काठमाडौं । नेपाल फुटभली संघको आयोजना तथा टोखा नगरपालिकाको सहयोगमा सञ्चालन भइरहेको दोस्रो गजराज जोशी कप राष्ट्रिय फुटलभी प्रतियोगिताको उद्घाटन खेल संगै प्रथम चरणका खेलहरु सम्पन्न भएका छन् ।
काठमाडौं , दोलखा, कास्की ,सिन्धुपाल्चोक सहित २४ टिमको सहभागीता रहेको खेलको दोस्रो चरणका खेलहरु ७ गते सम्पन्न हुनेछ । पहिलो दिनको खेलबाट दोस्रो चरण प्रवेश गरेका क्लब तथा टिमहरुमा टुख्या स्र्पोटस एकेडेमी, ह्याप्पी टिम टोखा, रेड स्टार क्लब, भकुण्डो डट कम, गजराजा जोशी टष्ट , सरस्वती नगर स्र्पोटस क्लब ए र बि, नेपाःक्लब, अमर ब्रर्दश क्लब, श्री भगती क्लब लगायत रहेका छन् ।
टोखा नगरप्रमुख हरीकृष्ण अधिकारीले एक कार्यक्रम विच बलहस्तान्तरण गरी प्रतियोगिताको शुभारम्भ गरेका थिए । एन्फा कार्यसमितिका सदस्य एवम् गजराज जोशी टष्टका अध्यक्ष समेत रहेका मनिष जोशीको सभापतित्वमा समपन्न उद्घाटन समारोहमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो ।
यस प्रतियोगिता मार्फत आगामी फेब्ररी २३ देखी २७ मा भारतको केरलाचिवमा हुने २५ विश्व फुटभली च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको छनौट समेत गरिने आयोजक समितिका उपाध्यक्ष राजु विक्रम थापाले बताएका छन् ।