Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • खेलाडीको स्वास्थ्य उपचारका लागि राखेप र नाम्सबीच सहकार्य
खेलाडीको स्वास्थ्य उपचारका लागि राखेप र नाम्सबीच सहकार्य
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शुक्रबार, कात्तिक १, २०८२
Chelsea World School Chelsea World School

काठमाडौं । नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स), वीर अस्पताल बाट स्वास्थ्य सेवा र उपचारमा विशेष छुट पाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नाम्सबीच खेलाडी र प्रशिक्षकलाई विशेष सेवा प्रदान गर्ने उद्देश्यले सहकार्य भएको छ ।

राखेपमा बिहीबार एक कार्यक्रमकाबीच राखेप र नाम्सले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षकहरूलाई आवश्यकता अनुरूप विशेष सेवा दिन सम्झौता गरेका छन् । राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र नाम्सका उपकुलपति प्रा.डा. भुपेन्द्रकुमार बस्नेतबीच उक्त सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । खेलाडी र प्रशिक्षकको सहजताका लागि सम्पर्क अधिकृत तोकेर यो सुविधा दिन लागिएको छ । यो सम्झौता पाँच वर्षको हुने र पछि सहमतिमा नवीकरण हुने सक्ने गरी अगाडि बढाइएको छ ।

नेपाली खेलकुद विकासमा थप टेवा पुग्ने गरी कुल ११ वटा सर्तहरूसहित सहकार्य भएको छ । नाम्सले खेलकुदमा नै काम गर्ने प्राविधिकसँगै कर्मचारीलाई पनि यो सुविधा उपलब्ध गराउनेछ । उनीहरूले विशेष ग्राह्यताका साथ दक्ष चिकित्सकको निगरानीमा स्वास्थ्य सेवा पाउने भएका छन् । खेलाडीहरूले उपचारका क्रममा प्रयोगशालाबाट दिने सुविधामा विभिन्न चरणमा सहुलियत पाउनेछन् । ल्याब टेस्ट, ओपिडी, एक्सरे, भिडियो एक्सरे, अपरेसन, एमआरआई, सिटी स्क्यान र विराम भर्नालगायत सबै प्रकारका सेवाहरूमा अस्पतालको मूल्य सूचीबाट खेलाडीहरूले छुटसमेत प्राप्त गर्नेछन् । अस्पतालका सबैखाले सेवामा ओलम्पियनले सबैभन्दा धेरै ८० प्रतिशत छुट पाउनेछन् ।

त्यस्तै एसियाली र दक्षिण एसियाली खेलकुदमा पदक प्राप्त गर्ने तथा राष्ट्रिय टिमका खेलाडीले ६० प्रतिशत, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले ५० प्रतिशत र राखेपका कर्मचारीले ४० प्रतिशत छुट पाउने छन् । राखेपको सम्पर्क अधिकृतले प्रमाणिकरण गरेपछि मात्र प्रतिष्ठानले खेलाडी, प्रशिक्षक र कर्मचारीलाई उक्त विशेष सेवा दिनेछन् ।

उपचारका साथै राखेपले आयोजना गर्ने खेलकुदका प्रतियोगितामा स्वास्थ्य सम्बन्धि शैक्षिक जनचेतना, प्राथमिक उपचार, एन्टी डोपिङ, फिजियो थेरापी र पोषणा सम्बन्धि विभिन्न कार्यक्रम नाम्सले दिने सहमति भएको छ ।

कार्यक्रममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले नेपाली खेलकुद विकासमा लागेका व्यक्तित्वहरूलाई यो सहकार्यले ठूलो प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरेका छन् । घिसिङले नयाँ र सुखद सन्देश दिने उद्देश्यले यो सहकार्य गरिएको बताए । नेपालमा यी दुई संस्थाको अस्तित्व भइरहँदासम्म सहकार्य होस् भन्ने आफ्नो चाहना रहेको उनले आशा व्यक्त गरेका छन् ।

