Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्डमा लुम्बिनीको ह्याट्रिक
केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्डमा लुम्बिनीको ह्याट्रिक
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2080-1-17
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । लुम्बिनी प्रदेशले १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि आइतबार जितेको  छ । लुम्बिनीले २० स्वर्ण, ८ रजत र ५ कांस्य पदक जित्दै उपाधि माथि ह्याट्रिक गर्यो  । लुम्बिनीले ११ औं संस्करणमा २० स्वर्ण तथा १२ औं संस्करणमा १६ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको थियो ।

युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा बागमती प्रदेश १० स्वर्ण, १६ रजत र १३ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको कोशी प्रदेशले ७ स्वर्ण, ५ रजत र ११ कांस्य हात पार्यो ।

सुदूरपश्चिम प्रदेश ६ स्वर्ण, ११ रजत र १८ कांस्यसहित चौथो, कर्णाली प्रदेश ४ स्वर्ण, ३ रजत र १० कांस्यसहित पाँचौं तथा गण्डकी प्रदेश ३ स्वर्ण, ६ रजत र ५ कांस्यसहित छैटौं स्थानमा रहे । सातै प्रदेश सहभागी प्रतियोगितामा स्वर्णविहीन मधेश प्रदेश सातौं भयो । मधेशले २ रजत र ६ कांस्य हात पार्यो ।

विजेतालाई राखेपका उपाध्यक्ष शिव कोइराला, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, प्रदेश खेलकुद परिषद्, गण्डकी प्रदेशका सदस्य–सचिव घनश्याम पौडेल, राखेपका सदस्य प्रकाश कुसारी, जनक बर्तौला, चन्द्राबदना राई, खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो । ६ खेलमा सातै प्रदेशका ६ सय ५८ खेलाडी सहभागी थिए ।

एथलेटिक्सतर्फ छात्र÷छात्रामा समान १३–१३, भलिबल र कबड्डीतर्फ छात्र÷छात्रामा समान १–१, करातेतर्फ छात्र÷छात्रामा समान ४–४ तथा उसु र तेक्वान्दोतर्फ छात्र÷छात्रामा समान ३–३ स्वर्ण गरी जम्मा ५० स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न राखेपका सदस्य–सचिव टंकलाल घिसिङको संयोजकत्वमा ११ सदस्यीय प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको थियो ।

व्यक्तिगत, समूहगत र शीर्ष तीन स्थान हात पार्नेलाई नगद पुरस्कार प्रदान गरिएको थियो । कुल पुरस्कार राशी ८ लाख ८५ हजार रुपैयाँ वितरण गरियो । जुनियर राष्ट्रिय कीर्तिमानका लागि छुट्टै १५ हजारका दरले नगद पुरस्कार प्रदान गरियो । जम्मा ३ कीर्तिमान बने ।

एथलेटिक्स : रिलेमा सुदूरपश्चिमको कीर्तिमान

सुदूरपश्चिम प्रदेशले १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र ४ गुणा ४ सय मिटर रिलेमा आइतबार जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चन्द्र बोहरा, अमित आउजी, कविर कामी र सुक्विर पोखरेलको सम्मिलित सुदूरपश्चिम टोलीले ३ मिनेट ३१.०० सेकेन्ड समयमा निर्धारित दूरी तय गर्दै नयाँ जुनियर राष्ट्रिय कीर्तिमान रच्यो । लुम्बिनी प्रदेशका सिमन पाण्डे, लेखनाथ महरा, बेद ओली र श्रवण केवतले २०७६ सालमा स्थापित गरेको ३ मिनेट ३२.३ सेकेन्डको कीर्तिमान सुदूरपश्चिमले भंग गरेको हो । प्रतियोगितामा योसहित जम्मा ३ जुनियर राष्ट्रिय कीर्तिमान बने । अघिल्लो दिन लुम्बिनीका सुदिप थारुले छात्र लङजम्प तथा सुदिप नै सम्मिलित सुजल डाँगी, तुलसीराम थारु र रोशन थारुको टोलीले ४ गुणा १ सय मिटर रिलेमा कीर्तिमान बनाएका थिए ।

छात्रा ४ गुणा ४ सय मिटर रिलेमा लुम्बिनीले स्वर्ण, सुदूरपश्चिमले रजत तथा कर्णालीले कांस्य पदक जिते । छात्र २ सय मिटर दौडमा लुम्बिनीका सुजल डाँगीले स्वर्ण जिते । उनले निर्धारित दूरी २३.० सेकेन्डमा पूरा  गरे । सुजलले योसहित प्रतियोगितामा १ कीर्तिमानीसहित ३ स्वर्ण हात पारे । उनले १ सय मिटर दौडमा पनि स्वर्ण जितेका थिए । ३ हजार मिटर दौडमा सुदूरपश्चिमका अमित आउजी पहिलो भए । उनले निर्धारित दूरी तय गर्न ९ मिनेट २८.१ सेकेन्ड समय खर्चे । ट्रिपलजम्पमा कोशीका राजीव ढुंगाना (१३.५० मिटर) तथा सटपुटमा कर्णालीका धीरेन्द्र विक (१२.०९ मिटर) ले शीर्ष स्थान हात पारे ।

