रबाडाले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिँदै दिल्लीलाई जिताए ।
आरसीबीविरुद्ध खर्चिलो बनेपछि अर्को खेलमा दिल्लीले सन्दीपलाई बेन्चमा राख्यो । कोलकोत्ता नाइट राइडर्समाथि दिल्ली विजयी भयो । सनराइजर्सविरुद्ध पनि सन्दीप प्लेइङ ११ मा परेनन् । यो खेल पनि दिल्लीले जित्यो । मुम्बई इन्डियन्सविरुद्ध पनि सन्दीप बेन्मै रहे । त्यो खेल भने दिल्लीले हार्योल ।
त्यसपछि पञ्जावविरुद्ध सन्दीपले उत्कृष्ट पुनरागमन गरे । उक्त खेलमा उनले पञ्जाबका खतरनाक ओपनरहरु केएल राहुल र क्रिस गेललाई आउट गर्न सफल भए । त्यसैगरी मध्यक्रमका साम कुरानको विकेट पनि उनको पोल्टामा पर्यो । ४ ओभरमा ४० रन दिएका सन्दीप केही महंगो बने पनि उनले लिएका विकेटहरुले म्याचलाई दिल्लीको पक्षमा मोडेको थियो ।
दिल्लीले जितेको म्याचमा सन्दीप म्यान अफ द म्याचका दावेदार थिए । तर, ५८ रन बनाएका श्रीयस ऐरलाई सो अवार्ड दिइयो ।
पञ्जावविरुद्ध उत्कृष्ट प्रदर्शन गरे पनि राजस्थान रोयल्सविरुद्ध सन्दीपलाई खेलाएन । रोमाञ्चक म्याचमा दिल्लीले ६ विकेटको जित हासिल गर्योा । आरसीबी विरुद्ध सन्दीप फेरि टिममा फर्किए । तर, त्यही खेल यस आईपीएलमा उनका लागि अन्तिम बन्यो । उक्त खेलमा सन्दीपले ३ ओभरमा ३६ रन खर्चिए पनि विकेट लिन सकेनन् । सन्दीपले कुनै पनि म्याचमा खेल्दा पूरा चार ओभर बलिङ गर्न नपाएको सम्भवः यो एक मात्र अवसर थियो ।
दिल्लीका अन्य दुई स्पिनर अक्षर पटेल र अमित मिश्रले उत्कृष्ट प्रदर्शन गर्दै दिल्लीलाई जिताए । स्पिन बलिङलाई उत्कृष्ट रहेको पीचमा पनि सन्दीप असफल भएपछि बाँकी खेलमा उनले अवसर पाएनन् ।
आईपीएलका कुनै पनि टिममा पर्न विदेशी खेलाडीलाई ४ वटा मात्र कोटा हुन्छ । एउटा म्याचमा प्रदर्शन अलि कमजोर भयो भने पनि अर्कोमा आफ्नो स्थान गुमाउनुपर्ने हुन सक्छ । सन्दीपलाई त्यस्तै भयो । उनको टिममा कोलिन मुन्रो, क्रिस मोरिस, कंगिसो रबाडा, कोलिन इन्ग्राम, किम पाउल, सेर्फेन रदरफोर्ड, ट्रेन्ट बोल्टजस्ता विदेशी खेलाडी छन् ।
सन्दीपको कमजोरी भनेको ब्याटिङ गर्न सक्दैनन् । मोरिस, किम पाउल, रदरफोर्ड जस्ता बलरहरुले थोरबहुत ब्याटिङ पनि गर्ने भएकाले टिमलाई त्यो प्लस प्वाइन्ट हुन्छ । त्यसैले आगामी दिनमा रेगुलर टिममा स्थान बनाउने हो भने सन्दीपले आफ्नो ब्याटिङमा पनि सुधार ल्याउनुपर्ने देखिन्छ ।

सन्दीपको भविश्य
अघिल्लो आईपीएलमा खेलेका तीन खेलले अन्तर्राष्ट्रिय टी–२० लिगमा सन्दीपको ढोका खुलेको थियो । आईपीएलपछि उनी वर्षभरि नै विभिन्न अन्तर्राष्ट्रिय लिगहरुमा व्यस्त रहे र सबैमा आफ्नो प्रभाव छोड्न सफल भए । गत वर्ष सबै टिमबाट राम्रो खेलेकाले यस वर्ष पनि त्यही टिमले निरन्तरता दिन सक्छन् ।
जहाँसम्म अर्को आईपीएलको सवाल छ, सन्दीपलाई दिल्लीले रिटेन गर्ने सम्भावना बढि छ किनभने दिल्लीले सन्दीपका लागि न्यूनतम रकम खर्चेको छ । २० लाख भारुमा सन्दीपको स्तरको अर्को खेलाडी भित्र्याउन दिल्लीले सक्दैन । यही आईपीएलको कुरा गर्दा सन्दीपले कम्तिमा दुईवटा खेलमा आफ्नो टिमलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका छन् ।
सन्दीपसँग दिल्ली ३ वर्षको करार गरेकाले पुरानै मूल्यमा रिटेन गर्न सक्ने अधिकार पनि छ ।
दिल्लीले रिलिज गरेको खण्डमा मात्रै सन्दीप मूल्य बढाबढमा जान सक्छन् । अबका दिनमा सन्दीपले आफ्ना कमजोरीहरु पत्ता लगाएर त्यसलाई सुधार्न र आफूलाई निखार्न मिहिनेत गर्नैपर्छ । र, ब्याटिङमा पनि प्रयास गर्नुपर्छ ।

