Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • अरुणा र अञ्जन वर्ष खेलाडी, बाँकी अवार्ड क-कसले जिते ?
अरुणा र अञ्जन वर्ष खेलाडी, बाँकी अवार्ड क-कसले जिते ?
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2079-11-23
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । भलिबलकी अरुणा शाही र फुटबलका अञ्जन बिष्ट एनएसजेएफ बजार पल्सर स्पोर्ट्स अवार्ड २०७८ को वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको अवार्ड कार्यक्रममा अञ्जन पुरुषमा तथा अरुणा महिलामा वर्ष खेलाडी घोषित भएकी हुन् ।

पुरुषतर्फका विजेता अञ्जनले क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल तथा फुटबलका किरणकुमार चेम्जोङलाई पछाडि पारे । अञ्जनले साफ च्याम्पियनसिपमा नेपाललाई पहिलोपटक फाइनलमा पुर्‍याउन मद्दत गरेका थिए ।

वर्ष महिला खेलाडी घोषित भलिबलकी अरुणाले क्रिकेटका सीता रानामगर र रुविना क्षेत्री, एथ्लेटिक्सकी पुष्पा भण्डारी र बक्सिङ पुनम रावललाई पछि पारिन् । अरुणाकै कप्तानी नेपालले बंगलादेश सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि रक्षा गरेको थियो । पुरुष र महिलामा अवार्ड विजेताले बजार पल्सर मोटरसाइल प्राप्त गरे ।

भलिबलकै उषा भण्डारीले पिपुल्स च्वाइस अवार्ड जितिन् । ईसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा उषा विजेता भएकी हुन् । सर्वाधिक ३८ प्रतिसत मत प्राप्त गर्दै विजेता भएकी उषाले बजार पल्सर मोटरसाइकल प्राप्त गरिन् । यो अवार्डको मनोनयनमा क्रिकेटका आसिफ सेख, फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामा थिए ।

वर्ष उत्कृष्ट प्रशिक्षक भने फुटबलका अब्दुल्लाह अलमुताइरी घोषित भए । यो अवार्ड विजेताले पनि पल्सर मोटरसाइकल पाए । उनको प्रशिक्षणमा नेपाल माल्दिभ्समा सम्पन्न १३औं साफ च्याम्पियसिपको फाइनलमा पुगेको थियो । अब्दुल्लाहले पारा तेक्वान्दोका कविराज नेगी लामा, बक्सिङका दीपक महर्जन, क्रिकेटका डेभ ह्वाटमोर र भलिबलका जगदीश भट्टलाई पछि पारे ।

फुटबलका मनीष डाँगी युवा वर्ष खेलाडी घोषित भए । उनले फुटबलकै प्रीति राई, ब्याटमिन्टनकी रसिला महर्जन, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, भलिबलकी उषा भण्डारीलाई पछि पार्दै यो अवार्ड जिते ।

मनीषले अन्तर्राष्ट्रिय फुटबल पदार्पणमा एसियाली फुटबलको हेभिवेट राष्ट्र इराकविरुद्ध दर्शनीय गोल गरेका थिए । साथै साफ फुटबल च्याम्पियनसिपको उद्घाटन खेलमा आयोजक माल्दिभ्सविरुद्ध निर्णायक गोल गरेका मनीषले सोही वर्ष मच्छिन्द्र क्लबलाई लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । यससँगै मनीषले पनि बजाज पल्सर मोटरसाइकल प्राप्त गरे ।

पारा तेक्वान्दोकी खेलाडी पलेशा गोवर्धन पारा एथ्लिट अवार्डबाट सम्मानित भइन् । उनले ट्रफीसँगै ५० हजार नगद पुरस्कार पाइन् । पलेशाले जापानमा सम्पन्न पारालम्पिकमा कांस्य पदक प्रतिस्पर्धासम्मको यात्रा तय गरेकी थिइन् । सोही वर्ष नै पलेशाले बहराइनमा सम्पन्न एसियन युथ पारा गेम्समा एक स्वर्ण जितेकी थिइन् । अन्तर्राष्ट्रिय एसियन खेल पत्रकार अवार्ड कतारका मोहम्मद हेजीले प्राप्त गरेका छन् ।