छात्रा २ सय मिटर दौडमा लुम्बिनीकी रेसु चौधरी २८.० सेकेन्ड समयसाथ पहिलो स्थानमा रहिन् । रेसुले ट्रिपलजम्पमा पनि (१०.१४ मिटर) स्वर्ण जितिन् । रेसुले प्रतियोगितामा ३ व्यक्तिगतसहित ४ स्वर्ण चुमिन् । रेसुले १ सय मिटर दौड र ४ गुणा १ सय मिटर रिलेमा पनि स्वर्ण जितेकी थिइन् । ३ हजार मिटर दौडमा लुम्बिनीकी मोतीकला डाँगीले दूरी ११ मिनेट २४.५ सेकेन्डमा पूरा गर्दै पहिलो भइन् । सटपुटमा बागमतीकी अप्सरा श्रेष्ठ (८.६२ मिटर) ले स्वर्ण हात पारिन् ।

एथलेटिक्समा लुम्बिनीको वर्चस्व रह्यो । जम्मा २६ स्वर्णका लागि भएको प्रतिस्पर्धामा लुम्बिनीले १६ स्वर्ण कब्जा गर्यो । कर्णालीले ३, बागमती, सुदूरपश्चिम र गण्डकीले समान २–२ तथा कोशीले १ स्वर्ण जिते ।

कराते : कोशीलाई सर्वाधिक ४ स्वर्ण

कोशी प्रदेशले करातेमा सर्वाधिक ४ स्वर्ण जितेको छ । ८ स्पर्धा समावेश करातेमा ४ स्वर्णका लागि अलावा कोशीले थप १ रजत र २ कांस्य पनि जित्यो । बागमतीले २ स्वर्ण तथा गण्डकी र लुम्बिनीले समान १–१ स्वर्ण हात पारेको करातेका पूर्व प्रशिक्षक राजेन्द्र कपालीले जनाएका छन् ।

सातदोबाटोस्थित कराते हलमा भएको प्रतियोगिताको अन्तिम दिन ३ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । छात्र ४२ केजीमुनि लुम्बिनीका प्रकाश पुन मगरले कोशीका आदेश चहार तथा ४७ केजीमुनि कोशीका दिपेश कार्कीले बागमतीका सुजन खड्गीलाई पराजित गरी पहिलो भए । छात्रा ५० केजीमुनि कोशीकी सिर्जना खुलालले फाइनलमा गण्डकीकी प्रीति तामाङलाई हराउदै स्वर्ण जितिन् ।

उसु : रविन्द्र पहिलो

उसुको छात्रतर्फ छाङ छ्वानमा बागमतीका रविन्द्र आले मगरले स्वर्ण, सुदूरपश्चिमका ओमप्रकाश कोलीले रजत र कर्णालीका चन्द्रबहादुर रोकायले कांस्य जिते । थाउलोको विभिन्न ६ स्पर्धा समावेश उसुमा बागमतीले ३ स्वर्ण, ३ रजत र १ कांस्य जित्यो । सुदूरपश्चिमले २ स्वर्ण, ३ रजत र २ कांस्य तथा कोशीले १ स्वर्ण र १ कांस्य हात पारे ।

तेक्वान्दो : तेक्वान्दोमा लुम्बिनी अगाडि

तेक्वान्दोमा लुम्बिनी सहभागी सातै प्रदेश भन्दा अगाडि रहने क्रममा २ स्वर्ण, २ रजत र १ कांस्य पदक  जित्यो । तेक्वान्दोमा पनि ६ स्पर्धामा खेल भएको थियो । बागमती २ स्वर्ण, १ रजत र २ कांस्यसाथ दोश्रोमा रह्यो । तेश्रो स्थानको सुदूरपश्चिमले १ स्वर्ण, ३ रजत र ३ कांस्य पदक हात पार्यो । बाँकी १ स्वर्ण कोशीको पोल्टामा गयो । कोशीले थप ४ कांस्य पनि हात पार्यो ।

सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको प्रतियोगिताको छात्र ४५ केजीमुनि बागमतीका कैलाश थापा, ४८ केजीमुनि कोशीका सुशन थापा र ५१ केजीमुनि बागमतीका निरजज्यु ठकुरी पहिलो भए । छात्रा ४२ केजीमुनि सुदूरपश्चिमकी दिपा सन्जेल, ४४ केजीमुनि लुम्बिनीकी ममता मल्ल र ४६ केजीमुनि लुम्बिनीकै दिपशिखा रानाभाट शीर्ष स्थानमा रहे ।

