Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • सुवास सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियन
सुवास सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियन
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2080-2-27
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबाश तामाङले जितेका छन् । उनले अन्तिम दिन ७–अन्डर ६५ को उत्कृष्ट स्कोर गरे । समग्रमा २१–अन्डर २ सय ६७ सहित उनले अर्का एमेच्योर खेलाडी सदभाव आचार्यलाई चार स्ट्रोकले हराए । सुबाशको यो सिजनको दोस्रो र करियरको पाँचौं प्रो उपाधि हो । उनले प्रो र एमेच्योर दुवैतर्फको ट्रफी आफ्नो नाममा लेखाउँदै सिजनको सानदार अन्त्य गरे ।

प्रोफेसनल गल्फरहरूले यो पटक पनि एमेच्योर खेलाडीको चुनौती पन्छाउन सकेनन् । युवा गल्फर सदभावले १–अन्डर ७१ सहित समग्रमा १७–अन्डर २ सय ७१ को स्कोरमा दोस्रो भए । उनी एमेच्योरर्फ पनि दोस्रो भए ।

धरानका निरज तामाङले आज ४–अन्डर ६८ को स्कोर निकाले र समग्रमा १२–अन्डर २ सय ७६ सहित तेस्रो भए । प्रोफेसनलतर्फ उनी पहिलो भए । उनले २ लाख ७० हजार नगद पुरस्कार प्राप्त गरे । डिफेन्डिङ च्याम्पियन शुक्र बहादुर राईले ४–अन्डर ६८ मा खेल सकाउँदा समग्रमा ११–अन्डर २ सय ७७ सहित चौंथो भए । प्रोतर्फ दोस्रो हुदै उनले १ लाख ७० हजार प्राप्त गरे ।

यो पुरस्कार राशीमा शुक्रले नम्बर एक खेलाडीको स्थानलाई जोगाएका छन् । यो सिजन उनले कुल ६ लाख ३४ हजार प्राप्त गर्दै सर्वाधिक पुरस्कार हात गरे । भुवन नगरकोटीले समग्रमा ५–अन्डर २ सय ८३ स्कोर गरे । अन्तिम दिनको खेल इभन–पार ७२ मा सकाउँदै भुवन पाँचौ भए । प्रोतर्फ उनी तेस्रो भए र १ लाख २० हजार प्राप्त गरे ।

दिनेश प्रजापति २–ओभर ७४ स्कोर गर्दै समग्रमा ३–अन्डर २ सय ८५ सहित छैटौं भए । प्रोतर्फ चौथो भएका उनले नगद एक लाख प्राप्त गरे । यसैगरी समग्रमा १–अन्डर २ सय ८७ सहित तोरण विक्रम शाही सातौं भए । उनले शुक्रबार इभन–पार ७२ मा खेल सकाए । प्रोतर्फ भने पाँचौ हुदै उनले ८६ हजार हात पारे ।

शिवराम पौडेल ३–ओभर ७५ सहित समग्रमा १–ओभर २ सय ८९ को स्कोरमा आठौं भए । उनले ७९ हजार नगद प्राप्त गरे । प्रोतर्फ उनी छैटौं स्थानमा आए । समग्रमा २–ओभर २ सय ९० सहित जयराम श्रेष्ठले ७३ हजार प्राप्त गरे । उनले ४–ओभर ७७ मा खेल सकाए । प्रोतर्फ उनी सातौ भए । पुर्ण प्रसाद शर्मा र राजेन्द्र थापा मगरले प्रोतर्फ संयुक्त रुपमा आठौं स्थान बाँडे । उनीहरूले समग्रमा ३–ओभर २ सय ९१ स्कोर गरे । उनीहरूले जनही ६५ हजार प्राप्त गरे ।

अन्तिम १८ होलको खेल बाकी छँदा सुवास सदभाव भन्दा दुई स्ट्रोकले पछि थिए । सुवास र तेस्रो दिनका लिडर सदभावले फ्रन्ट नाइन समान ३–अन्डर ३३ मा सकाए । दुवैले तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे । अन्तिम नौ होलको खेल बाकी छँदा सदभावसँग दुई स्ट्रोकको अग्रता कायमै थियो । तर ब्याक नाइनमा सदभावले लय गुमाए । १६औं होलमा बर्डी प्रहार गरेपनि १०औं, १३औं र १४औं होलमा एक–एक सट खेर फाले ।

