Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • फुल कनट्याक्ट किक बक्सिङको उपाधि भक्तपुरलाई
फुल कनट्याक्ट किक बक्सिङको उपाधि भक्तपुरलाई
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बुधबार, वैशाख २४, २०८२
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । भक्तपुरमा पहिलो पटक आयोजना भएको फुल कनट्याक्ट किक बक्सिङ प्रतियोगिताको उपाधि भक्तपुरले नै जित्न सफल भएको छ । नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा बैशाख १९ र २० गते आयोजित प्रतियोगितामा ३ स्वर्ण र ४ रजत पदकसहित भक्तपुरले उपाधि जितेको हो ।

प्रतियोगितामा २ स्वर्णसहित मेन रोजो रङ्गशाला दोस्रो हुन सफल भएको थियो भने १ स्वर्ण २ रजतसहित फाइट क्लब तेस्रो हुन सफल भएको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी भने महिलातर्फ अस्मिता दोङ तामाङ भएकी थिइन भने पुरुषतर्फ सुनिम श्रेष्ठ भएका थिए । 

प्रतियोगिता सुरुवात गर्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले खेलको विकास सँगै समाजको पनि विकास हुने बताए । उनले खेलाडी भनेका देशका गहना भएका कारण उनीहरूको वृत्ति विकासमा ध्यान दिन सके र राम्रो खेलको विकास गर्न सके हामी विश्व विजेता हुन कहीँ जानु नपर्ने बताए । पहिलो पटक भक्तपुरमा आयोजना भएको फुल कनट्याक्ट किक बक्सिङ प्रतियोगिताले भक्तपुरमा यो खेलप्रति झन् आकर्षण बढ्ने उनले बताए । 

प्रतियोगितामा महिला र पुरुष गरी ११ तौल समूहमा खेल खेलाइएको थियो भने दुई वटा प्रो फाईटको आयोजना गरिएको थियो ।प्रतियोगितामा भएको दुई प्रो फाइटमा सिरिस भुजु र प्रवीण मोक्तान प्रथम भएका थिए भने विशाल शाही र सुजित गुरुङ दोस्रो भएका थिए । यस्तै, खेलमा ५१ केजी पुरुषतर्फ सन्जु सुब्बाले स्वर्ण पदक विजय गरेका थिए भने अभिनव थापाले रजत, संयोग राई र कुशल लामाले कांस्य पदक विजय गरेका थिए ।

५४ केजी पुरुषतर्फ भने स्वर्ण आशिक कोली, रजतजगदिश विश्वकर्मा, कास्यमा तीर्थ तामाङ र सञ्जय तामाङले हासिल गरेका थिए । यसैगरी ५७ केजीमा विबद्र राईले स्वर्ण, ज्ञान धोज गोलेले रजत अनि सञ्जय लामा र सिसिर सुनारले कांस्य पदक हात परेका थिए भने ६३.५ केजीमा अर्जुन केसीले स्वर्ण, सुजु शाहीले रजत अनि प्रज्जलरण पहेलीले र नरेन्द्र बोम्जनले कांस्य पदक हात पारेका थिए । ६७ केजीतर्फ भने स्वर्ण शुनिम श्रेष्ठ, रजत अनिश पुजारी र कांस्य लाल ब भण्डारीले हासिल गरेका थिए । 

खेलमा ७५ केजीतर्फ भने अनिप देउलाले स्वर्ण, हार्दिक काईरालाले रजत र दिक्षन्त अधिकारीले कांस्य पदक हासिल गरेका थिए । यस्तै खेलमा खुलातर्फ भने उपेश देउलाले स्वर्ण, सुदिन कुमार शाहले रजत, एरेण ठेबा र उत्तम स्यान्तुले कांस्य पदक हात पारेका थिए । यसैगरी महिलातर्फ भने ५२ केजीमा अस्मिता दोङले स्वर्ण, अनिशा मगरले रजत अनि अर्मिला थिङले कांस्य पदक पाएकी थिइन, ६० केजीमा भने चन्द्र कुमारी भुजेलले स्वर्ण र डोल्मा बोम्जनले रजत पदक हासिल गरेकी थिइन । यसैगरी ५७ केजी महिलामा भने स्वर्ण बबिता कार्कीले हात परेकी थिइन भने रजत मिना कुमारी पाण्डे र कांस्य प्रमीला थिङले हात परेकी थिइन ।