भलिबल : कर्णाली र बागमती अब्बल

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको भलिबलको छात्रमा कर्णाली र छात्रामा बागमतीले उपाधि जितेका छन् । छात्रको फाइनलमा कर्णालीले गण्डकीलाई २५–२१, १४–२५, १६–२५, ३१–२९ र १५–१२ ले पराजित गर्यो । लुम्बिनी र बागमती तेश्रो भए । छात्राको उपाधि भिडन्तमा बागमतीले लुम्बिनीलाई २२–२५, २५–१९, २५–२३ र २५–१७ ले हरायो । कर्णाली र गण्डकीले तेश्रो स्थानमा चित्त बुझाए ।

कबड्डी : लुम्बिनी र सुदूरपश्चिम च्याम्पियन

कबड्डीको छात्रमा लुम्बिनी तथा छात्रामा सुदूरपश्चिम च्याम्पियन बने । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छात्र फाइनलमा लुम्बिनीले कोशीलाई ४२–२३ ले पराजित गर्यो । सुदूरपश्चिम र गण्डकी तेश्रो भए । छात्राको फाइनलमा सुदूरपश्चिमले बागमतीलाई ३६–१२ ले हरायो । कोशी र गण्डकी संयुक्त रुपमा तेश्रो भए ।


प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  २१:०४
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
सदस्य सचिव र विश्व एन्टी डोपीङ डाइरेक्टरबीच भेट
सदस्य सचिव र विश्व एन्टी डोपीङ डाइरेक्टरबीच भेट मंगलबार, मंसिर २४, २०८२
राखेप सदस्यसचिव रामचरित्रले गरे पदभार ग्रहण
राखेप सदस्यसचिव रामचरित्रले गरे पदभार ग्रहण शुक्रबार, मंसिर २०, २०८२
राखेपद्वारा सदस्य-सचिव घिसिङको बिदाई
राखेपद्वारा सदस्य-सचिव घिसिङको बिदाई शुक्रबार, मंसिर १३, २०८२
विश्व कराते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली इजिप्ट जाने
विश्व कराते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली इजिप्ट जाने शुक्रबार, मंसिर ६, २०८२
एथलेटिक्स साफ पदक विजेतालाई राखेपको बधाई
एथलेटिक्स साफ पदक विजेतालाई राखेपको बधाई बिहीबार, मंसिर ५, २०८२
महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई
महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई शुक्रबार, कात्तिक २९, २०८२
खेलाडीको स्वास्थ्य उपचारका लागि राखेप र नाम्सबीच सहकार्य
खेलाडीको स्वास्थ्य उपचारका लागि राखेप र नाम्सबीच सहकार्य शुक्रबार, कात्तिक १, २०८२
Navodit College Navodit College
ताजा समाचार
भ्याली पब्लिक बास्केटबलमा सत्यसाइ र सेबको जित
भ्याली पब्लिक बास्केटबलमा सत्यसाइ र सेबको जित खेलकुद मञ्‍च
प्याब्सन बास्केटबलमा पुष्पसदनको दोहोरो जित
प्याब्सन बास्केटबलमा पुष्पसदनको दोहोरो जित खेलकुद मञ्‍च
नेपालका लालप्रसाद आईबा मेन्स वर्ल्ड बक्सिङको क्वाटरफाइनलमा
नेपालका लालप्रसाद आईबा मेन्स वर्ल्ड बक्सिङको क्वाटरफाइनलमा खेलकुद मञ्‍च
विराटनगरमाथि शानदार जित निकाल्दै सुदूरपश्चिम एनपीएलको फाइनलमा
विराटनगरमाथि शानदार जित निकाल्दै सुदूरपश्चिम एनपीएलको फाइनलमा खेलकुद मञ्‍च
ह्वाइट हेभेन र वेदव्यासलाई उपाधि
ह्वाइट हेभेन र वेदव्यासलाई उपाधि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा
पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा
कर्णालीसँग पराजित साबिक विजेता जनकपुरले पुछारमा रहँदै टुंग्यायो दोस्रो एनपीएल
कर्णालीसँग पराजित साबिक विजेता जनकपुरले पुछारमा रहँदै टुंग्यायो दोस्रो एनपीएल
विराटनगरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
विराटनगरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
चितवनमाथि जनकपुरको सानदार जित
चितवनमाथि जनकपुरको सानदार जित
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
वुल्भ्समाथि म्यानचेस्टर युनाइटेडको शानदार जित
वुल्भ्समाथि म्यानचेस्टर युनाइटेडको शानदार जित मंगलबार, मंसिर २४, २०८२
आयोजक एलए ब्वाइज फुटबलमा च्याम्पियन
आयोजक एलए ब्वाइज फुटबलमा च्याम्पियन सोमबार, मंसिर २३, २०८२
सकुनलाई कल्बा अन्तर्राष्ट्रिय जुडोमा रजत
सकुनलाई कल्बा अन्तर्राष्ट्रिय जुडोमा रजत सोमबार, मंसिर २३, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्