Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • दोस्रो बागमती प्रदेश खेलकुदको आइतबार भव्य उद्घाटन
दोस्रो बागमती प्रदेश खेलकुदको आइतबार भव्य उद्घाटन
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2080-2-8
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

हेटौंडा । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताको एक भव्य समारोहकाबीच आइतबार उद्घाटन भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले पानसमा दीप प्रज्वलन गरी प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

त्यसअघि उद्घाटन समारोहमा १३ जिल्लाका खेलाडी, तीन विभागीय टोली नेपाल आर्मी, पुलिस र सशस्त्र प्रहरी बल, खेल निर्णायक तथा प्रशिक्षक र विभिन्न जातजातीका समूहले मार्चपास गरेका थिए । सो अवसरमा ठूलो आतिसीबाजी भएको थियो । उद्घाटन समारोहमा सशस्त्र प्रहरी बल र आर्मीलगायतले विभिन्न जातजाती र भेषभुसा झल्कने नृत्य प्रस्तुत गरे ।

प्रमुख अतिथी जमकट्टेलद्वारा हस्तान्तरण गरिएको ओलम्पिक टर्चलाई ओलम्पियनहरू भक्तबहादुर सापकोटा, जितबहादुर मोक्तान र रामबहादुर गिरीले टर्च  र्याली गराएका थिए । एथ्लेटिक्सका प्रमुख प्रशिक्षक चन्द गुरुङले प्राविधिकको तर्फबाट सपथ लिए । आयोजक बागमती प्रदेशका सदस्यसचिव तथा प्रतियोगिता संयोजक सूर्यलाल भण्डारीले प्रतियोगिताका आगन्तुक पाहुनालाई स्वागत गर्दै कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको रूपमा पनि यो प्रतियोगितालाई लिइएको बताए ।

बागमती प्रदेश सरकारको सहयोगका कारण खेलाडीहरूका लागि नियमित रूपमा हुनुपर्ने प्रदेशको ठूलो आयोजना गर्न सम्भव रहेको उनको भनाइ रह्यो । मुख्यमन्त्री जमकट्टेलले जारी प्रतियोगिता मात्र नभई यो प्रदेशले अन्तर प्रदेश खेलकुद प्रतियोगिता पनि गर्नुपर्ने बताए । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले कर्णाली प्रदेशमा हुने राष्ट्रिय खेलकुदका लागि यो प्रदेशले आफूलाई उत्कृष्ट तयारी गराउन सक्ने औंल्याए ।

उद्घाटन समारोहमा बागमती प्रदेश खेलकुद परिषद्की अध्यक्ष तथा सामाजिक विकास मन्त्री कुमारी मोक्तान, बाग्मती प्रदेशका मन्त्रीहरू, राखेपका बोर्ड सदस्यद्वय अन्जन धमला, प्रकास कुसारी र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायत उपस्थिति थिए । प्रतियोगितामा बाग्मति प्रदेशका १३ जिल्लाका कुल दुई हजार पाँच सय दुई खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा १४२७ पुरुष र १०७५ महिला खेलाडी रहेको प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव सूूर्यलाल भण्डारीले जनाएका छन् ।

काठमाडौंमा जुडो र उसु, ललितपुरमा पौडी तथा चितवनमा क्रिकेटका प्रतिस्पर्धा हुनेछन् । बाँकी ९ खेल मकवानपुरका विभिन्न खेल मैदानमा हुने आयोजकले जनाएको छ । प्रतियोगिता जेठ १३ गतेसम्म सञ्चालन हुनेछ । पहिलो दिन चितवनमा क्रिकेट खेल सुरु भइसकेको छ । बाँकी खेल भने सोमबारदेखि सुरु हुँदै छ । प्रतियोगितामा २१९ स्वर्ण, २१९ रजत र ३५६ कांस्य गरी कुल सात सय ९४ पदकका लागि १३ जिल्लाका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको स्वर्ण विजेताले पाँच हजार, रजत पदक विजेता चार हजार र कांस्य विजेताले तीन हजार पुरस्कार पाउने बागमती प्रदेश खेलकुद परिषद्का कार्यालय प्रमुख देवनारायण चौधरीले जानकारी दिए । प्रतियोगिताका लागि कुल ९ करोड रुपैयाँ अनुमानित खर्च हुने आयोजकले जनाएको छ ।