भक्तपुरमा पहिलो पटक आयोजना भएको उक्त प्रतियोगिता कुनै विवादरहित तथा चोटरहित हुँदै सम्पन्न भएको थियो । जगातीको इट्टा टाइल कारखानाको सानो हलमा आयोजना भएको उक्त प्रतियोगिताको अवलोकन गर्न भने दर्शकको घुइँचो नै लागेको थियो । वर्षका कारण खुल्ला स्थानमा प्रतियोगिता गर्न सकिएन तथापि दर्शकको साथ देखेर आफैमा अचम्म लागेको नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिका कोषाध्यक्ष सचितानन्द बनेपालीले बताए ।

कार्यक्रमको सभापतित्व नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष कृष्णराम जाकिबञ्जारले गरेका थिए भने खेलको मुख्य निर्णायकको भूमिका भने राजु सिंह बजिखोंले गरेका थिए । दुई दिनसम्म चलेको उक्त प्रतियोगितामा २० जिल्लाबाट खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा मेडल विजेता खेलाडीहरूलाई बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले पुरस्कृत गरेका थिए ।

पुरस्कार वितरण गर्दै उनले यो पटकको खेल बन्द हल भित्र भए पनि आगामी दिनमा भने भक्तपुरको पाँचतले वा दत्तात्रयमा खेलको आयोजना गर्न आग्रह समेत  गरेका थिए । यस्तै खेलमा सूर्य विनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापा, सूर्य विनायक नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पुष्पराज बस्नेत, १० का वडा अध्यक्ष शिवराम राउत, बागमती प्रदेश बोर्डकी सदस्य सुनिता गौतम, किक बक्सिङका संरक्षक तथा संस्थापक अध्यक्ष दीपक श्रेष्ठ, कराते महासङ्घका रेफ्रि काउन्सिलका उपाध्यक्ष प्रकाश मोहन द्यौभडेल, कराते भक्तपुरका अध्यक्ष राजन चित्रकार  प्रशिक्षक सन्तोष श्रेष्ठ, रवीन्द्र लाछिमसु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन भने सितोरियो करातेका जिल्ला उपाध्यक्ष रामशरण त्यातले गरेका थिए ।


प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १६:१०
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि बिहीबार, वैशाख ३, २०८३
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा बुधबार, वैशाख २, २०८३
भारत, पाकिस्तान र श्रीलंका विजयी
भारत, पाकिस्तान र श्रीलंका विजयी मंगलबार, वैशाख १, २०८३
उसुका विजय र सुस्मिताले विश्वकप खेल्दै
उसुका विजय र सुस्मिताले विश्वकप खेल्दै आइतबार, चैत २९, २०८२
कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय करातेमा पुलिस च्याम्पियन
कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय करातेमा पुलिस च्याम्पियन आइतबार, चैत २९, २०८२
गोल्डेनगेटलाई एचजेएनबीएलको उपाधि
गोल्डेनगेटलाई एचजेएनबीएलको उपाधि आइतबार, चैत २९, २०८२
हक्कीको राष्ट्रिय टिम घोषणा
हक्कीको राष्ट्रिय टिम घोषणा शनिबार, चैत २८, २०८२
Navodit College Navodit College
ताजा समाचार
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु खेलकुद मञ्‍च
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि खेलकुद मञ्‍च
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा खेलकुद मञ्‍च
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा खेलकुद मञ्‍च
भारत, पाकिस्तान र श्रीलंका विजयी
भारत, पाकिस्तान र श्रीलंका विजयी खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
भारत, पाकिस्तान र श्रीलंका विजयी
भारत, पाकिस्तान र श्रीलंका विजयी
उसुका विजय र सुस्मिताले विश्वकप खेल्दै
उसुका विजय र सुस्मिताले विश्वकप खेल्दै
हक्कीको राष्ट्रिय टिम घोषणा
हक्कीको राष्ट्रिय टिम घोषणा
गोल्डेनगेटलाई एचजेएनबीएलको उपाधि
गोल्डेनगेटलाई एचजेएनबीएलको उपाधि
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
प्रिन्स र आदित्यलाई स्वर्ण
प्रिन्स र आदित्यलाई स्वर्ण
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा बुधबार, वैशाख २, २०८३
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा बुधबार, वैशाख २, २०८३
Photo Gallery
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि बिहीबार, चैत ५, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्