काठमाडौं । सावित्रा भण्डारी सम्बाको इन्जुरी समयको गोलमा नेपालले पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ । बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा बिहीबार भएको खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा घरेलु टोली बंगलादेशले दोस्रो हाफको अग्रता लिएको थियो । खेलको ६५ औं मिनेटमा कप्तान सबिना खातुनको गोलमा बंगलादेशले अग्रता लिएको थियो । हारतर्फ उन्मुख नेपाललाई नेपालकी गोल मसिन सावित्रा भण्डारीलाई बचाएकी थिईन् ।
दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै पहिलो मैत्रीपूर्ण खेलमा बराबरी गरेकी हुन् । फिफा डेटमा भएको नेपाल र बंगलादेशबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल असार ३१ गते आइतबार हुनेछ ।
नेपालले बंगलादेशसँगको मैत्रीपुर्ण खेललाई एशियाली खेलकुदको तयारीका रुपमा समेत लिएको छ । एशियाडको तयारीमा दुई मैत्रीपुर्ण खेलका लागि ३१ सदस्यीय नेपाली राष्ट्रिय महिला फुटबल टोली मंगलबार बगंलादेशतर्फ प्रस्थान गरेको थियो ।
महिला फुटबल टोली :
गोलकिपर : एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ
डिफेन्डर : अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजा राना, विमला विक, निशा थोकर, समिक्षा घिमिरे, अञ्जली वाइवा
मिडफिल्डर : रेनुका नगरकोटे, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा शाही
फरवार्ड : सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल
प्रशिक्षक : अनन्त राज थाप (मुख्य प्रशिक्षक), पारस चौधरी (सहायक प्रशिक्षक), सुरजकुमार लामा (गोलकिपर प्रशिक्षक)