काठमाडौं । एसियन गेम्सको दोस्रो चरणको छनौट अन्तर्गत आज भएको खेलमा महिला ५० किलो तौल समुहमा नक्सालका शुस्मा तामाङले यच टू ओका अस्मिता दुवाललाई ४:१ को स्पिलिट डिसिजनको आधारमा पराजित गर्दै दोस्रो चरणको छनौट पार गर्न सफल भएका छन् । भने ५४ किलो तौल समुहमाआर्मीकामिनु गुरुङ्गले बक्समाण्डुका अन्जली तेलीलाई ३:२ को स्पिलिट डिसिजनको आधारमा पराजित गर्दै दोस्रो चरणको छनौट पार गर्न सफल रहेका छन् ।
त्यसैगरी महिला ५७ तौलसमुहमा आर्मीका चन्द्रकला थापाले एपीएफका निता तामाङ्गलाई ५:० को आधारमा पराजित गरे भने ६० किलो तौल समुहमा एपीएफका संगिता सुनारलाई टिएसीका वर्षा श्रेष्ठले वाकओभर दिईन् । त्यसै गरी महिला ६६ किलो तौल समुहमा एपीएफका विनिता थापा मगरले आर्मीकानिरु गुरुङ्गलाई ५:० को युनानिमस डिसिजनमा पराजित गर्दै विजय हासिल गरिन । ७५ किलो तौल समुहमा एपीएफका सरस्वति राना मगरले एपीएफबीका मनिता राईलाई ५:० को युनानिमस डिसिजनको आधारमा पराजित गरिन् ।
पुरुषतर्फका खेलहरुमा ५१ किलो तौल समुहमा एनपीसीका चन्द्र थापाले यचटुओका रविन थापालाई ३:२को स्पिलिट डिसिजनको आधारमा पराजित गरे । पुरुष ५७ किलो तौल समुहमा एचटूओका बुद्ध ग्याल्मो लामाले बोसीगाँउका सुलभमालीलाई ५:० को आधारमा पराजित गरे । ६३.५ किलो तौल समुहमा एनपी सीका भुपेन्द्र थापामगरले जेनेक्सका मौसम रानामगरलाई ५:० को युनानीमस डिसिजनको आधारमा पराजित गरे । भने ७१ किलो तौल समुहमा आर्मीका दिपेश लामाले सुदूरका भरत चन्दलाई ५ः० को युनानिमस डिसिजनको आधारमा पराजित गरे । त्यसै गरी पुरुष ८० किलो तौल समुहमा आर्मीका दिपक श्रेष्ठले बक्समाण्डुमा मनोज तामाङ्गलाई ५:० को आधारमा पराजित गरे भने पुरुष ९२ किलो तौल समुहमा एपीएफका रविन नेपालले गण्डकीका दिपक सुनवारलाई वाक ओभरको डिसिजनको आधारमा पराजित गरे ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले छनोट प्रतिस्पर्धाको अवलोकन गरेका थिए । उक्त अवसरमा नेपाल बक्सिङ्ग संघका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुन बहादुर केसी, उपाध्यक्ष किरण बहादुर श्रेष्ठ, केन्द्रीय सदस्य एवम् ओलम्पियिन रामबहादुर गिरि, केन्द्रीय सदस्यओम नारायण भण्डारी, मानबहादुर भण्डारी, श्यामकाजी अवाले, केन्द्रीय सदस्य एवम् आईटिओज पुष्कर राजपन्त, १० औं एसियन गेम्सका काश्य पदक विजेता एवम् आईवाथ्री स्टार कोच दिपक महर्जन, तालिम तथा प्रशिक्षण विभागका निर्देषक एवम मुख्य प्रशिक्षक प्रचण्ड शर्मा तथा तालिम तथा प्रशिक्षण विभागका उपनिर्देषक एवम ओलम्पियन विष्णु बहादुर सिंह, बागमती प्रदेश बोर्ड सदस्य धनकुमार मैनालीलगायतको उपस्थिति रहेको थियो ।