काठमाडौं । नेपाल एकायन कराते संघ, स्वयभ्मू शाखाको आयोजनामा प्रथम स्वयम्भू एकायन कराते प्रतियोगिता २०८२, स्वयम्भू, काठमाडौं–१५ मा २०८२ माघ १० गते सम्पन्न भएको छ ।
काठमाडौं महानगरपालिका वडा नं. १५ वडा अध्यक्ष ईश्वरमान डंगोलको प्रमख आतिथ्यता रहेको उक्त कार्यक्रमको उद्घाटन समारोहमा सोही वडाका वडा सदस्यहरु लगायत नेपाल एकायन कराते संघका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोल, दक्षिण एसियाली एकायन कराते महासंघका उपाध्यक्ष शशी कपाली, नेपाल एकायन कराते संघका केन्द्रिय सल्लाहकारहरु विरकृष्ण श्रेष्ठ शंकर महर्जन, जापान गोजुरियो कराते–डो संघका अध्यक्ष विदुर कुँवर, समाजसेवी एवं भूईखेल टोल सुधार समितिका अध्यक्ष किरण राज शाही, आकार डेन्टल क्लिनिकका म्यानेजिङ्ग डाइरेक्टर जितेन्द्र श्रेष्ठ, समाजसेवी त्रिरत्न मानन्धर, निरु डंगोल तथा अन्य खेलप्रेमि एवं समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा नेपाल एकायन कराते संघका केन्द्रिय सल्लाहकार शंकर महर्जनले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने नेपाल एकायन कराते संघ, स्वयभ्मू शाखाका शाखा प्रमुख आशिष घिमिरेले कार्यक्रमको सभापतित्व गर्नुभएको थियो । प्रतियोगितामा काठमाडौं उपत्यकाका विभिन्न विद्यालय तथा प्रशिक्षण केन्द्रका महिला तथा पुरुष गरी १ सय ५० खेलाडीहरुको सहभागिता रहेको थियो ।
यस प्रतियोगितामा महिला तर्फ चार तथा पुरुष तर्फ ६ गरी जम्मा १० वटा तौल समूहहरुमा प्रतियोगिताका खेलहरु संचालन भएका थिए । उपरोक्त तालिका अनुसार महिलातर्फ ३५ के.जी. मुनि तौल समूहमा रजिसा पुन मगरले प्रथम, नायरा मल्लले द्वितीय र सन्जना तामाङ्गले तृतिय स्थान हासिल गरिन्, त्यसैगरी ४० के.जी. मुनि तौल समूहमा रेखा रोकायाले स्वर्ण पदक, सविना तामाङ्गले कास्य पदक र अञ्जु राईले रजत पदक प्राप्त गर्न सफल भईन् ।
४५ के.जी. मुनि तौल समूहमा सम्झना तामाङ्गले स्वर्ण पदक, सम्बृद्धि शाहीले कास्य पदक र सविक्षा परियारले रजत पदक प्राप्त गर्न सफल भईन् भने महिला खुल्ला तौल समूहतर्फ रेस्मिला राई र नम्रता राईले क्रमशः प्रथम र द्वितिय स्थान हासिल गरे भने अञ्जना तामाङ्गले तृतिय स्थान हात पार्न सफल भइन् ।
यसैगरि पुरुषतर्फ २५ के.जी मुनि तौल समूहमा दर्शन शाही प्रथम, सन्देश लुङेली मगर दोस्रो र फुर्वा तामाङ्ग तेस्रो भए । ३० के.जी मुनि तौल समूहमा हेमन्त जैसीले स्वर्ण, लविन कार्कीले कास्य र दिपक बुढामगरले रजत पदक प्राप्त गर्न सफल भए भने ४० के.जी. मुनि तौल समूहमा साईन भुजेलले स्वर्ण पदक, सोचन गुरुङ्गले कास्य पदक र निरज बोहोराले रजत पदक प्राप्त गर्न सफल भए ।
पुरुष ४५ के.जी. मुनि तौल समूहमा गणेश बिष्टले स्वर्ण पदक, गौतम सुनुवारले कास्य पदक र सन्जिव चौधरीले रजत पदक प्राप्त गर्न सफल भए । ५० के.जी. मुनि तौल समूहमा अनमोल श्रेष्ठले स्वर्ण पदक, समिर बरामले कास्य पदक र करण ओडले रजत पदक प्राप्त गर्न सफल भए भने पुरुष खुल्ला तौल समूहतर्फ विवेक रोकाया र सितल सुनुवारले क्रमशः प्रथम र द्वितिय स्थान हासिल गरे भने प्रविण आले मगरले तृतिय स्थान हात पार्न सफल भए ।
विजयी खेलाडीहरुलाई काठमाडौं महानगरपालिकाका वडा सदस्य मैयालक्ष्मी महर्जन लगायत अन्य विशिष्ट अतिथिज्यूहरुले प्रमाणपत्र, मेडल तथा ट्रफीबाट पुरस्कृत गर्नु भएको थियो । साथै अन्य सहभागी सम्पूर्ण खेलाडीहरु लगायत खेल पदाधिकारीहरुलाई पनि सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
उक्त प्रतियोगिताका निर्णयाधिशमा विष्णुमान शाक्य र भरत धौलाकोटी, मुख्य निर्णायकमा किशोर तामाङ्ग र रुपेश मगर तथा निर्णायकहरुमा राजेन्द्र तामाङ्ग, सुरेश धौलाकोटी, शंकर धौलाकोटी, आशिष घिमिरे, श्रीराम राना, सरोज श्रेष्ठ र मनोज राजबाहक रहेका थिए ।