काठमाडौं । फ्ल्यास टेनिस एकेडेमीको आयोजनामा फ्ल्यास स्पोर्ट्स राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता बिहीबारदेखि बूढानीलकण्ठमा सुरु भएको छ ।
प्रतियोगिताको नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुलले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा विभिन्न १५ स्पर्धामा १ सय ४७ खेलाडीको सहभागिता रहेको आयोजक एकेडेमीका सञ्चालक श्रवण कार्कीले जनाएका छन् ।
पहिलो दिन यु–१२ ब्वाइज सिंगल्समा शुभम् श्रेष्ठ, भिरल अग्रवाल, आहान भट्टराई, आयान पन्त र एस्टन श्रेष्ठले जित हात पारे । सो स्पर्धाको गल्र्समा सारा पन्त, थिअ श्रेष्ठ, अमइरा गुप्ता, नाइरा घले, आर्या पौडेल, निम्ति कुँवर, कुन्सेल तामाङ र तभिषी राणा विजयी भए ।
यु–९ ब्वाइज सिंगल्समा सुविज्ञराज बुढाथोकी, विविध भट्टचन, भन्सिल अग्रवाल र रिधन श्रेष्ठ आ–आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरे । उक्त स्पर्धाको गल्र्समा स्वर्णिमा श्रेष्ठ, बेनाफ्सा महर्जन, भाणी राजभण्डारी र अनाया श्रेष्ठले सफलता पाए ।
यु–१६ ब्वाइज सिंगल्समा अरभसम्राट हाडा, रनिश श्रेष्ठ, सुजन कुइकेल, प्रारथ्या रिजाल, सुरेन्द्र विक, सन्दिप विक र विश्वविशेष डल्लाकोटीले सफलता हात पारे ।