Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • गोल्डेनगेटलाई हराउँदै आर्मी क्वालिफायरमा, टाइम्सविरुद्ध हाउण्ड्सको बदला
गोल्डेनगेटलाई हराउँदै आर्मी क्वालिफायरमा, टाइम्सविरुद्ध हाउण्ड्सको बदला
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च आइतबार, चैत २२, २०८२
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । त्रिभुवन आर्मी क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ को क्वालिफायरमा प्रवेश गरेको छ । आर्मीले शनिबार भएको खेलमा गोल्डेनगेट बास्केटबल क्लबलाई ९५-८८ ले पराजित गर्दै लिगमा एक खेल बाँकी छँदै शीर्ष दुईमा स्थान पक्का गर्दै पहिलो क्वालिफायरमा स्थान बनाएको हो ।

यो जितपछि आर्मीले १३ खेल खेल्दा १२ खेल जित्दै २५ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । समान खेलबाट १२ जित र २ हारको नतिजापछि गोल्डेनगेट २४ अंकसहित दोस्रो स्थानमा छ ।

अब आर्मीले अन्तिम खेलमा केभिसी हाउण्ड्ससँग खेल्नेछ र उक्त खेलमा पराजित भएपनि आर्मी शीर्ष दुईमा रहने पक्का छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा गोल्डेनगेटले राम्रो सुरुवात गरेको थियो । गोल्डेनगेटले पहिलो क्वाटरमा ३०-२० को अग्रता बनाएको थियो । तर दोस्रो क्वाटर आर्मीले पुनरागमन गर्दै २२-१७ ले आफ्नो पक्षमा पारेको थियो । यद्यपी हाफटाइमसम्म गोल्डेनगेटले ४७-४२ को अग्रता बनाएको थियो ।

तेस्रो क्वाटर पनि आर्मीले २२-२१ ले आफ्नो पक्षमा पार्दै गोल्डेनगेटको अग्रतालाई घटाउँदै ६८-६४ मा झारेको थियो । चौथो क्वाटरमा आर्मीले आक्रमक सुरुवात गर्दै अंक बराबरी गरेपछि गोल्डेनगेट विरुद्ध खेलमा अग्रता बनाएको थियो । चौथो क्वाटर आर्मीले ३१-२० ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो । आर्मीका निश्चल महर्जन म्यान अफ दि म्याच घोषित भए । उनले सर्वाधिक २९ अंक स्कोर गरे ।

यस्तै शनिबार भएको पहिलो खेलमा केभिसी हाउण्ड्सले टाइम्स बास्केटबल क्लबललाई ७८-६८ ले पराजित गरेको हो ।  हाउण्ड्सको यो नवौँ जित हो ।

हाउण्ड्सले पहिलो चरणमा टाइम्ससँग बेहोरेको हारको बदला लिएको छ । यसअघि पहिलो चरणमा टाइम्सले हाउण्ड्सलाई ७३-६८ ले पराजित गरेको थियो ।

पहिलो चरणमा ७ मध्ये ६ खेल जितेको टाइम्सको यो लगातार दोस्रो हार हो । पहिलो खेलमै पराजित भएको टाइम्सले त्यसपछि उत्कृष्ट प्रदर्शन गर्दै लगातार दश खेल जितेपनि पछिल्लो दुई खेलमा टाइम्स पराजित भएको हो । यसअघि खेलमा टाइम्स त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो ।

हारपछि १३ खेलबाट २३ अंक जोडेको टाइम्स तेस्रो स्थानमै यथावत छ । नवौँ जित हात पारेको हाउण्ड्स २२ अंक जोडेर चौथो स्थानमै यथावत छ ।

हाउण्ड्स र टाइम्स बीचको खेलमा हाउण्ड्सले पहिलो क्वाटरमा अग्रता लिएको थियो भने त्यसपछि तीनै क्वाटरमा टाइम्सले आफ्नो पक्षमा पारेको थियो ।

तर पहिलो क्वाटरमा लिएको १६ अंकको अग्रता नै हाउण्ड्सलाई जित निकाल्न निर्णायक बन्यो । टाइम्सले तीन क्वाटर आफ्नो पक्षमा पार्दा अंकदूरी कम पारेपनि हाउण्ड्सलाई जितबाट रोक्न सकेन ।