यता सुवासले भने १०औं देखि १३औं होलसम्म लगातार तीन बर्डी प्रहार गरे । १४औं होलमा एक सट खेर फाले पनि ५–पारको १५औं होलमा इगलको सफलता प्राप्त गर्दै ब्याक नाइन ४–अन्डर ३२ मा पुरा गरे र सहजै उपाधि आफ्नो नाममा लेखाए । नीरजले फ्रन्ट र ब्याक नाइन दुवै २–अन्डर ३४ मा सकाए । दोस्रो, तेस्रो र आठौं होलमा बर्डी प्रहार गर्दा चौंथो होलमा बोगी खेपे । यसपछि १३औं र १५औं होलमा एक–एक सट खेर फाले ।

उपाधि रक्षा गर्न चुकेका शुक्रले पनि फ्रन्ट र ब्याक नाइन दुवै २–अन्डर ३४ मा सकाए । उनले पहिलो, तेस्रो, सातौं तथा ११औं देखि १४औं होलमा चार गरी कुल सात बर्डी प्रहार गरे । उनले नवौं, १५औं र १८औं होलमा बोगी खेपे । सुर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रबि के रायभरम, एनपीजीएका अध्यक्ष रविन्द्रमान श्रेष्ठ र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे ।

प्रोफेसनल गल्फर्स एसोसिएसन एनपीजीए नेपालद्वारा आयोजित तथा सुर्य नेपाल प्रालिद्वारा प्रयोजित प्रतियोगितामा ४१ प्रोफेसनल र नौ एमेच्योर गरी कुल ५० खेलाडीको सहभागिता रहेको थियो । शीर्ष २१ खेलाडीले नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत शनिबार प्रो–एम प्रतियोगिता हुनेछ । कूल २५ प्रो र १०० कर्पोरेट खेलाडीले प्रतियोगितामा भाग लिनेछन् ।


प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  ०६:०६
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Munasri Construction Munasri Construction
थप विविध खेल
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक बुधबार, असोज ७, २०८३
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात बुधबार, असोज ७, २०८३
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित शुक्रबार, असोज २, २०८३
टेबलटेनिस टोली थाइल्यान्डमा
टेबलटेनिस टोली थाइल्यान्डमा बुधबार, भदौ २४, २०८३
चन्द्रागिरी टिम च्याम्पियन
चन्द्रागिरी टिम च्याम्पियन आइतबार, भदौ १४, २०८३
एसियाड टेबलटेनिस टोलीलाई हेराल्डको प्रोत्साहन
एसियाड टेबलटेनिस टोलीलाई हेराल्डको प्रोत्साहन आइतबार, भदौ १४, २०८३
एभीएमका प्रजित र वियंका च्याम्पियन
एभीएमका प्रजित र वियंका च्याम्पियन शनिबार, भदौ १३, २०८३
Navodit College Navodit College
ताजा समाचार
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक खेलकुद मञ्‍च
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात खेलकुद मञ्‍च
सनसाइन र पाठशालालाई मिनी बास्केटबलको उपाधि
सनसाइन र पाठशालालाई मिनी बास्केटबलको उपाधि खेलकुद मञ्‍च
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित खेलकुद मञ्‍च
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित
सनसाइन र पाठशालालाई मिनी बास्केटबलको उपाधि
सनसाइन र पाठशालालाई मिनी बास्केटबलको उपाधि
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
नेपालले पिकलबलको विश्वकप खेल्ने
नेपालले पिकलबलको विश्वकप खेल्ने
डट्स ई-स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि
डट्स ई-स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि
माफ बास्केटबलमा ४४ टोली
माफ बास्केटबलमा ४४ टोली
चन्द्रागिरी टिम च्याम्पियन
चन्द्रागिरी टिम च्याम्पियन
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात बुधबार, असोज ७, २०८३
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक बुधबार, असोज ७, २०८३
Photo Gallery
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट शनिबार, भदौ २७, २०८३
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्