महिला क्रिकेटमा चितवन र काठमाडौं विजयी

काठमाडौं र चितवनले बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा आइतबार विजयी सुरुआत गरेका छन् । चितवनको गौतम बुद्ध क्रिकेट मैदानमा आइतबारदेखि सुरु भएको महिला क्रिकेटमा काठमाडौंले भक्तपुरलाई ६ विकेट र चितवनले ललितपुरलाई १० विकेटले हराउँदै विजयी सुरुआत गरेका हुन् । बागमती प्रदेश खेलकुद प्रतियोगितामा सहभागी १३ खेलमध्ये महिला क्रिकेट पहिलो प्रतिस्पर्धा हो । सोमबार भएको पहिलो खेलमा भक्तपुरले प्रस्तुत गरेको ७५ रनको लक्ष्य काठमाडौंले ९.४ ओभरमा चार विकेटको क्षतिमा पूरा  गर्यो । काठमाडौंको जितमा यशोदा विष्टले सर्वाधिक १४ रन, विन्दा कटवालले १३ रन र अस्मिता खरेलले ११ रनको योगदान दिए ।

भक्तपुरले अतिरिक्त ३५ रन खर्चिएपछि काठमाडौंलाई जित निकाल्न सहज भयो । भक्तपुरकी पूजा साउदले दुई तथा स्वेच्छा खड्काले एक विकेट लिइन् । त्यसअघि ब्याटिङ गरेको भक्तपुरले निर्धारित २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेटको क्षतिमा ७५ रनको झिनो योगफल खडा गर्‍यो । भक्तपुरका लागि एलिशा खड्काले २२ रन र पूजा साउदले १० रनबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् । काठमाडौंको बलिङमा अस्मिता खरेलले तीन विकेट तथा यशोदा विष्ट र संस्कृति फुँयालले एक विकेट लिए ।

अर्को खेलमा ललितपुरले प्रस्तुत गरेको ८८ रनको लक्ष्य चितवनले ९ ओभरमा विनाविकेट पूरा गर्यो । चितवनको जितमा ओपनरद्वय हेलिसा गुरुङ १९ रन र सुमन खतिवडा ५३ रनमा अविजित रहे । अर्धसतक प्रहार गरेकी सुमनको इनिङमा ९ चौका र एक छक्का रह्यो । ललितपुरका बलर यी ओपनरसामू निरिह भए । त्यसअघि ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ८७ रनको योगफल खडा गर्यो ।

ललितपुरका लागि यशु पाण्डले १६ रन र दीपा पौडेलले ११ रन बटुल्दा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् । चितवनको बलिङसामू ललितपुरका ब्याटर लामो समय टिक्नै सकेनन् । चितवनको बलिङमा हेलिशा, निसा तामाङ र सुमन खतिवडाले समान दुई/दुई विकेट लिँदै ललितपुरको ब्याटिङ धरासयी बनाए ।


प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ०६:०५
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
एसियाली पारा तेक्वान्दोमा पलेशालाई कांस्य
एसियाली पारा तेक्वान्दोमा पलेशालाई कांस्य सोमबार, जेठ ११, २०८३
भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि
भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि शुक्रबार, जेठ ८, २०८३
प्रदीप र आयुशमान सेमिफाइनलमा
प्रदीप र आयुशमान सेमिफाइनलमा बुधबार, वैशाख १६, २०८३
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने बुधबार, वैशाख १६, २०८३
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन आइतबार, वैशाख १३, २०८३
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस शनिबार, वैशाख १२, २०८३
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन शनिबार, वैशाख १२, २०८३
Navodit College Navodit College
ताजा समाचार
एसियाली पारा तेक्वान्दोमा पलेशालाई कांस्य
एसियाली पारा तेक्वान्दोमा पलेशालाई कांस्य खेलकुद मञ्‍च
काभ्यालाई यु–१६ फुटसल उपाधि
काभ्यालाई यु–१६ फुटसल उपाधि खेलकुद मञ्‍च
नागरिक उड्डयन र ग्लोबल आईएमइ च्याम्पियन
नागरिक उड्डयन र ग्लोबल आईएमइ च्याम्पियन खेलकुद मञ्‍च
भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि
भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि खेलकुद मञ्‍च
प्रदीप र आयुशमान सेमिफाइनलमा
प्रदीप र आयुशमान सेमिफाइनलमा खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि
भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि
नागरिक उड्डयन र ग्लोबल आईएमइ च्याम्पियन
नागरिक उड्डयन र ग्लोबल आईएमइ च्याम्पियन
काभ्यालाई यु–१६ फुटसल उपाधि
काभ्यालाई यु–१६ फुटसल उपाधि
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
नागरिक उड्डयन र ग्लोबल आईएमइ च्याम्पियन
नागरिक उड्डयन र ग्लोबल आईएमइ च्याम्पियन आइतबार, जेठ १०, २०८३
काभ्यालाई यु–१६ फुटसल उपाधि
काभ्यालाई यु–१६ फुटसल उपाधि आइतबार, जेठ १०, २०८३
Photo Gallery
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्