टाइम्स विरुद्ध पहिलो क्वाटर हाउण्ड्सले २३-७ को फराकिलो अग्रता बनाएको थियो । स्रो क्वाटर प्रतिस्पर्धात्मक बन्दा टाइम्सले २३-२२ को अग्रता लिएपनि हाफटाइमसम्म हाउण्ड्स ४५-३० ले अघि रह्यो ।

तेस्रो क्वाटर पनि टाइम्सले १५-१३ ले आफ्नो पक्षमा पारेको थियो तर चौथो क्वाटरअघि हाउण्ड्स नै ५८-४५ ले अघि थियो । चौथो क्वाटर पनि टाइम्सले २३-२० ले आफ्नो पक्षमा पार्‍यो तर जित हात पार्न सकेन  । हाउण्ड्सका कप्तान विजय बुर्जा खेलको म्यान अफ दि म्याच घोषित भए । उनले सर्वाधिक २८ अंक स्कोर गरे ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको एचजेएनबीएलमा ८ टिमले डबल राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । लिग चरणमा अब ४ खेल बाँकी छ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् ।

प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् । यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।


प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  १८:१८
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
एचजेएनबीएल : कीर्तिपुरले रोएललाई हरायो
एचजेएनबीएल : कीर्तिपुरले रोएललाई हरायो आइतबार, चैत २२, २०८२
मञ्जुश्री ट्रेल रेस हुँदै
मञ्जुश्री ट्रेल रेस हुँदै आइतबार, चैत २२, २०८२
महानगरव्यापी अन्तर वडा चेस प्रारम्भ
महानगरव्यापी अन्तर वडा चेस प्रारम्भ आइतबार, चैत २२, २०८२
मिङ्मा शेर्पा सम्मानित
मिङ्मा शेर्पा सम्मानित शनिबार, चैत २१, २०८२
नेपाल कबड्डी लिगसँग  सहकार्य गर्दै नेपहपको श्रीपेच
नेपाल कबड्डी लिगसँग सहकार्य गर्दै नेपहपको श्रीपेच शुक्रबार, चैत २०, २०८२
श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी शुक्रबार, चैत २०, २०८२
Navodit College Navodit College
ताजा समाचार
एचजेएनबीएल : कीर्तिपुरले रोएललाई हरायो
एचजेएनबीएल : कीर्तिपुरले रोएललाई हरायो खेलकुद मञ्‍च
मञ्जुश्री ट्रेल रेस हुँदै
मञ्जुश्री ट्रेल रेस हुँदै खेलकुद मञ्‍च
महानगरव्यापी अन्तर वडा चेस प्रारम्भ
महानगरव्यापी अन्तर वडा चेस प्रारम्भ खेलकुद मञ्‍च
गोल्डेनगेटलाई हराउँदै आर्मी क्वालिफायरमा, टाइम्सविरुद्ध हाउण्ड्सको बदला
गोल्डेनगेटलाई हराउँदै आर्मी क्वालिफायरमा, टाइम्सविरुद्ध हाउण्ड्सको बदला खेलकुद मञ्‍च
मिङ्मा शेर्पा सम्मानित
मिङ्मा शेर्पा सम्मानित खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड पूरा
कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड पूरा
किक बक्सिङ विकास कार्यक्रमको उद्घाटन
किक बक्सिङ विकास कार्यक्रमको उद्घाटन
एचजेएनबीएल : हाउण्ड्सको साताैँ जित
एचजेएनबीएल : हाउण्ड्सको साताैँ जित
‘मिस्टर हिमालय’ राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई
‘मिस्टर हिमालय’ राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
प्रिन्स र आदित्यलाई स्वर्ण
प्रिन्स र आदित्यलाई स्वर्ण
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
मिङ्मा शेर्पा सम्मानित
मिङ्मा शेर्पा सम्मानित शनिबार, चैत २१, २०८२
महानगरव्यापी अन्तर वडा चेस प्रारम्भ
महानगरव्यापी अन्तर वडा चेस प्रारम्भ आइतबार, चैत २२, २०८२
मञ्जुश्री ट्रेल रेस हुँदै
मञ्जुश्री ट्रेल रेस हुँदै आइतबार, चैत २२, २०८२
Photo Gallery
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि बिहीबार, चैत ५, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्