काठमाडाैं , २७ साउन – कराँते तथा मार्सल अार्टका अध्यक्ष तथा प्रमुख प्रशिक्षक डा. ऋृषि लामाको टोली बंगलादेशको ढाकामा भएको इन्टरनेशनल च्याम्पियनसिप कराँतेमा विजयी हासिल गरि नेपाल फर्किएको छ । गत ६ तारिखमा खेलका लागि बंगलादेश पुगेको टोली ७ र ८ गत ९ तारिखमा नेपाल फर्किएको हो ।
बंगलादेशमा भएको उक्त प्रतियोगितामा लामाको टोलीले १ स्वर्ण र ५ वटा रजत पदक हात पारेको छ । बंगलादेशमा अायोजना भएको प्रतियोगितामा भाग लिन जाँदा टोलीलार्इ IWF , MSSRKIF KARATE ( Muniz Shiroi Shishi-Ryu Karate ) , Goju ryu संघका पदाधिकारीहरूले र मदन भन्डारी स्पोर्ट एकेडेमिका अध्यक्ष र गुरू ओम प्रशाई बिदार्इ तथा अागमनको समयमा स्वागत पनि गर्नु भएको थियो ।
नेपाल कराँते टोलीका अफिसियलहरूमा टिम कोच ऋषि लामा , टिम लिडर शहदेव राजवंशी , टिम मेनेजर सुमन दोङ्ग लामा र नरेन्द्र प्रशिक्षक सुकुभटु पनि ढाका प्रस्थान गर्नु भएको थियो ।
ढाकामा भएको प्रतियोगितामा तुलनात्मक रूपमा कुशल प्रतिस्पर्धीलार्इ हराँदै जेमिन महर्जनले स्वर्ण पदक जितेका थिए । त्यसै गरी , प्रकाश थापा मगर , रोशन श्रेष्ठ , विश्वकल्याण लामा , कमल भुजेल र जीत बहादुर श्रेष्ठले रजत पदक प्राप्त गर्न सफल भएका थिए ।
संघका अधयक्ष लामाले भर्खरै मार्सल अार्टमा विद्यावारिधि समेत हासील गरिसक्नु भएको छ । उहाँ मार्सल अार्टमा विद्यावारिधि प्राप्त गर्ने पहिलो नेपाली समेत बन्नु भएको छ ।