काठमाडौं । चीनमा आयोजना हुने १९ औं एशियन गेम्सका लागि बक्सिङ खेलको प्रारम्भिक छनोट बुधबार सम्पन्न भएको छ । आज सम्पन्न भएको महिला ५० केजी तौल समुहको फाइनल खेलमा बागमती प्रदेशकी अस्मिता दुवालले ४ः३ अंकको आधारमा लुम्बिनी प्रदेशकी माया के.सी.लाई पराजित गर्दै छनौट हुन सफल भईन् ।
यसैगरी महिला तर्फ ५४ केजी तौल समुहमा सशस्त्र प्रहरीकि सन्जुमाया थिङलाई ५ः० अंकको आधारमा नेपाल आर्मीकी मिनु गरुङले जित हासिल गर्दै छनौट हुन सफल भएकी छिन् । महिला तर्फ ५७ केजी तौल समुहमा सशस्त्र प्रहरीकि निता गोसाईलाई ५ः० अंकको आधारमा नेपाल आर्मीकि चन्द्रकला थापाले जित हासिल गर्दै छनौट हुन सफल भएकीछिन् ।
त्यसैगरी ६० केजी तौल समुहमा सशस्त्र प्रहरीकी शर्मिला तामाङलाई आरएसि–आईको आधारमा नेपाल आर्मीकि वर्षा श्रेष्ठले जित हासिल गर्दै छनौट हुन सफल भएकीछिन् । ६६ केजी तौल समुहमा सशस्त्र प्रहरीकी माया चौधरीलाई ५ः० अंकको आधारमा नेपाल आर्मीकी निरु गुरुङले जित हासिल गर्दै छनौट भईन् । त्यसैगरी महिला ७५ केजी तौल समुहमा नेपाल आर्मीकि संगिता दङ्गाललाई ४ः३ अंकको आधारमा सशस्त्र प्रहरीकि मनिता राईले जित हासिल गर्दै छनौट भईन् ।
पुरुष तर्फ ५१ केजी तौल समुहमा नेपाल प्रहरीका चन्द्र बहादुर थापालाई ४ः३ अंकको आधारमा नेपाल आर्मीका सुशील थापाले जित हासिल गर्दै छनौट भए । भने ५७ केजी तौल समुहमा नेपाल आर्मीकाखेलाडी पुरन सुनुवारलाई ५ः० अंकको आधारमा बागमती प्रदेशका बुद्ध ग्याम्जो लामाले जित हासिल गर्दै छनौट भए ।
त्यसैगरी पुरुष ६३.५ केजी तौल समुहमा बागमती प्रदेश मकवानपुरका खेलाडी सोहन राईलाई ४ः१ अंकको आधारमा बागमती प्रदेश (जिनेक्श) का खेलाडी मौसम रानामगरले जित हासिल गर्दै छनौन भए । भने ७१ केजी तौल समुहमा लुम्बिनीका विकास रानामगरलाई आरएससीको आधारमा नेपाल आर्मीका खेलाडी दिपेश लामाले जित हासिल गर्दै छनौट भए ।
पुरुष ८० केजी तौल समुहमा सशस्त्र प्रहरीका खेलाडी सशस्त्र प्रहरीका खेलाडी सुमन कार्कीलाई के ओ का आधारमा नेपाल आर्मीका खेलाडी दिपक श्रेष्ठ छनौट भए । भने ९२ केजी तौल समुहमा नेपाल आर्मीका खेलाडी महेन्द्र केसी लाई ५ः० अंकको आधारमा गण्डकी प्रदेशका खेलाडी दिपक सुनारले जित हाुिल गर्दै छनौट भए भने ९२+ केजी तौल समुहमा नेपाल आर्मीका खेलाडी आशिष दुवाडी छनौट भए ।