Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
अन्तर्राष्ट्रिय
  • Home
  • अन्तर्राष्ट्रिय
  • अन्टिएफको १०औँ बार्षिकोत्सव क्यालिफोर्नियामा सम्पन्न
अन्टिएफको १०औँ बार्षिकोत्सव क्यालिफोर्नियामा सम्पन्न
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बुधबार, असोज २, २०८१
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । क्यालिफोर्निया राज्यको लस एन्जल्समा ‘युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो फेडरेसन’(अन्टिएफ)को चौथो महासभा तथा १०औँ बार्षिकोत्सव सम्पन्न भएको छ । लस एन्जल्समा यहि १४ तारिख केन्य स्ट्रिट नरविकवको हिन्दु मन्दिर तथा बौद्ध स्तुपाको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमले नेपाली तेक्वान्दोको भविष्यका बारेमा छलफल गरि राष्ट्रिय खेलकुद परिषदका पूर्व तेक्वान्दो वरिष्ठ प्रशिक्षक तथा एभरेष्ट तेक्वान्दो स्कूल मिचिगनका संस्थापक मास्टर लव प्रसाद गोर्खालीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मतिबाट गठन गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा किसन सिंह बराल थापा र जगन लाल श्रेष्ठ, उपाध्यक्षमा हरिहर पाण्डे, महासचिवमा गणेश थापा, सचिव तथा प्रवक्तामा राजु थापा, कोषाध्यक्षमा अमृत महतो र सदस्यहरूमा ज्वाला कार्की, महादेव धानुक, रुपा स्यान्तान, दीपक राना, उमेश राज भण्डारी, मिनु कार्की महर्जन, अर्जुन खड्का, कौशिला खनाल, सिद्धार्थ श्रेष्ठ, राजु तिमल्सिना, नरेश कुमार श्रेष्ठ, सुरज श्रेष्ठ, ऋतु जिम्मी राई र नन्दु बिष्ट निर्वाचित भएको निर्वाचन समितिका संयोजक रोशन अधिकारीले जानकारी दिए ।

क्यालिफोर्नियास्थित नेपाल अवैतनिक महावाणिज्य दूतावासका अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । उनले नेपाली तेक्वान्दोको विश्वव्यापी प्रभावलाई प्रकाश पार्दै खेलकुदलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न जारी रहेको प्रयासलाई प्रोत्साहन दिए । उनले नेपाली समुदाय एकजुट भएर साझा उद्देश्यका लागि मिलेर काम गरेको देखेकोमा गर्व व्यक्त गर्नुका साथै उनको तर्फबाट अन्टिएफले गर्ने हरेक कार्यक्रममा साथ र समर्थन गर्ने बताए । अन्टिएक हेडक्वाटरका निवर्तमान अध्यक्ष सन्तोष प्रधानले आफ्नो कार्यकालमा महासंघका उपलब्धिहरू प्रतिबिम्बित गर्दै यसको भविष्यप्रति आशावादी व्यक्त गरेका छन् । उनले तेक्वान्दोको भूमिकाको महत्त्वमा जोड दिदै तेक्वान्दोमार्फत नेपाली संकृतिलाई प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय सहयोगको खांचो रहेकोले अन्टिएफको स्थापना भएको बताए ।

अन्टिएफका नवनिर्वाचित अध्यक्ष लभ प्रसाद गोर्खालीले आफुलाई बिश्वास गरेर अन्टिएफको नेतृत्व गर्न मौका दिएकोमा सम्पूर्ण सदस्यहरूलाई धन्यवाद दिँदै महासंघलाई अझ बलियो बनाई नेपाली तेक्वान्दोको विकासमा नयाँ योजनाहरु ल्याएर नेपाली तेक्वान्दोलाई थप उचाइमा पुर्याउन युवा संलग्नता, स्रोत परिचालन र विश्वव्यापी सञ्जालमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रिय खेलकुद परिषद्का पूर्व बरिष्ठ प्रशिक्षक, हलिउड तेक्वान्दो स्कूल पोर्टल्याण्डका संथापक प्रमुख तथा अन्टिएफका सल्लाहकार दिबाकर डान महर्जनले अन्टिएफले गर्ने तेव्कान्दोको बिकासमा सधै साथ र सहयोग गरिनुका साथै आईओएफटिसीले हरेक दुई बर्षमा गर्ने प्रतियोगितामा अन्टिएफलाई प्राथमिकता दिइने जनाएका थिए । निर्वाचन आयुक्त तथा लस एन्जल्सका स्थानी पत्रकार तथा समाजसेवी रोसन अधिकारीले निर्बिरोध सबै पदाधिकारीहरुलाई सपथ खुवाउदै बधाई दिएका थिए । निर्वाचन समितिलाई सहयोग गर्ने प्रति धन्यवाद दिदै कार्यक्रमलाई सफल बनाउन आयोजक टोलीको मेहनतको पनि प्रशंसा गरिएको थियो । 

कोषाध्यक्ष गणेश थापाले अन्टिएफको आर्थिक प्रतिवेदन पेस गरेका थिए । जसमा महासंघको आर्थिक अवस्थालाई रेखांकित गरिएको थियो । प्रतिवेदनले संस्थाको दिगो विकास सुनिश्चित गर्न पारदर्शिता र जवाफदेहिताको आवश्यकतालाई जोड दिँदै वित्तीय वृद्धिका लागि राजस्व, व्यय र योजनाहरूको विस्तृत विवरण दिएको छ ।