 


प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६  १२:०५
#SandeepLamichane
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप IPL
मेस्सीको दुई गोलको मद्देतले पीएसजीको जित
मेस्सीको दुई गोलको मद्देतले पीएसजीको जित 2079-02-1
दिल्लीलाई पराजित गर्दै मुम्बई बन्यो च्याम्पियन: आईपीएल
दिल्लीलाई पराजित गर्दै मुम्बई बन्यो च्याम्पियन: आईपीएल 2077-7-26
पञ्जाबविरुद्ध हैदराबादको ठूलो जीत, तेस्रो स्थानमा उक्लियो
पञ्जाबविरुद्ध हैदराबादको ठूलो जीत, तेस्रो स्थानमा उक्लियो 2077-6-23
को हुने छ  सफल फ्रान्चाइज टोली ?
को हुने छ सफल फ्रान्चाइज टोली ? 2076-01-29
दिल्ली र हैदरवाद बिच भिडन्त-  सन्दिपको सम्भावना न्यून
दिल्ली र हैदरवाद बिच भिडन्त- सन्दिपको सम्भावना न्यून 2076-01-25
Top 5 Batsmen Who Have Taken Season 11 to a Different Level
Top 5 Batsmen Who Have Taken Season 11 to a Different Level 2076-01-25
ताजा समाचार
कराते टोली थाइल्यान्ड जाने
कराते टोली थाइल्यान्ड जाने खेलकुद मञ्‍च
राज कोरिया र अशोक अस्ट्रिया जाँदै
राज कोरिया र अशोक अस्ट्रिया जाँदै खेलकुद मञ्‍च
एसियाली युथ टेबलटेनिसका लागि खेलाडीसहित ८ सदस्यीय टोली उज्वेकिस्तान प्रस्थान
एसियाली युथ टेबलटेनिसका लागि खेलाडीसहित ८ सदस्यीय टोली उज्वेकिस्तान प्रस्थान खेलकुद मञ्‍च
मार्सल आर्ट्समा सहभागी हुन भुपेन्द्र र सुदेन बेलायत जाने
मार्सल आर्ट्समा सहभागी हुन भुपेन्द्र र सुदेन बेलायत जाने खेलकुद मञ्‍च
मनास्लु र वारियर्सलाई एसडब्लुएससी कप
मनास्लु र वारियर्सलाई एसडब्लुएससी कप खेलकुद मञ्‍च
Notice
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
आयोजक एलएनए सेमिफाइनलमा
आयोजक एलएनए सेमिफाइनलमा
मनास्लु र वारियर्सलाई उपाधि
मनास्लु र वारियर्सलाई उपाधि
दाङको अल्फा तेक्वान्दो डोजाङलाई उपाधि
दाङको अल्फा तेक्वान्दो डोजाङलाई उपाधि
काठमाडौं जिल्लाव्यापी खेलकुद: करातेमा एलिना र प्रसन्न फाइनलमा
काठमाडौं जिल्लाव्यापी खेलकुद: करातेमा एलिना र प्रसन्न फाइनलमा
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
राखेपद्वारा चार पदकसहित भुटानबाट फर्केका शारीरिक सुगठन टोलीको स्वागत
राखेपद्वारा चार पदकसहित भुटानबाट फर्केका शारीरिक सुगठन टोलीको स्वागत
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद एथलेटिक्समा लुम्बिनी र बास्केटबलको उपाधि कोशी र बागमतीलाई
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद एथलेटिक्समा लुम्बिनी र बास्केटबलको उपाधि कोशी र बागमतीलाई
एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीप आजदेखि
एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीप आजदेखि
प्रचण्ड कप भलिबलको तयारी पूरा
प्रचण्ड कप भलिबलको तयारी पूरा
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
चितवन राइनोजले गर्यो रिटेन र रिलीज खेलाडीको सूची सार्वजनिक
चितवन राइनोजले गर्यो रिटेन र रिलीज खेलाडीको सूची सार्वजनिक मंगलबार, असार १०, २०८२
खेलकुद मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण
खेलकुद मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण मंगलबार, असार १०, २०८२
हाइसेन्स नेपाल सायम अन्तरकलेज फुटसलमा २८ टिम, बुधबारदेखि सुरु
हाइसेन्स नेपाल सायम अन्तरकलेज फुटसलमा २८ टिम, बुधबारदेखि सुरु मंगलबार, असार १०, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्