एथ्लेटिक्सका प्रशिक्षक रघुराज वन्तले लाइफटाइट एचिभमेन्ट अवार्ड जिते । साथै उनले पनि ५० हजार रुपैयाँ पुरस्कार पाए । स्पेसल अवार्डबाट ब्याडमिन्टनका दानबहादुर तामाङ र मायादेवि मोक्तान सम्मानित भए ।

आफ्ना तीन सन्तानलाई ब्याडमिन्टनका राष्ट्रिय च्याम्पियन बनाउन सफल तामाङ दम्पतीले विशेष अवार्डका साथै ५० हजार रुपैयाँ पाए । तामाङ दम्पती राष्ट्रिय च्याम्पियनत्रय सरादेवी, नङ्सल र रत्नजित तामाङका बुबाआमा हुन् । २०७८ सालमा नेपाली खेलकुद क्षेत्रको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा योगदान पुर्‍याउने खेलाडी तथा खेलव्यक्तित्वलाई अवार्डबाट पुरस्कृत गरिएको हो ।

१९ औं संस्करणको पल्सर अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको थियो । सहप्रायोजकहरूमा सूर्य नेपाल प्राली, ईसेवा, रोयल सिंगी होटल, एडिडास, इमेजिङ, प्लाजा होटल गु्रप, सुबिसु र न्यु होराइजन कार्पेट इन्डस्ट्री छन् । सहयोगी संस्थामा राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र बाग्मती प्रदेश खेलकुद विकास परिषद् रहेको थियो ।

अवार्ड विजेताहरु :

युवा खेलाडी : मनिष डाँगी (फुटबल)

प्यारा एथलिट : पलेशा गोवर्धन (तेक्वान्दो)

प्रशिक्षक : अब्दुल्लाह अलमुताइरी (फुटबल)

स्पेशल अवार्ड : ब्याडमिन्टन खेलाडी रत्नजित, सारादेवी र नङसलदेवी तामाङका मातापिता दानबहादुर तामाङ र मायादेवी मोक्तान

एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड : मोहमद हिजी (कतार)

पिपुल्स च्वाइस अवार्ड : उषा भण्डारी (भलिबल)

लाइफ टाइम अचिभमेन्ट अवार्ड : रघुराज वन्त (एथलेटिक्स)

उत्कृष्ट खेलाडी महिला : अरुणा शाही (भलिबल)

उत्कृष्ट खेलाडी पुरुष : अन्जन विष्ट (फुटबल)


प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  २२:०३
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
इभाना र वियंका फाइनलमा
इभाना र वियंका फाइनलमा बुधबार, पुस २, २०८२
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण मंगलबार, पुस १, २०८२
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुष ४ देखि
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुष ४ देखि सोमबार, मंसिर ३०, २०८२
सिभालीलाई दोहोरो उपाधि
सिभालीलाई दोहोरो उपाधि आइतबार, मंसिर २९, २०८२
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत आइतबार, मंसिर २९, २०८२
रोलर स्पीड  स्केटिङको तयारि पुरा
रोलर स्पीड  स्केटिङको तयारि पुरा शुक्रबार, मंसिर २७, २०८२
एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत
एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत शुक्रबार, मंसिर २७, २०८२
Navodit College Navodit College
ताजा समाचार
इभाना र वियंका फाइनलमा
इभाना र वियंका फाइनलमा खेलकुद मञ्‍च
मातृभूमि कपमा चेल्सी वर्ल्ड सेमिफाइनलमा
मातृभूमि कपमा चेल्सी वर्ल्ड सेमिफाइनलमा खेलकुद मञ्‍च
ज्ञान संस्कार अन्तरविद्यालय राष्ट्रिय स्केट शनिबार
ज्ञान संस्कार अन्तरविद्यालय राष्ट्रिय स्केट शनिबार खेलकुद मञ्‍च
काष्ठमण्डप कपमा ५ टिम च्याम्पियन
काष्ठमण्डप कपमा ५ टिम च्याम्पियन खेलकुद मञ्‍च
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन
भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन
एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत
एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत
काठमाण्डुलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने
काठमाण्डुलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण मंगलबार, पुस १, २०८२
चेल्सी वर्ल्डको दोहोरो जित
चेल्सी वर्ल्डको दोहोरो जित मंगलबार, पुस १, २०८२
काष्ठमण्डप कपमा ५ टिम च्याम्पियन
काष्ठमण्डप कपमा ५ टिम च्याम्पियन बुधबार, पुस २, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्