काठमाडौं । बंगलादेशसँगको दुई मैत्रीपुर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली आज मंगलबार बगंलादेशतर्फ प्रस्थान गरेको छ । नेपाली टाेली बगंलादेश एयरलाइन्समा त्यसतर्फ प्रस्थान गरेको हो ।
नेपालले बगंलादेशसँग पहिलो खेल असार २८ गते बिहिबार र दोस्रो खेल असार ३१ गते आइतबार खेल्दै छ । नेपालमा गत भदौमा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।
नेपाल त्यो हारको बदला उसकै घरेलु मैदानमा लिने लक्ष्यमा रहेको छ । नेपालले बंगलादेशसँगको मैत्रीपुर्ण खेललाई एशियाली खेलकुदको तयारीका रुपमा समेत लिएको छ । दुई मैत्रीपुर्ण खेलका लागि ३१ सदस्यीय नेपाली राष्ट्रिय महिला फुटबल टोली आज बंगलादेश लागेकाे हाे ।
महिला फुटबल टोली :
गोलकिपर : एन्जिला तुम्बापोा सुब्बा, अन्जना राना मगर, उषा नाथ
डिफेन्डर : अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजा राना, विमला विक, निशा थोकर, समिक्षा घिमिरे, अञ्जली वाइवा
मिडफिल्डर : रेनुका नगरकोटे, सरु लिम्बु विमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा शाही
फरवार्ड : सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल
प्रशिक्षक : अनन्त राज थाप (मुख्य प्रशिक्षक), पारस चौधरी (सहायक प्रशिक्षक), सुरजकुमार लामा (गोलकिपर प्रशिक्षक)