राखेपले सञ्चानल गरेको मिसन– २०२६ लगायत राष्ट्रिय टिमको प्रशिक्षणमा पनि विशेष प्रोत्साहन पुगोस् भन्ने उद्देश्यले नेपालको स्वास्थ्य क्षेत्रको सबैभन्दा जेठो अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानसँग सहकार्य गरिएको घिसिङले बताए । राखेपले राष्ट्रिय टिमका खेलाडी र प्रतियोगिताका क्रममा घाइते भएका खेलाडीलाई बिमासँगै उपचारमा केही खर्च गर्दै आए पनि यो सहकार्यले उनीहरूलाई ढुक्कसँग प्रशिक्षण गर्ने वातावरण मिल्ने उनको विश्वास छ । यो सम्झौताले खेलकुदको बृहत्तर पक्षलाई समेटेको उनले बताए ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा. डा. भुपेन्द्रकुमार बस्नेतले देशको पहिचान गराउने खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो सहकार्य गरिएको बताएका छन् । उनले स्वस्थ्य रहन खेलकुद नै सबैभन्दा बलियो माध्यम रहेको उल्लेख गरेका छन् । उपकुलपति प्रा. डा. भुपेन्द्रकुमारले यो सुरुआत मात्र भएको र आगामी दिनमा यो सहकार्य बढाउँदै लैजाने आशा व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामचरित्र मेहता, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका निर्देशक डा. दिलीप शर्मा, डा. ज्ञानेन्द्रविक्रम शाह र राष्ट्रिय टिम तयारी समितिका निर्देशक दीपक बिष्टलगायतको उपस्थिति थियो । सो अवसरमा निर्देशक डा. शर्माले सकेसम्म खेलाडीलाई सहज तरिकाले सेवा पाउन् भन्ने उद्देश्यले सम्पर्क अधिकृत राखिएको बताउदै आगामी दिनमा खेलाडीको सुविधाका लागि सेवा विस्तार गर्दै लैजान सकिने बताए ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०८२  ०६:३२
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
विश्व कराते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली इजिप्ट जाने
विश्व कराते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली इजिप्ट जाने शुक्रबार, मंसिर ६, २०८२
एथलेटिक्स साफ पदक विजेतालाई राखेपको बधाई
एथलेटिक्स साफ पदक विजेतालाई राखेपको बधाई बिहीबार, मंसिर ५, २०८२
महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई
महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई शुक्रबार, कात्तिक २९, २०८२
खेलाडीको शारीरिक तन्दुरुती परिक्षण
खेलाडीको शारीरिक तन्दुरुती परिक्षण मंगलबार, असोज २८, २०८२
टेबलटेनिस टोली भारत जाने
टेबलटेनिस टोली भारत जाने बिहीबार, असोज २३, २०८२
खेलकुद मन्त्री र एनओसी तदर्थ समितिको छलफल
खेलकुद मन्त्री र एनओसी तदर्थ समितिको छलफल आइतबार, भदौ २२, २०८२
Navodit College Navodit College
ताजा समाचार
मार्वलस र इनोभेटिभ क्वाटरफाइनलमा
मार्वलस र इनोभेटिभ क्वाटरफाइनलमा खेलकुद मञ्‍च
विराटनगरमाथि चितवनको सानदार जित
विराटनगरमाथि चितवनको सानदार जित खेलकुद मञ्‍च
यङ टेनिस स्टार्स सम्पन्न
यङ टेनिस स्टार्स सम्पन्न खेलकुद मञ्‍च
रेडियन्ट, स्वर्णिम र इबीएलाई उपाधि
रेडियन्ट, स्वर्णिम र इबीएलाई उपाधि खेलकुद मञ्‍च
एसकेआईए अन्तर्राष्ट्रिय करातेमा नेपाललाई ६ स्वर्ण
एसकेआईए अन्तर्राष्ट्रिय करातेमा नेपाललाई ६ स्वर्ण खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
मार्क वाटको शतकमा लुम्बिनीमाथि कर्णालीको शानदार जित
मार्क वाटको शतकमा लुम्बिनीमाथि कर्णालीको शानदार जित
जनकपुरलाई हराउँदै विराटनगरको लगातार तेस्रो जित
जनकपुरलाई हराउँदै विराटनगरको लगातार तेस्रो जित
काठमान्डुलाई हराउँदै विराटनगरको लगातार दोस्रो जित
काठमान्डुलाई हराउँदै विराटनगरको लगातार दोस्रो जित
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
कीर्तिमानी खेलमा पोखरामाथि विराटनगरको सानदार जित
कीर्तिमानी खेलमा पोखरामाथि विराटनगरको सानदार जित
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
विराटनगरमाथि चितवनको सानदार जित
विराटनगरमाथि चितवनको सानदार जित बुधबार, मंसिर ११, २०८२
रेडियन्ट, स्वर्णिम र इबीएलाई उपाधि
रेडियन्ट, स्वर्णिम र इबीएलाई उपाधि बुधबार, मंसिर ११, २०८२
मार्वलस र इनोभेटिभ क्वाटरफाइनलमा
मार्वलस र इनोभेटिभ क्वाटरफाइनलमा बुधबार, मंसिर ११, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्