कार्यक्रममा उपस्थित स्थानीय बिभिन्न संघ संथाहरुका विशिष्ट अतिथिहरूले आफ्ना विचारहरू राख्दै, विश्वव्यापी नेपाली तेक्वान्दो समुदायको एकता र साझा दृष्टिकोणलाई जोड दिदै खुसी व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली तेक्वान्दोको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई समापन कार्यक्रममा प्रशंसा पत्र र सम्मान प्रदान गरिएको थियो । साँझको समापन म्युजिकल नाइट र विश्वभरका सहभागी पाहुनाहरूको लागि रात्रिभोजको साथ भएको थियो ।

विश्वभरका तेक्वान्दो खेलाडी, प्रशिक्षक र नेतृत्वकर्ताहरूको सहभागिता रहेको अन्टिएफको चौथो वार्षिक साधारण सभाले नेपाली तेक्वान्दोको विकास र अन्तर्राष्ट्रिय सहकार्यको नयाँ युगको सुरुवात गरेको छ । सभामा पारित भएका छलफल र प्रस्तावहरूले नेपाल र विदेशमा रहेका समुदायमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । 

उद्घाटन तथा समापन समारोहको सञ्चालन मुना प्याकुरेलले गरेकी थिइन् भने कार्यक्रम क्यालीफोर्नियाको लस एन्जल्सका तेक्वान्दो मास्टर, स्थानीय समाजसेवी तथा ब्यापारी अमृत महतोको संयोजकत्वमा हिमालयन ग्रिल रेस्टुरेन्ट १६४०० पेसिफिक कोस्ट हन्टिगंटन बीचमा भएको थियो ।


प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ०९:४६
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Munasri Construction Munasri Construction
थप अन्तर्राष्ट्रिय
अन्तर्राष्ट्रिय केम्पोमा नेपालले जित्यो पाँच पदक
अन्तर्राष्ट्रिय केम्पोमा नेपालले जित्यो पाँच पदक आइतबार, भदौ २८, २०८३
इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा
इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा बिहीबार, असार ३२, २०८३
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा बुधबार, असार ३१, २०८३
मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा
मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा शुक्रबार, असार २६, २०८३
म्यानचेस्टर डर्बीमा युनाइटेडले सिटीलाई हरायो
म्यानचेस्टर डर्बीमा युनाइटेडले सिटीलाई हरायो शनिबार, माघ ४, २०८२
विश्वप्रसिद्ध स्पोर्टस्वेयर ब्राण्ड केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड
विश्वप्रसिद्ध स्पोर्टस्वेयर ब्राण्ड केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड बुधबार, साउन ८, २०८२
दुर्घटनाबाट पोर्चुगिज फुटबल खेलाडी डिएगो जोटासहित दुई जनाको निधन
दुर्घटनाबाट पोर्चुगिज फुटबल खेलाडी डिएगो जोटासहित दुई जनाको निधन बिहीबार, असार १९, २०८२
Navodit College Navodit College
ताजा समाचार
एनपिएललाई आईसीसीको मान्यता ऐतिहासिक उपलब्धि: अध्यक्ष धिमिरे
एनपिएललाई आईसीसीको मान्यता ऐतिहासिक उपलब्धि: अध्यक्ष धिमिरे खेलकुद मञ्‍च
आइएचएफ नेसन्स वुमेन्स ट्रफीः माल्दिभ्सविरुद्ध नेपालको जित
आइएचएफ नेसन्स वुमेन्स ट्रफीः माल्दिभ्सविरुद्ध नेपालको जित खेलकुद मञ्‍च
कांस्य पदक भिडन्तमा रेनु पराजित
कांस्य पदक भिडन्तमा रेनु पराजित खेलकुद मञ्‍च
ओमानलाई हराउँदै नेपाल लिग टुमा छैटौं
ओमानलाई हराउँदै नेपाल लिग टुमा छैटौं खेलकुद मञ्‍च
निसर्ग बाटिकालाई १४ औं एनएसए कप पौडी उपाधि
निसर्ग बाटिकालाई १४ औं एनएसए कप पौडी उपाधि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
ओमानमाथि नेपालको ११३ रनको शानदार जित
ओमानमाथि नेपालको ११३ रनको शानदार जित
कटारीलाई दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान राष्ट्रिय रग्बीको उपाधि
कटारीलाई दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान राष्ट्रिय रग्बीको उपाधि
पौडी च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमानको ओइरो
पौडी च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमानको ओइरो
निसर्ग बाटिकालाई १४ औं एनएसए कप पौडी उपाधि
निसर्ग बाटिकालाई १४ औं एनएसए कप पौडी उपाधि
नेपालका पाँच जनालाई ओसिएको सम्मान
नेपालका पाँच जनालाई ओसिएको सम्मान
दसौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ- मन्त्री पोखरेल
दसौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ- मन्त्री पोखरेल
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
जोन डेवी कपमा पाँच टिम च्याम्पियन
जोन डेवी कपमा पाँच टिम च्याम्पियन
ओमानमाथि नेपालको ११३ रनको शानदार जित
ओमानमाथि नेपालको ११३ रनको शानदार जित
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
कांस्य पदक भिडन्तमा रेनु पराजित
कांस्य पदक भिडन्तमा रेनु पराजित सोमबार, कात्तिक ३, २०८३
ओमानलाई हराउँदै नेपाल लिग टुमा छैटौं
ओमानलाई हराउँदै नेपाल लिग टुमा छैटौं सोमबार, कात्तिक ३, २०८३
Photo Gallery
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट शनिबार, भदौ २७, २०८३
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्