राष्ट्रिय खेलकुद परिषद्को आ.व. २०७८/०७९ को कार्यक्रम
चीनमा हुने १९ औं एसियाली खेलकुदको तयारीलाई लक्षित गरी खेलाडीहरुको पहिलो चरणको विशेष प्रशिक्षण ।
पच्चीसौं विद्यालय स्तरीय विशेष खेलकुद प्रतियोगिता ।
पारा राष्ट्रिय खेलकुदअन्तर्गत विभिन्न १३ खेलको प्रतियोगिता सञ्चालन ।
प्रथम खुला राष्ट्रिय डुंगा प्रतियोगिता ।
राष्ट्रपति खेलकुद महिला सहभागिता अभिबृद्धि कार्यक्रमअन्तर्गत सात प्रदेशका विभिन्न २१ जिल्लामा कार्यक्रम सञ्चालन गरिएको । करिब ४ हजार सहभागी । विगतामा आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिने गरेकोमा पहिलो पटक फुटबल, भलिबल, तेक्वान्दो, कराते र रग्बी खेलको प्रशिक्षण पनि दिइएको ।
केन्द्रस्तरीय १२ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता । एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसु गरी ६ खेलको प्रतियोगिता सञ्चालन ।
विभिन्न खेलका स्वयंसेवक प्रशिक्षकको क्षमता अभिबृद्धि गर्न पहिलो पटक प्रशिक्षण क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालन ।